बुद्ध र बौद्ध दर्शनसम्बन्धी निरन्तर अध्ययन, अनुसन्धान तथा लेखनबापत “अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२” बाट नगद रुपैयाँ पच्चीस हजार सहित सम्मानित भएको छु । छ्योर्तेन लामा र मुसुरी लामाको नामबाट अभिनव साहित्य समाज, जोरपाटीद्वारा स्थापित यो सम्मान बौद्ध धर्मदर्शनमा योगदान दिने एक साधकलाई प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ । यसअघि दुई जना साधक सम्मानित…
Category: Awards
धर्मादित्य पत्रकारिता पुरस्कार
बौद्ध विद्वान, अग्रज बौद्ध अभियन्ता एवं प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको नाममा स्थापित पुरस्कार धर्मादित्य पत्रकारिता पुरस्कार (२०२५) मलाई प्राप्त भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू ९ललितपुर शाखा० द्वारा स्थापित र प्रत्येक वर्ष प्रदान गरिन्छ । धर्मादित्य धर्माचार्यले भारतको कलकत्ताबाट “बौद्ध धर्म व नेपालभाषा” म्यागेजिन प्रकाशित गर्नुभएको एक शताब्दी भएको छ । यस बीचमा…
प्रादेशिक प्रतिभा पुरस्कार
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा प्रत्येक वर्ष दिइने प्रादेशिक प्रतिभा पुरस्कार २०७६ सालमा बागमति प्रदेशबाट म छानिएको हुँ । विविध क्षेत्रमा दिइने यो पुरस्कार मलाई संस्कृति क्षेत्रमा दिइउको हो ।
नेपाल भूषण- ख
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल भूषण (ख) ग्रहण गर्दै । शिक्षा दिवसका अवसरमा प्रत्येक वर्ष राष्ट्रप्रमुखबाट नेपाल भूषण ( क) र नेपाल भूषण (ख) पदक प्रदान गरिन्छ । नेपाली विश्वविद्यालय वा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि तह सम्पन्न गरेका नेपाली नागरिकलाइ नेपाल भूषण (क) र नेपाली विश्वविद्यालयहरूबाट स्नातकोत्तर तहमा सबैभन्दा बढी नम्बर ल्याइ उत्तीर्ण हुने विद्यार्थीलाइ नेपाल भूषण (ख) पदक…
वेदज्वाला बज्राचार्य सुवर्ण पदक
त्रिभुवन विश्वविद्यालयबाट बौद्ध अध्ययन विषयमा सबैभन्दा बढी नम्बर ल्याएर युनिभर्सिटी टपर भई दीक्षान्त समारोहमा गोल्ड मेडल वेदज्वाला बज्राचार्य सुवर्ण पदक प्राप्त गरेको ।
न्हूगु विश्वभूमि सिरपा
न्हूगु विश्वभूमि दैनिक पत्रिकाको परिशिष्टाङ्गमा नियमित लेखन गरेबापत न्हूगु विश्वभूमि सिरपा प्रदान गरिएको हो । यति बेला म एम.बी. ग्वयस्वां नामबाट लेख्थें ।
इन्द्रेणी सांस्कृतिक समाजको कविता प्रतियोगितामा प्रथम पुरस्कार
इन्द्रेणी सांस्कृतिक समाज, कीर्तिपुर एरिया समितिद्वारा २०५० सालमा आयोजित कविता प्रतियोगितामा सहभागी भई प्रथम पुरस्कार प्राप्त गरेको । यति बेला म एम.बी. ग्वयस्वां नामबाट लेख्थें ।
प्रतिभा समाजमा कवि गोष्ठी
बौद्ध कवि गोष्ठीमा प्रथम पुरस्कार प्राप्त
२५४४ औ बौद्ध जयन्ती समारोह, बौद्ध कवि गोष्ठी उपसमितिद्वारा आयोजित कविता प्रतियोगिमामा प्रथम पुरस्कार प्राप्त
सँझ्याः साहित्य पाला द्वारा आयोजित कविता प्रतियोगितामा तृतीय पुरस्कार
सँझ्याः साहित्य पाला (पब्लिक युथ क्याम्पस) द्वारा आयोजित कविता प्रतियोगितामा तृतीय पुरस्कार प्राप्त । यति बेला म एम.बी. ग्वयस्वां नामबाट लेख्थें ।
अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा द्वितीय पुरस्कार
अमू साहित्य पाला (नेपाल ल क्याम्पस) द्वारा २०४९ सालमा आयोजित अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा पब्लिक युथ क्याम्पसबाट सहभागी भई द्वितीय पुरस्कार प्राप्त गरेको । यति बेला म एम.बी. ग्वयस्वां नामबाट लेख्थें ।
धर्मादित्य धर्माचार्य सिरपा
लेखन र पठनमा मलाई नियात्रा धेरै मन पर्ने विधा हाे । यही भएर नियात्राकाे पठन सँगसँगै लेखन पनि गर्दै अाइरहेकाे छु । विभिन्न ठाउँमा गरेका यात्राहरूलाइ नियात्राकाे रूपमा लेख्ने क्रममा सयभन्दा बढी रचना प्रकाशित छन् । नियात्राहरू नेपाली र नेपालभाषामा प्रकाशित छन् । नेपालभाषामा प्रकाशित हुने साप्ताहिक पत्रिका “नेपाः सः” ले नियात्रा मात्रै प्रकाशित गर्ने…
बाैद्ध कविता प्रतियाेगितामा तृतीय पुरस्कार
प्रत्येक वैशाख पूर्णिमाका दिन काठमाडौंमा बुद्ध जयन्ती मनाइन्छ । विभिन्न बौद्ध क्रियाकलापको आयोजना तथा प्रतियोगितासहित मनाइने यस अवसरमा बौद्ध कविता प्रतियोगिता पनि हो । २०५४ सालमा २५४१ औं बुद्ध जयन्तीको उपलक्षमा आयोजित एक प्रतियोगितामा म पनि सहभागी भएको थिएँ र तृतीय पुरस्कार प्राप्त गरें ।
अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगिता
अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगितालाइ विद्यालयकाे अतिरिक्त कृयाकला मात्रै पनि भन्न नसकिने हाेइन तर मेराे लागि विशेष र जीवनकाे धार नै परिवर्तन गर्ने खालकाे बन्याे ।
अन्तर माध्यामिक विद्यालय नेपालभाषा साहित्य सम्मेलन
साहित्य क्षेत्रमा मेराे प्रवेश कहिलेबाट भयाे ? साहित्यकाे नाममा केही लेख्ने अभ्यास गरेदेखि मान्ने हाे भने अलि पहिल्यैदेखि मान्नुपर्ने हुन्छ । तर त्यही रचनालाई प्रतियाेगितामा पठाई प्रतिस्पर्धा गरी पुरस्कार जितेकाे २०४४ वि. सं मा पराेपकार आदर्श माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्दै हाे । २९ अाैं अन्तर माध्यामिक विद्यालय साहित्य सम्मेलनमा सहभागी भएकाे थिएँ । साे…














