चिभाः चैत्यद्वारा अायाेजित अन्तर हाइस्कूलस्तरीय Heritage Research Program for Sutdent – Research on Chiva-1144 प्रतियाेगितामा सहभागी विद्यार्थीहरूलाइ अभिमूखीकरण प्रशिक्षण र मूल्याङ्कन कार्यमा सरिक भएकाे
Category: Vivids
कर्णालीका खश राजाहरुको बुद्ध धर्मसँग सम्बन्ध
चिभाः अनुसन्धान
नेपाल भाषामा मुद्रित पुस्तककाे इतिहास
हिडेको बाटो बिर्सेपछि
अलिकति तल गएर हेर्छु । बाटो धेरै अप्ठेरो रहेछ । बल्लबल्ल अलि तल पुग्छु । यो बाटो नै होइनजस्तो पनि लाग्यो, अर्को बाटो पनि देख्दिनँ । यस्तैमा कोही एक जना तलबाट माथि उक्लिरहेको भेटाउँछु । बाटो यही रहेछ । जामाचो जानकै लागि, मेलाकै लागि भनेर माथि उक्लिरहेको । सोध्छु, ‘‘बाटो यस्तै अप्ठेरो हो ?’’
अष्टमहास्थान यात्रा-१
ज्ञानकाे खाेजी
बाैद्ध परिपथ साइकल यात्रा
भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीबाट महापरिनिर्वाणस्थल कुशीनगरसम्म ३-५ फेब्रुअरी २०२३ मा बाैद्ध परिपथ साइकल यात्रा भएकाे थियाे । अायाेजक कमिटीमा पनि रहेकाे म यात्राका दाैरान सहभागीहरूलाइ लुम्बिनी तथा लुम्बिनीदेखि कुशीनगरसम्मकाे बाटाेमा पर्ने बाैद्ध स्थलहरूकाे जानकारी दिने भूमिका पनि निर्वाह गरेकाे थिएँ ।
प्राज्ञिक प्रस्तुति
खशान क्षेत्रकाे सामाजिक, सांस्कृतिक, एेतिहासिक तथा पर्यटकीय अध्ययन
नेपालकाे पश्चिमी भूक्षेत्रमा पर्ने कर्णाली प्रदेशलाई एेतिहासिक रुपमा खशान क्षेत्र पनि भनिन्छ । इश्वीकाे बाह्राैं शताब्दीमा तिब्बतकाे डारि प्रदेशका राजा नागराजले अाफ्नाे राज्य विस्तार गर्दै यस क्षेत्रमा अाइपुगेकाे र यहाँका ससाना राज्यहरूलाइ जितेर एउटा विशाल साम्राज्यकाे निर्माण गरेका थिए । यस नयाँ साम्राज्यकाे पहिलाे राजधानी सिंजा र पछि दुल्लूमा स्थापना गरिएकाे थियाे । इतिहासमा याे…
किरात प्रदेशकाे एेतिहासिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय अध्ययन
किरात प्रदेश एउटा निश्चित भूगाेल, सांस्कृतिक पहिचान र इतिहास बाेकेकाे क्षेत्र हाे । राजधानी काठमाडाैंबाट पूर्वतर्फ पर्ने याे भू क्षेत्रमा अाफूलाई किरात वंशकाे भनेर चिनाउने विभिन्न समुदायका साथै अन्य जातीय समुदायहरूकाे पनि बसाेबास पाइन्छ । विशेषतः किरात वंशका बान्तवा, कुलुङ, लाेरूहाङ, नाछिरिङ अादि समुदायका फरक फरक संस्कृति तथा अन्य कुरा अध्ययनका विषयवस्तु हुनसक्छन् । तर यस…
गाैतम बुद्धकाे जीवनसँग सम्बन्धित ठाउँहरू
गाैतम बुद्धकाे जन्म इ.पू. ५६३ मा लुम्बिनी भएकाे थियाे । गृहनगर कपिलवस्तु लुम्बिनीबाट ३० किलाेमिटर पश्चिममा पर्दछ । यसरी नै उनकाे मावली घर तत्कालिन काेलीय राज्य लुम्बिनीबाट पूर्वमा पर्दछ । उनले २९ वर्षकाे उमेरसम्म गृहस्थी जीवन अपनाएका थिए । महाभिनिष्क्रमण गरी अनेकाैं ठाउँ पुगेका उनले ३५ वर्षकाे उमेरमा भारतकाे बाेधगयामा बुद्धत्व लाभ गरेर बुद्ध बनेका…











