Skip to content

Basanta Maharjan बसन्त महर्जन

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Supports
    • Tour organizing
Menu

Category: Archaeology

ज्ञानविज्ञानका अनेकाैं क्षेत्रमध्ये एक हाे, पुरातत्त्व । याे दुई बेग्लाबेग्लै शब्द मिलेर बनेकाे एउटा शब्द हाे, अर्थात्, पुरा र तत्व । पुराकाे अर्थ पुरानाे, अनि तत्वकाे अर्थ हाे ज्ञान । अर्थात्, पुरानाे वा पुरातन कुराकाे अध्ययन गर्ने विज्ञान नै पुरातत्त्व हाे । पुरातत्त्वकाे अङ्ग्रेजी पर्यायवाची ‘आर्कियाेलाेजी’ हाे । यूनानी भाषाका दुई शब्द ‘आर्कियाेस’ (Archaios) र ‘लाेगाेस’ (Logos) मिलेर याे शब्द बनेकाे हाे । यसमा पनि आर्कियाेसकाे अर्थ पुरातन र लाेगाेसकाे अर्थ ज्ञान हाे । यसअनुसार ‘आर्कियाेलाेजी’ काे अर्थ पनि पुरानाे ज्ञानकाे अध्ययन नै हुन्छ ।

व्यवस्थित शास्त्रकाे रूपमा पुरातत्त्वकाे विकास भएकाे अठाराैं शताब्दीमा पाश्चात्य जगतबाट हाे । भारतीय भूमिमा ब्रिटिश साम्राज्यले यसलाइ भित्र्यायाे । नेपालमा यसकाे प्रवेश भारतमार्फत् बेलायतबाट भएकाे हाे ।

नेपालमा पुरातात्विक अध्ययन अनुसन्धान बाैद्ध स्थलहरूकाे खाेजी गर्ने क्रममा भयाे । यसअघि पनि पुरातत्वकाे गतिविधि भएकै थिएन भन्ने हाेइन तर ती पुरातत्त्वकाे विधिवत् अध्ययनअनुसन्धानका लागि थिएन । एक प्रकारले भन्नु पर्दा ती गतिविधिहरू पुरातत्त्व विज्ञानकाे प्रारम्भिक रूप मात्रै थियाे । भारतस्थित पुराविदहरूकाे खाेजी गाैतम बुद्धकाे जन्मस्थल थियाे । गाैतम बुद्धसँग सम्बन्धित विभिन्न ठाउँहरूकाे प्राप्ती एकपछि अर्काे हुँदै थियाे र अनेकाैं ठाउँमा प्राचिन लु्म्बिनी हुनसक्ने अनुमान गरी अध्ययन भइरहेकाे थियाे । केही सुचनाका अाधारमा लुम्बिनीकाे खाेजी गर्दै सन् १८९५ मा डा. ए. फूहरर नेपाल सरहदमा पर्ने निगलीहवा भन्ने ठाउँमा अाइपुगे । उनले त्यहाँ अशाेक स्तम्भ र त्यसमा रहेकाे अभिलेख देखे । साे अभिलेखकाे अाधारमा प्राचिन शाक्य गणराज्यकाे पहिचान भयाे । उक्त गणराज्यकाे राजधानी कपिलवस्तु हाे । यही कपिलवस्तु गाैतम बुद्धकाे गृहनगर हाे ।

यदि निगलीहवा क्षेत्र प्राचीन कपिलवस्तुकाे भूभाग हाे भने, अब स्पष्ट भयाे, याे क्षेत्रभन्दा पश्चिम निश्चित दूरीमा बुद्धकाे जन्मस्थल लुम्बिनी पर्दछ ।

अर्काे साल डा. फूहरर पुनः लुम्बिनीकै खाेजीमा नेपाल सरहद पसे । त्यहाँ अभिलेखसहित अशाेक स्तम्भ भेटे अर्थात् विश्वका लागि लुम्बिनीकाे डिस्कभरी भयाे । त्यसपछि लुम्बिनी र कपिलवस्तु मात्रै नभएर अन्य ठाउँहरूकाे पनि अध्ययन तथा उत्खनन् भयाे । यही अध्ययनका लागि २००९ सालमा पुरातत्त्व विभाग पनि स्थापना गरियाे । यसलाइ व्यवस्थित र वैधानिक बनाउन प्राचीन स्मारक संरक्षण एेन २०१३ पनि बनाइयाे । पछि त्रिभुवन विश्वविद्यालयमा नै आैपचारिक शिक्षा नै सुरू भयाे । मैले पुरातत्त्वकाे अध्ययन यही विश्वविद्यालयबाट गरेकाे हुँ भने, मास्टर्सका लागि शाेधकार्य लुम्बिनीकाे पुरातात्विक उत्खननका सम्बन्धमा नै गरेकाे हुँ । पछि साे शाेधकार्य पुस्तकका रूपमा प्रकाशित भयाे । लुम्बिनीलगायत अन्य क्षेत्रकाे पुरातत्त्वका सम्बन्धमा अध्ययन तथा लेखन कार्य आजभाेलि सक्रीय छु ।

नेपालमा पुरातत्व विज्ञानकाे अध्यापन त्रिभुवन विश्वविद्यालयमा हुन्छ भने उत्खनन तथा संरक्षणकाे कार्य पुरातत्व विभागबाट हुन्छ । तर विश्वविद्यालयमा अन्य विषयसँगं पुरातत्त्वकाे पढाइ हुन्छ भने अाफ्नै श्राेतसाधनले अहिलेसम्म यसले अध्ययन अनुसन्धानकाे कार्य संचालन गर्न सकेकाे छैन । पुरातत्व विभागका लागि चाहिने जनशक्तिकाे खपत यही विश्वविद्यालयबाट हुने भएपनि यी दुइ निकायबीच खासै समन्वय भएकाे पाइँदैन । हिजाेअाज अाफ्ना शिक्षक तथा विद्यार्थीहरूलाइ लुम्बिनी तथा कपिलवस्तु क्षेत्रकाे उत्खनन कार्यमा सरिक हुन लगाइन्छ । विगत केही समयदेखि यहाँ वैदेशिक सहायतामा उत्खननका कार्यहरू हुँदै अाइरहेका छन् । तर उत्खनन कार्यमा त्रिभुवन विश्वविद्यालयकाे खासै भूमिका देखिँदैन । अह्राएपह्राएकाे काम गर्ने तथा उत्खनन कार्यकाे दृष्टिसाक्षी बस्नुमा नै सीमित हुनु परिरहेकाे छ । विदेशी सहायता नेपालका विभिन्न ठाउँकाे उत्खनन् गराइएपनि ती उनीहरूकै रूचीअनुसार हुने गरेकाे छ । त्यसकाे रिपाेर्ट लेखन कार्यमा विदेशी उत्खननकर्ताकै हालीमुहाली भइरहेकाे हुन्छ । नेपालले पाउने भनेकाे मुस्किलले एउटा रिपाेर्ट हाे । अाफ्नै बजेटमा विभिन्न ठाउँकाे उत्खनन हुने गरेपनि त्यसकाे रिपाेर्ट त के, कतिपय सन्दर्भमा एउटा साधारण लेख पनि प्रकाशित नहुने विडम्वना रहेकाे छ ।
हामी इतिहासकाे कुरा धेरै गर्छाैं, तर इतिहासलाइ पनि ठाेस रूपमा प्रमाणित गर्ने काम पुरातत्व विज्ञानले गरेकाे हुन्छ । विभिन्न विज्ञानकाे सहायताले पुरातत्व शास्त्रले अाफ्नाे अध्ययन कार्य अगाडि बढाउने हुन्छ ।

लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन

Posted on 2025-03-132025-03-13 by admin

विश्व सम्पदाका रूपमा सूचीकृत लुम्बिनीबारे विभिन्न समयमा विभिन्न अन्वेषकहरूद्वारा अध्ययन तथा उत्खननहरू भएका छन् तर तिनीहरूको लिखित अभिलेखाङ्कन सर्वसाधारणका लागि सुलभ हुन सकेको थिएन । यस पुस्तकबाट सो अभाव धेरै हदसम्म पूर्ति हुने देखिन्छ ।

Lumbini: Where the Light of Asia was born

Posted on 2025-03-132025-03-28 by admin

Basanta Maharjan, a free-lance journalist, tries to unveil the importance and glory of this holiest of holy sites for Buddhists as well as historically-inclined readers, in his book Lumbini — A Historical and Archeological Study.

नेपालीभाषामा पहिलो लुम्बिनीसम्बन्धी अनुसन्धानात्मक पुस्तक प्रकाशन

Posted on 2025-03-132025-03-13 by admin

लुम्बिनीबारे विस्तृत अनुसन्धानात्मक अध्ययन गरिएको पुस्तक ‘लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ आज यहाँ सार्वजनिक गरियो ।

Need to conserve Buddhist relics stressed

Posted on 2025-03-132025-03-13 by admin

The archaeological evidences which suggest that Gautam Buddha was born in Nepal may be lost if the Lumbini based Ashoka Pillar is not conserved, archaeologists say.

Lumbini And Kapilvastu: Archaeological Discussion

Posted on 2025-03-042025-03-13 by बसन्त महर्जन

Lumbini, the birthplace of Gautam Buddha (563–483 BC), and his hometown, Kapilvastu, are described in various historical sources, including Buddhist texts. Historical and archaeological evidences confirm that the location of both of these sites is currently within the territory of Nepal. Lumbini, which is also listed on the UNESCO World Heritage Site, is located 300km…

काँक्रेविहारबाट सिक्नुपर्ने पाठ: यस्तो गल्ती अन्यत्र नगरौं

Posted on 2024-04-182025-09-27 by बसन्त महर्जन

राष्ट्रपति विद्यादेवी भण्डारी जेठ १७ गते बाजुराको बडिमालिका जाने क्रममा सुर्खेत उपत्यका पुगी वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित काँक्रेविहारको अवलोकन गर्नपुग्नुभयो। आजभोलि यो एक पर्यटकीय स्थलको रूपमा विकसित र चर्चित भएको छ। पूर्व–पश्चिम लाम्चो परेको डाँडाको पश्चिमी थुम्कोमा छरपस्टिएका पुरातात्विक अवशेषहरू जम्मा गरेर मन्दिरको पुनर्निर्माण गरिएको छ। सर्वसाधारणदेखि बौद्धिक वर्ग पनि यो निर्माणकार्य भएबाट खुसी देखिन्छन् तर…

बुद्धको जन्मस्थल लुम्बिनीको ‘रिप्लिका’ बन्यो कोरियामा

Posted on 2024-04-112025-07-22 by बसन्त महर्जन

भगवान बुद्धको जन्मस्थल नेपालमा होइन, भारतमा पर्दछ भनेर देखाउने मनसायले लुम्बिनीको दुरुस्त नक्कल भारतले बनाइरहेको भन्ने हल्ला कसले चलाएछ कुन्नी कागले कान लग्यो भनेपछि कागको पछि कुदेजस्तै एक थरी नेपालीहरु कुदिरहेका छन् । यही कुरालाई कुन चाहीं नेपाली मिडियाले प्रकाशन तथा प्रसारण गरिदिएछ कुन्नी, त्यसका अनेकौं संस्करणहरु आजभोलि झन् बढी मात्रामा प्रकाशन तथा प्रसारण हुँदै…

पुरातत्त्व

Posted on 2024-04-092025-03-31 by admin

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan बसन्त महर्जन | Built using WordPress and Responsive Blogily theme by Superb