हरेक वर्ष २७ पुसअघिका केही दिन पृथ्वीनारायण शाहलाई सम्झ्ने र ‘दिव्योपदेश’ को चर्चा गर्ने एक प्रकारको कर्मकाण्ड चल्छ । आधुनिक नेपालको इतिहासमा राजा पृथ्वीनारायणको महत्वपूर्ण योगदान रहेकोमा दुईमत छैन । तर, यी राजाको प्रशंसा गर्ने र काम भने यिनकै मर्म विपरीत गर्ने प्रवृत्ति छ । पृथ्वीनारायणका कुरालाई रचनात्मक रूपमा चिन्तन गर्न सकियो भने अझै पनि कतिपय भूल सुधार्न…
Category: Newar Studies
नेवार नेपालको एउटा प्राचीन समुदाय हो । नेवार र नेपाल एउटै शब्दको दुई रुप मात्रै हो । यसको पूर्व रुप नेपार हो । अर्थात्, ‘व’ र ‘प’ मा भेद छैन, भेद नभएअनुसार नै ‘नेपार’बाट ‘नेवार’ बन्यो भन्न सकिन्छ । यसरी नै ‘र’ र ‘ल’ मा पनि भेद छैन अर्थात्, नेपारबाट नेपाल बन्यो । नेवारलाई नेवाल पनि भनिन्छ । प्राचीनकालका अभिलेखहरुमा ‘नेपाल’ शब्दको प्रयोग बहुबचनमा गरेर कुशलमंगलको कामना गरिएको पाइन्छ अर्थात् जनतालाई नै ‘नेपाल’ भनिएबाट बुझ्न सकिन्छ, नेपाल देशमा बसोवास गर्ने नेपालीको अर्थमा ‘नेपाल’ शब्द प्रयोग भएको हो । यसको दृष्टान्त नेवार हो, नेवार र नेपाल शब्दशः एउटै हो । तर व्यावहारिक प्रयोगमा हाल नेपाल भन्नाले मेचीदेखि महाकालीसम्म राजनीतिक भूगोल रहेको एउटा राष्ट्र हो भने नेवार यस राष्ट्रभित्र रहेका अनेका जातीय समुदायमध्ये एक भएको छ ।
नेवारको भौगोलिक क्षेत्र मुख्यतः काठमाडौं उपत्यका र यस उपत्यका वरिपरिका भूभागहरु हो । ऐतिहासिक कालदेखिको यो पहिचान वर्तमानमा पनि निरन्तर रहेको पाइन्छ । उहिलेदेखिको संस्कार संस्कृति वर्तमानमा पनि जीवित नै रहेको र नयाँ नयाँ संस्कृतिहरुको विकास पनि हुँदै गरेका कारण नेवार समुदाय भाषा, धर्म, साहित्य, कला, संस्कृति आदि क्षेत्रमा समृद्ध छ । यसअनुसार नेवार विषयक विभिन्न पक्षहरु अध्ययनको महत्वपूर्ण विषय हो ।
स्वयं नेवार, नेवार समाजमा जन्मेको तथा नेवार संस्कार संस्कृतिमा नै हुर्केको हुनाले यसलाई नजिकबाट हेर्ने मौका मलाई मिल्यो । साथै, प्राज्ञिक रुपमा अध्ययन अनुसन्धान गर्ने क्रममा नेवार विषयलाई पनि त्यही दृष्टिले हेर्न सजिलो भयो । यसरी नै नेवार भाषा, साहित्य, संस्कृति तथा पत्रकारितामा संलग्न भई लामो समयदेखि काम गर्ने अनुभव पनि गरियो । पत्रकारिताको सुरुवात नेपालभाषामा प्रकाशन हुने दैनिक पत्रिका विश्वभूमिबाट सुरु गरेको हुँ भने पछि यसको सम्पादकको जिम्मेवारी पनि वहन गरी सेवा गरेको छु । यसरी नै नेवार विषयवस्तुलाई प्राथमिकता दिने नेपाली भाषाको साप्ताहिक पत्रिका नेवाःटाइम्स तथा newatimes.com पनि सम्पादक भइयो । म अहिले पनिअन्य क्षेत्रका अतिरिक्त नेवार समुदायसँग सम्बन्धित विषयवस्तुहरुको अध्ययन, अनुसन्धान, लेखन तथा प्रवचनहरुमा सकृय नै रहेको छु ।
नेवारी होइन नेवार
सम्बन्धित व्यक्ति वा समाजले आफ्नो नाम फेर्न चाह्यो भने बेग्लै कुरा, अरु कसैले त्यसमा तलमाथि पार्नु उचित होइन। हिजोआज नेपालको एक प्रमुख समुदाय ‘नेवार’ को भाषा, साहित्य, संस्कार–संस्कृति र परम्परा बुझाउन ‘नेवारी’ शब्दको प्रयोग गर्ने चलन चलेको छ। यो चलन कहाँबाट, कसरी र किन चल्यो भन्ने प्रश्न बेग्लै हो, तर सम्बन्धित समुदायलाई भने यो पाच्य…
विश्वभूमि दैनिक
नेपालकाे पत्रकारिताकाे इतिहासमा पहिलाे सन्ध्याकालिन दैनिक हाे, विश्वभूमि दैनिक । नेपालभाषामा प्रकाशित यस दैनिककाे सुरूमा म नियमित पाठक थिएँ भने वि.सं. २०५२ फागुनदेखि रिपाेर्टरका रूपमा संलग्न भएँ । केही समयपछि कार्यकारी सम्पादक पनि भएँ ।


