जे. कृष्णमूर्ति ‘सेक्स’ का बारेमा के धारणा राख्छन् ? अथवा आफ्नो धारणा राखेकै छैनन् ? – ओशो (रजनीश) का भक्तहरू जिज्ञासा राख्दछन् । ओशोले बोलेका कुराहरूबाट उठेको जिज्ञासालाई शान्त पार्न यसरी जानकारी मागिएको भनेर सजिलै अनुमान हुन्छ किनभने एक समय ओशोले आफ्ना चेलाहरूलाई भनेका थिए– “जे. कृष्णमूर्ति मेरा लागि हुन् र म तिमीहरूका लागि हुँ…
Category: Philoshophy
मेरो अर्को क्षेत्र हो, दर्शनशास्त्र । बौद्ध दर्शन मेरो सुरूदेखिको क्षेत्र होइन । अघि अन्य धर्मदर्शनहरूको अध्ययन र अभ्यासमा समय बिताइयो । यस क्रममा नास्तिक दर्शन जैन र चार्वाकको पनि अध्ययन गरियो । आस्तिकअन्तर्गतको षट्दर्शन पनि अध्ययन गरियो । यसबाहेक बाइबल, कुरान, कन्फुसियस, ताओ, सिन्तो तथा अ न्य दर्शनहरूको अध्ययन गरेको भएपनि हिजोआज बौद्ध दर्शनमा केन्द्रित छु ।
बौद्ध दर्शनमा केही लेख र पुस्तक तथा दार्शनिक जे। कृष्णमूर्तिको The Art of Learning को नेपाली अनुवाद “शिक्षामा क्रान्ति” प्रकाशित छन् । विभिन्न धर्मदर्शनको परिचयात्मक पुस्तक प्रकाशोन्मुख छ ।
My other field is philosophy. Buddhist philosophy was not my initial area of focus. Earlier, I spent time studying and practicing other religious philosophies. In this course, I also studied non-theistic philosophies such as Jain and Charvaka. I studied the six orthodox schools of Indian philosophy as well. In addition, I explored the Bible, the Quran, Confucianism, Taoism, Shinto, and other philosophies. However, nowadays I am primarily focused on Buddhist philosophy.
In the field of Buddhist philosophy, some of my articles and books have been published, along with the Nepali translation of J. Krishnamurti’s The Art of Learning, titled Shikshama Kranti (“Revolution in Education”). An introductory book on various religious philosophies is also forthcoming.
Truth Is a Pathless Land
“Truth Is a Pathless Land” means there is no path to truth. This statement is a negative response to the various so-called paths that claim to lead to truth.
सत्यसम्म पुग्ने बाटो छैन
‘ट्रूथ इज अ पथलेस ल्याण्ड’ (Truth Is Pathless Land) अर्थात् सत्यसम्म पुग्ने बाटो छैन । सत्यसम्म पुग्ने भनिएका विभिन्न नाउँका बाटोहरूलाई एउटा नकारात्मक जवाफ हो, यो स्टेटमेन्ट । यही स्टेटमेन्टका कारण आध्यात्मिक बजारका खुँखार व्यापारीहरुले भन्न थाले- जे. कृष्णमूर्ति भन्ने त एउटा खतरनाक मान्छे हो । जे. कृष्णमूर्ति ! उनी एउटा हलचल हुन्, खलबल हुन्…
बौद्ध धर्मका हाँगाबिँगा
गौतम बुद्धको समयमा महायान, बज्रयान, थेरवाद जस्ता सम्प्रदायहरू थिएनन्। अहिले कसरी भए? के यो बुद्धको उपदेशभन्दा बेग्लै हो?



