बुद्धकालिन समयमा महिलाप्रतिको धारणा भन्नु र महिलाप्रति बुद्धको धारणा भन्नु एउटै कुरा होइन । वैदिक मान्यताअनुसार समाजमा महिलाको स्थान बेग्लै थियो र वैदिकहरू त्यसको औचित्य साबित गर्न खोज्दथे । तर बुद्ध वैदिक समाजमा व्याप्त महिला बारेका धारणाहरू भत्काउँथे । यस अर्थमा तत्कालिन समाजमा महिलाकाे स्थान के थियाे र बुद्धका दृष्टिमा महिलाका स्थान के थियाे भनेर अध्ययन गर्नु अावश्यक हुन्छ ।
बुद्ध पनि सुरुमा महिलालाई प्रव्रज्या दिने पक्षमा थिएनन् तसर्थ महिलालाई भिक्षुणी नबनाई भिक्षु संघको मात्रै संचालन गरिरहेका थिए । तर पछि महिला वर्गको व्यापक दवावका कारण भिक्षुणी संघको स्थापना भयो । महिलालाई प्रव्रज्या दिन अनिच्छुक भएकै प्रसंग झिकेर गैरबौद्धहरू बुद्ध महिलामाथि पक्षपात गर्दथे वा महिलाका सम्बन्धमा बुद्ध उदार थिएनन् भन्ने आरोप लगाउने वा खिसी गर्छन् । तर वास्तविकता उक्त आरोपभन्दा निकै टाढा रहेको छ । धर्मको सवालमा महिला र पुरुषबीच कुनै फरक नभएको, समान रुपमा धर्मलाभ गर्न सक्छन् भन्ने उद्घोष गर्ने गौतम बुद्ध नै हुन् । भिक्षुणी संघ पनि बनाउने याेजना पहिल्यै भएर पनि केही ढिलाइ गर्नुकाे कारण कारण बेग्लै थियाे । र, पछि बनाइयाे । थुप्रै संख्यामा महिला भिक्षुणी भई धर्मलाभी बनेका थिए ।
मूल्यः १५०/-