
पश्चिम नेपालकाे कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालार्इ राजधानी बनाई ईशाका बाह्राैं शताब्दीमा तिब्बतकाे खारी प्रदेशका राजा नागराजले स्थापना गरेकाे खश साम्राज्य धार्मिक रूपमा मूलतः बाैद्ध साम्राज्य थियाे । पहिले नै बाैद्ध धर्मकाे प्रवेश भइसकेकाे खशान क्षेत्रमा खश साम्राज्य स्थापनापछि बाैद्ध धर्मले धेरै मात्रामा उन्नति गरेकाे थियाे । तर चाैधाैं शताब्दी अाइपुग्दासम्ममा याे साम्राज्यकाे विघटन हुनुका साथै बाैद्ध धर्ममाथि पनि धेरै नकारात्मक प्रभाव परी अन्ततः पतन नै भयाे । पुस्तक ‘खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन’ मा खश साम्राज्यकाे इतिवृत्तान्त, बाैद्ध धर्मकाे स्थिति र साम्राज्यसँगै याे धर्मकाे पनि पतन कसरी र किन भयाे भन्ने विषयवस्तु समेटिएकाे छ ।
मूल्यः ३००/-