गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको हो भनेर प्रमाणित गर्ने एउटै मात्र आधार पुरातात्विक अवशेषहरू हुन् । यसको अभावमा कुनै बेला बुद्धको जन्मस्थलको अनुमान अन्यत्र नै गरिएको थियो । कसैले नेपालमा जन्मेको भन्ने अनुमान गरेकै भएपनि त्यसको आधार हुन्नथ्यो, विवाद कायमै हुन्थ्यो । तर सन् १८९६ मा अशोकस्तम्भमा रहेको अभिलेख भेटियो, लुम्बिनी अन्यत्र होइन, नेपालमा नै पर्दछ भन्ने कुरा यसबाट छर्लङ्ग भयो । अभिलेखमा यहाँ शाक्यमुनि बुद्ध जन्मेको भन्ने कुरा मात्रै छैन, यो ठाउँको नाउँ लुम्बिनी भनेर पनि उल्लेख भएको छ । यसदेखि बाहेक अन्य पुरातात्विक प्रमाणहरूले पनि गाैतम बुद्धकाे जन्मस्थल प्रमाणित हुन्छ । यसरी नै लुम्बिनीकाे एतिहासिक तथा पुरातात्विक विकास अाफैमा राेचक पक्ष हाे । पुस्तकमा लुम्बिनीस्थित पुरातात्विक अवशेषहरूको कालक्रमिक अध्ययन तथा विश्लेषण गरिएको छ ।मूल्यः ६००/- (हार्डकभर)