Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

नेपालीभाषामा पहिलो लुम्बिनीसम्बन्धी अनुसन्धानात्मक पुस्तक प्रकाशन

Posted on 2025-03-132025-03-13 by admin

काठमाडौं, २ पुस । लुम्बिनीबारे विस्तृत अनुसन्धानात्मक अध्ययन गरिएको पुस्तक ‘लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ आज यहाँ सार्वजनिक गरियो । लुम्बिनीबारे सम्पूर्ण ऐतिहासिक तथ्य र दुर्लभ चित्रसमेत समावेश गरी नेपालीमा लेखिएको सो पुस्तक लुुम्बिनीको विषयमा चाख राख्ने सर्वसाधारणदेखि इतिहास, संस्कृति , पुरातत्व पढ्ने र सो विषयमा शोध गर्न चाहनेहरूका लागि उपयोगी रहेको छ ।

बसन्त महर्जनद्वारा लिखित तथा बसामि डट कमद्वारा प्रकाशित सो पुस्तकमा लुम्बिनीको पहिचान, भगवान बुद्धको जन्म भएपछि लुम्बिनीमा भएका कुरा, अशोकस्तमभको अध्ययन र लुम्बिनीको विषयमा आजसम्म भएका अध्ययन प्रस्तु गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. तुलसीराम वैद्यले पुस्तकको विमोचन गर्दै पुस्तकको पुनःप्रकाशनमा लुम्बिनीको ऐतिहासिक र पुरातात्विक अध्ययनका साथै लुम्बिनीको सा“स्कृतिक पक्षबारे पनि अध्ययन गरिनु पर्ने सुझाव दिनु भयो ।

पुस्तकबारे चर्चा गर्दै पुरातत्वविद् शुक्रसागर श्रेष्ठले लुम्बिनीबारे जान्न खोज्ने तर अङ्ग्रेजी नजान्ने पाठकलाई पुस्तकले महत्वपूर्ण जानकारी दिने उल्लेख गर्दै नेपाली भाषामा लुम्बिनीसम्बन्धी गहिरिएर लेखिएको पुस्तक आजसम्म प्रकाशनमा नआएकोमा यसले सो कमी पूरा गरेको छ भन्नु भयो ।
त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रिय विभागका प्रमुख प्रा.डा. मुकुन्दराज अर्याल र त्रिभुवन विश्वविद्यालय, नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक प्रा. निर्मलमान तुलाधरले पुस्तक अनुसन्धानमूलक र मौलिक रहेको चर्चा गर्नुभयो ।

लेखक बसन्त महर्जनले भिक्षु सुदर्शन महास्थविरको प्रेरणाले लुम्बिनीको विषयमा लेखेको बताउ“दै पुस्तकमा समयसापेक्ष र नया“ अनुसन्धान समावेश भएको र भविष्यमा पनि यसकोृ पुनः प्रकाशन गर्दा थप अनुसन्धानलार्य समावेश गरिने बताउनु भयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb