गाैतम बुद्ध आफैले आफ्नाे जीवनवारे कुनै पुस्तक लेखेका छैनन् । तर विभिन्न प्रसङ्गमा विभिन्न ठाउँहमा उपदेश दिँदा र प्रसंगवश कसैसँग कुरा हुँदा आफ्नाे जीवन बारेमा पनि बताएका थिए ।
बुद्धका उपदेशहरू संकलन गर्ने क्रममा जीवनसम्बन्धी ती कुरा पनि संकलन गरिए । संकलित ती जीवनका प्रशंगहरू प्रथम पुरूषमा नै रहेका छन् । तर ती एक ठाउँमा नभएर त्रिपिटकअन्तर्गतका विभिन्न ग्रन्थहरूमा छरिएर रहेका छन्। तिनै विवरणकाे आधारमा बुद्धकाे जीवन पुस्तक लेख्ने तथा चर्चा गर्ने गरिएकाे हाे । प्रथम पुरूष शैलीमा बुद्ध आफैले आफ्नाे बारेमा बाेलेका र छरिएर रहेका ती सामग्री संकलन तथा अनुवाद गरी बुद्धकाे आत्मकथा प्रस्तुत गरिएकाे हाे । सन्दर्भ सामग्रीसहित बुद्धकाे बारेमा बुद्धबाटै साे विवरण थाहा पाउनुकाे आनन्द बेग्लै हुन्छ ।
मूल्यः ६०/-