कुनै पनि व्यक्ति जब समष्टिका लागि महत्वपूर्ण हुन्छन्, उनका बारेमा विभिन्न थरीका कथाकहानी तथा किम्बदन्ती तथा लोकोक्तिहरूको सिर्जना हुन थाल्छन् । अनि मान्छेहरू उनका बारेमा बढाइचढाइ कुरा गर्न थाल्छन्, याे मानिसहरूकाे स्वभाव नै हाे । यसबाट वास्तविकता ओझेलमा पर्ने मात्रै नभएर विकृति नै बढाइदिने र समस्यामा पार्ने संभावना हुन्छ । प्रसंशाका क्रममा निस्कने यस्ता अतिरञ्जित कुराहरूले कतिपय मान्छेमा अरुची पनि पैदा गरेको हुन्छ ।
बुद्धका सम्बन्धमा पनि अनेकौं भ्रमहरू विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरूमा नै छापिन थालेका छन् । बुद्धप्रति अपार श्रद्धा र सम्मान राखेर पनि अनेक खालका भ्रम पालेर बस्नु भनेकाे बुद्धबारेमा जानकारी नै नराख्नु हाे र यसले कुनै पनि खालकाे फाइदा कसैलाइ पनि गर्दैन । यस्ताे भ्रम सर्वसाधारणमा मात्रै नभएर बौद्धिक जमातमा नै पनि देख्न पाइन्छ । यसबाट अनेक खालका समस्या सिर्जना भएको छ । केही भ्रमलाई चिर्ने प्रयास ‘बुद्ध एक भ्रम अनेक’ पुस्तकमा भएको छ ।
मूल्यः १२५/-