बसन्त महर्जन (जन्म इ. सं. १९७२, कीर्तिपुर, काठमाडाैं) मूलतः अन्वेषक तथा लेखक हुन् ।इतिहास, संस्कृति तथा पुरातत्त्व क्षेत्रकाे अध्ययन अनुसन्धान र लेखनमा सक्रीय उनी बाैद्ध इतिहास र दर्शनमा विशेष रूची राख्छन् ।
साना ठुला गरी उनका २००० भन्दा बढी लेख र पुस्तकहरू प्रकाशित छन् । बाैद्ध अध्ययन बाहेक साहित्य, संस्कृति, इतिहास, पुरातत्त्व, पर्यटनलगायत विषय क्षेत्रकाे अध्ययन अनुसन्धानमा पनि उत्तिकै सक्रीय उनका लेखहरू विभिन्न प्रतिष्ठित पत्रपत्रिका, म्यागेजिन, जर्नल तथा अनलाइन प्रकाशनहरूमा नियमित प्रकाशित हुँदै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट बाैद्ध अध्ययन (स्नातकाेत्तर) मा ‘गाेल्ड मेडलिष्ट’ उनी नेपाली इतिहास, संस्कृति तथा पुरातत्व मा पनि स्नातकाेत्तर हुन् । विश्वविद्यालयकै नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) मा पनि केही समय आवद्ध रहिसकेका छन् ।
लुम्बिनी बाैद्ध विश्वविद्यालयकाे सम्बन्धन प्राप्त लाेटस एकेडेमिक कलेजमा उनी वि.सं. २०७२ देखि प्राध्यापन गर्दै अाइरहेका छन् । यसका साथै, विभिन्न प्राज्ञिक क्षेत्रमा प्रवचन, कार्यपत्र प्रस्तुति र विषयगत क्षेत्रमा परामर्श सेवा पनि दिने गरेका छन् । प्रतिष्ठित पत्रपत्रिका, रेडियाे, टेलिभिजनहरूमा उनका अन्तर्वार्ताहरू प्रकाशन तथा प्रसारण हु्ँदै आएका छन् ।
आफ्नाे विषयवस्तुकाे अध्ययनअनुसन्धान तथा सामग्री संकलनका लागि उनी प्रायः यात्रा गरिरहेका हुन्छन् । यस क्रममा उनले काठमाडाै उपत्यकाभित्र र बाहिरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्वका स्थलहरूकाे यात्रा गरिसकेका छन् । यसअनुसार उनी एक अन्वेषक यात्री र पर्यटन लेखक पनि हुन् । अन्वेषण र लेखनकाे याे क्रम यथावत् छ । नियात्रा.कम (www.niyatra.com) काे संचालक पनि हुन् । बहुआयामिक दृष्टिकाेणसहितकाे यात्रा र लेखनकाे संयाेजनका कारण यी कृयाकलापहरूलाई व्यक्तिगत स्तरमा हेर्नु मनासिव हुँदैन ।
अर्काे पक्ष हाे, फाेटाेग्राफी । साहित्य र पत्रकारिता पृष्ठभूमि रहेका उनका फाेटाेग्राफीहरू ऐतिहासिक तथा साँस्कृतिक स्थल, जनजीवनमा ‘फाेकस’ हुन्छन् । आफ्नाे विषय क्षेत्रमा केन्द्रित उनी समग्रमा भन्नुपर्दा अभिलेखीकरण, अन्वेषण र लेखनमा सक्रीय छन् । संस्कृति क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उनी प्रादेशिक प्रतिभा पुरस्कारबाट २०७६ सालमा पुरस्कृत हुन्।