जीवन दर्शनका कुराहरु सामान्यतः दुर्बाेध्य र क्लिष्ट भाषा शैलीमा हुने बुझाई पाइन्छ । तर ‘बौद्ध दर्शन सहज चिन्तन’ पुस्तक सर्वसाधारणलाई ध्यानमा राखी लेखिएको हो । बौद्ध दर्शनका मूलभूत पक्षलाई सरल र सहज भाषा शैलीमा प्रस्तुत गरिएको यस पुस्तकमा दर्शनका साथै व्यावहारिक जीवनलाई बौद्ध दर्शनको कसीमा व्याख्या गरिएको छ । बौद्ध धर्मदर्शनको मूलभूत मान्यताको रूपमा लिइने त्रिलक्षणअन्तर्गतको अनित्य, दुःख र अनात्म, प्रतीत्यसमुत्पाद, मध्यममार्ग, विभिन्न यान र सम्प्रदायहरूको विकास तथा त्यसको तात्पर्यमाथि पुस्तकमा चर्चा गरिएको छ । यसरी नै बुद्ध र बुद्ध वचनसम्बन्धी चर्चा गर्दै चतुर्ब्रह्मविहार, निर्वाण, पूर्वजन्म र पुनर्जन्मका सम्बन्धमा चर्चा गरेका गरिएका छन् जुन बौद्ध दर्शनको अध्ययनका लागि आधारभूत ज्ञान मानिन्छ । यसरी नै हिंसा र अहिंसा, जातिवादको अनौचित्य, लैगिक विभेदविरुद्धका उपदेशहरू तथा सामाजिक विषमतामाथि छलफल पुस्तकमा गरिएको छ ।
पृ. २४६, मूल्य रू. ५००/-