उत्तरी नेपालमा प्रचलित बौद्ध धर्मलाइ तिब्बती बौद्ध धर्म पनि भनिन्छ । तिब्बतमा विकास भएकाे बाैद्ध धर्म नै नेपालकाे उत्तरी क्षेत्रमा अाएकाे र परम्पराहरू उतैकाे भएका कारण तिब्बती बाैद्ध धर्म भन्नुमा अन्यथा लिनु पर्दैन । तर उत्तरी नेपालमा प्रचिलत बाैद्ध धर्म वा अभ्यासमा स्थानियता पनि पाइन्छ जसकाे अध्ययन हुनु पर्दछ । तिब्बतबाट अाएका भएपनि कतिपय कुरा तिब्बतमा नै प्रचलनबाट हराइसकेका तर नेपालमा सुरक्षित अमूर्त संस्कृतिहरू महत्वपूर्ण छन् । यस अर्थमा तिब्बतकाे अध्ययनमा उत्तरी नेपालकाे हिमाली क्षेत्रमा प्रचलित बाैद्ध धर्मकाे अध्ययन गर्नै पर्ने भएकाे छ । पुस्तक उत्तरी नेपालमा प्रचलित बाैद्ध धर्मकाे साङ्गाेपाङ्गाे अध्ययन नभएर परिचयात्मक प्रस्तुति हाे । मूल्यः ३००/-