लुम्बिनीका सम्बन्धमा कुनै पनि प्रशंंगमा मेरो मानसपटलमा स्मरण हुने व्यक्तित्व हुनुहुन्छ, भिक्षु सुदर्शन महास्थविर । उहाँको एउटा इच्छा थियो, पुरातत्त्वका सम्बन्धमा मबाट औपचारिक शिक्षा हासिल गरोस् र लुम्बिनीको पुरातत्त्वका सम्बन्धमा अझ गहिरिएर अध्ययन गरोस् । औपचारिक शिक्षाप्राप्ती, लुम्बिनीसम्बन्धी अध्ययन र पुस्तक लेखन कार्य सम्पन्न गरेर अहिले “लुम्बिनी : ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन” प्रकाशनमा पनि ल्याएको…
Category: Books
‘लुम्बिनीः ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन’ पुस्तकमा समाविष्ट वरिष्ठ पुरातत्वविद् शुक्रसागर श्रेष्ठको भूमिका
नेपाली भाषामा लुम्बिनीसम्बन्धी यति गहिरिएर लेखिएको पुस्तक आजसम्म प्रकाशनमा आएको छैन । देशका कतिपय श्रद्धालु, विद्यार्थी जनसाधारण जो कसैले पनि यदि अङ्ग्रेजी जान्दैनन् भने लुम्बिनीका बारेमा गहन अध्ययनबाट बञ्चित हुनु परिरहेको थियो । यस कमीलाई लेखकले पूरा गरिदिएका छन् ।
बुद्धसम्बन्धी दुई पुस्तक
बसन्त महर्जनले हालै एकसाथ दुईवटा कृति बजारमा ल्याएका छन्। ती दुवै गौतम बुद्धको जीवन र बौद्ध दर्शनसँग सम्बन्धित छन्।
बसन्त महर्जनको ‘बुद्ध विमर्श’ प्रकाशित
लेखक बसन्त महर्जनद्वारा लिखित पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ । लेखक महर्जन बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन–अनुसन्धान र लेखन कार्यमा सक्रिय छन् । महर्जनको यो एघारौं बौद्ध पुस्तक हो ।
बाैद्धमतलाइ चिनाउने पुस्तक
गाेरखापत्र दैनिक
एउटा नयाँ किताब खससाम्राज्यकाे विषयमा
खश साम्राज्यमा बाैद्ध धर्म
खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन
इसाको बाहै शताब्दीमा तिब्बतको खारी प्रदेशबाट आएका राजा नागराजले पश्चिम नेपालको कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालाई राजधानी बनाई स्थापना गरेको खश साम्राज्य धार्मिक रुपमा बौद्ध साम्राज्य थियो भन्ने कुरालाई लेखकले पुस्तकमा उतार्ने प्रयास गर्नु भएको छ । प्रस्तूत पुस्तकको शिर्षक खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतनले नै धेरै कुरा जनाउँछ । खश साम्राज्यमा बौद्ध धर्म…
‘गन्तव्य लुम्बिनी’ किन लेखियो ?
लुम्बिनी क्षेत्रको भ्रमण गरिनसकेका वा भ्रमणका लागि त्यहाँ पुगेकाहरूले सामना गर्ने एउटा समस्या हो, त्यस स्थल सम्बन्धी जानकारीमूलक पुस्तकको अभाव । कहाँ के हेर्ने र के कुरा कुन विषयवस्तुसँग सम्बन्धित छन् भनेर थाहा नपाउँदा पर्यटकहरू रनभुल्लमा पर्छन् ।
काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू
काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू
बुद्ध विमर्श
बुद्धसम्बन्धी विचार विमर्शको अभावमा समाजमा बुद्धप्रतिको बुझाई नै कतिपय सन्दर्भमा उल्टोपाल्टो हुने गरेको पाइन्छ । यस सन्दर्भमा बुद्धलाई बुझ्न ‘बुद्ध विमर्श’ पुस्तक सानो नै सही, तर खुराक हो ।
लुम्बिनी: ऐतिहासिक तथा पुरातात्विक अध्ययन
अभिलेखमा यहाँ शाक्यमुनि बुद्ध जन्मेको भन्ने कुरा मात्रै छैन, यो ठाउँको नाउँ लुम्बिनी भनेर पनि उल्लेख भएको छ । यसदेखि बाहेक अन्य पुरातात्विक प्रमाणहरूले पनि गाैतम बुद्धकाे जन्मस्थल प्रमाणित हुन्छ ।
गौतम बुद्ध
गाैतम बुद्धको जीवनी मात्र थाहा पाउँदा पनि बाैद्ध धर्मका धेरै कुराहरू थाहा पाइने हुन्छ । यही भएर मान्छेहरू बुद्धको जीवनी पनि पढ्न मन पराउँछन् ।
बुद्धकाे आत्मकथा
गाैतम बुद्ध आफैले आफ्नाे जीवनवारे कुनै पुस्तक लेखेका छैनन् । तर विभिन्न प्रसङ्गमा विभिन्न ठाउँहमा उपदेश दिँदा र प्रसंगवश कसैसँग कुरा हुँदा आफ्नाे जीवन बारेमा पनि बताएका थिए ।
गन्तव्य लुम्बिनी
गाैतम बुद्धसँग सम्बिन्धत स्थलहरू एेतिहासिक तथा पुरातात्विक महत्वका छन् । बाैद्धहरू यी स्थलमा पुगी श्रद्धा व्यक्त गर्न पाउँदा पुण्य कमाएकाे अनुभूति गदर्छन् । साथै यी स्थलहरू पर्यटकीय गन्तव्य पनि हुन् । तसर्थ यी ठाउँहरूमा बाैद्ध मात्रै पुग्नु पर्दछ भन्ने छैन । र, संसारभरका गैर बाैद्धहरू यी ठाउँमा भ्रमणा गरेर ज्ञान अार्जन गर्दछन् । नेपालस्थित बुद्धसँग…
बुद्ध र महिला
बुद्धकालिन समयमा महिलाप्रतिको धारणा भन्नु र महिलाप्रति बुद्धको धारणा भन्नु एउटै कुरा होइन । वैदिक मान्यताअनुसार समाजमा महिलाको स्थान बेग्लै थियो र वैदिकहरू त्यसको औचित्य साबित गर्न खोज्दथे । तर बुद्ध वैदिक समाजमा व्याप्त महिला बारेका धारणाहरू भत्काउँथे । यस अर्थमा तत्कालिन समाजमा महिलाकाे स्थान के थियाे र बुद्धका दृष्टिमा महिलाका स्थान के थियाे भनेर…
बुद्ध एक भ्रम अनेक
कुनै पनि व्यक्ति जब समष्टिका लागि महत्वपूर्ण हुन्छन्, उनका बारेमा विभिन्न थरीका कथाकहानी तथा किम्बदन्ती तथा लोकोक्तिहरूको सिर्जना हुन थाल्छन् । अनि मान्छेहरू उनका बारेमा बढाइचढाइ कुरा गर्न थाल्छन्, याे मानिसहरूकाे स्वभाव नै हाे । यसबाट वास्तविकता ओझेलमा पर्ने मात्रै नभएर विकृति नै बढाइदिने र समस्यामा पार्ने संभावना हुन्छ । प्रसंशाका क्रममा निस्कने यस्ता अतिरञ्जित…
उत्तरी नेपालमा बाैद्ध धर्म
उत्तरी नेपालमा प्रचलित बौद्ध धर्मलाइ तिब्बती बौद्ध धर्म पनि भनिन्छ । तिब्बतमा विकास भएकाे बाैद्ध धर्म नै नेपालकाे उत्तरी क्षेत्रमा अाएकाे र परम्पराहरू उतैकाे भएका कारण तिब्बती बाैद्ध धर्म भन्नुमा अन्यथा लिनु पर्दैन । तर उत्तरी नेपालमा प्रचिलत बाैद्ध धर्म वा अभ्यासमा स्थानियता पनि पाइन्छ जसकाे अध्ययन हुनु पर्दछ । तिब्बतबाट अाएका भएपनि कतिपय कुरा …
बुद्ध र मानव अधिकार
मानव अधिकार अाधुनिक विश्वका लागि नाैलाे अवधारणा र अभ्यास हाे । मानव अधिकारकाे अभावमा मानवले प्रतिष्ठापूर्ण जीवन विताउन सक्दैन । तर मानव अधिकार नै भनेर उल्लेख नपाइए पनि गाैतम बुद्धका उपदेशहरू मानवअधिकारकाे अवधारणासँग नजिक रहेकाे पाइन्छ । मानव अधिकारकाे अवधारणा तथा यससँग सम्बन्धित घाेषणापत्र, महासन्धी, अालेख तथा अन्य कुराहरूकाे चर्चा गर्दै ती सँग बाैद्ध विषयवस्तुकाे…
खश साम्राज्य र बाैद्ध धर्मकाे उत्थान र पतन
पश्चिम नेपालकाे कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालार्इ राजधानी बनाई ईशाका बाह्राैं शताब्दीमा तिब्बतकाे खारी प्रदेशका राजा नागराजले स्थापना गरेकाे खश साम्राज्य धार्मिक रूपमा मूलतः बाैद्ध साम्राज्य थियाे । पहिले नै बाैद्ध धर्मकाे प्रवेश भइसकेकाे खशान क्षेत्रमा खश साम्राज्य स्थापनापछि बाैद्ध धर्मले धेरै मात्रामा उन्नति गरेकाे थियाे । तर चाैधाैं शताब्दी अाइपुग्दासम्ममा याे साम्राज्यकाे विघटन हुनुका साथै…














