Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Translation
      • Story
      • Comments
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

बसन्त महर्जनको ‘बुद्ध विमर्श’ प्रकाशित

Posted on 2025-03-132025-03-13 by admin

काठमाडौं । लेखक बसन्त महर्जनद्वारा लिखित पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ । लेखक महर्जन बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन–अनुसन्धान र लेखन कार्यमा सक्रिय छन् । महर्जनको यो एघारौं बौद्ध पुस्तक हो ।

लुम्बिनीमा जन्मेका गौतम बुद्धलाई मात्र बुझ्दा बौद्ध धर्म–दर्शन र परम्परा सबैबाट अनभिज्ञ हुने कुरा पुस्तकमा परेको छ । पुस्तकमा बुद्धको अर्थ, बुद्धका प्रकारहरु तथा गौतम बुद्धभन्दा अघि बुद्धत्व प्राप्त गरेका मानव बुद्धहरुको संक्षिप्त विवरण पनि प्रस्तुत गरिएको छ । यसरी नै महायानी बौद्ध समाजमा प्रचलित पञ्च ध्यानी बुद्धको पनि जानकारी पुस्तकमा दिइएको छ ।

गौतम बुद्धको दैनिक जीवनचर्या कस्तो थियो ? उनका गुरु को थिए अथवा थिएनन् ? कसरी बोधि लाभ गरी बुद्ध बने ? बुद्धसँग भिक्षु बन्ने पहिलो र अन्तिम व्यक्ति को थिए ? किन तिनीहरु पहिलो र अन्तिम बन्न पुगेको ? भन्ने प्रश्नहरुको जवाफ पुस्तकमा विवेचनासहित उल्लेख गरिएको छ ।

बुद्धसँग के कस्ता खुबीहरु थियो ? बुद्ध भनेकैं के हो ? भन्नेजस्ता महत्वपूर्ण प्रश्नहरुको जानकारी दिने क्रममा गौतम बुद्धका विविध आयामहरुबारे पाठकलाई जानकारी गराइएको छ । यसरी नै बुद्धसँगको जीवन यात्रामा साथ दिने अग्रणी नेपालीहरुको उल्लेख नेपाली समाजका लागि थप रोचक र छलफलको विषय हुने देखिन्छ ।

बुद्धत्व प्राप्तिका लागि गौतम बुद्धले गृहत्याग गरी श्रीमती यशोधरालाई विचल्ली बनाएको भन्ने गैर बौद्ध समाजमा प्रचलित कथनको खण्डन गर्दै पुस्तकमा परिवार तथा नातागोतासँग सरसल्लाहपछि मात्रै गृहत्याग गरेको र बुद्धत्व प्राप्तिपछि परिवारका अन्य सदस्यले जस्तै पछि श्रीमतीले पनि बुद्धको संघमा प्रवेश गरी भिक्षुणी जीवन विताएको जानकारी पनि पुस्तले दिएको छ ।

लेखक महर्जनका अनुसार बुुद्ध, शिक्षा र गलत बुुझाई गरी तीन खण्डमा विभाजित यस पुस्तकमा समाविष्ट सामग्रीहरु बुद्ध र बौद्ध धर्म–दर्शन बुुझ्नका लागि आधारभूत ज्ञान हो ।

पुुस्तक इन्साइट पब्लिकेशन प्रा.लि.बाट प्रकाशन भएको हो । १७६ पृष्ठको यस पुस्तकको मूल्य ३ सय पचार रुपैयाँ रहेको छ ।

साहित्यपोस्ट डट कम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb