अफिसकै कसैले क्यामेरा कसरी चलाउने भनेर सिकाइ दियाे त्यही सिकाइकाे भरमा विहानै क्यामेरा बाेकेर प्रदर्शनी स्थलमा पुगियाे । झडप भयाे पनि । साे फाेटाे साेही दिन पत्रिकामा छापियाे । यही मेराे पहिलाे फाेटाेग्राफी थियाे भने त्यसकाे लामाे समयसम्म पनि अर्काे पटक क्यामेराे चलाइएन ।
Category: Photography
कलाका अनेक विधामध्ये फाेटाेग्राफी पनि एक हाे र याे प्रविधिमा आधारित छ । याे डकुमेन्टेशनकाे पनि एउटा भरपर्दाे विधि हाे । कला र डकुमेन्टेशनका रूपमा म फाेटाेग्राफी गर्छु । क्यामेरा सम्हाल्न थालेकाे सन् २००० बाट हाे ।
मुख्यतः म इतिहास, संस्कृति तथा पुरातत्व र समाजसँग सम्बन्धित विषयवस्तुमा फाेटाेग्राफी गर्न रूचाउँछु । यसदेखि बाहेक विभिन्न राजनीतिक घटनाक्रम, प्रकृतिक तथा अन्य विषयवस्तुमा पनि फाेटाेग्राफी गरेकाे छु । यस वेभसाइटमा प्रयाेग भएका सबै फाेटाेग्राफी मेरै हाे ।
Among the many forms of art, photography is one that is deeply rooted in technology. It also serves as a reliable method of documentation. I practice photography both as an art form and as a means of documentation. I began handling a camera in the year 2000.
Primarily, I enjoy photographing subjects related to history, culture, archaeology, and society. In addition to these, I have also documented various political events, natural scenes, and other diverse subjects. All the photographs used on this website are taken by me.
‘हसना म्यागेजिन’ कभर फाेटाेहरू
पहिलाे फाेटाेग्राफीकाे छाेटाे अनुभव
गढीमाइ मेला
नेपालको बारा जिल्लास्थित बरियारपुर गाउँमा हिन्दू देवी भगवतीको एउटा मन्दिर छ, जुन गढीर्माइ नामबाट प्रसिद्ध छ । यस भगवतीलाइ हिन्दूहरू विभिन्न भाकल गरेर बली चढाउने गर्दछन् । भाकलअनुसार अन्य सामान्य दिनमा पनि बली चढाउने गरिन्छ तर प्रत्येक पाँच पाँच बर्षको अन्तरालमा ठूलो मेला लाग्दछ र मेलाको अवसरमा पशुबली अत्यधिक मात्रामा हुन्छ । एउटा मेलामा पच्चीस…
फाेटाेग्राफी
.



