त्याे बेला फाेटाेग्राफी गर्ने मेराे साेच नै थिएन । प्राविधिक ज्ञानकाे अभाव भएर मात्रै हाेइन, क्यामेरा भन्ने कुरा महंगाे भएर पनि थियाे । म लेख्ने पत्रकार मात्रै थिएँ । विहानदेखि बेलुकासम्म समाचार खाेज्न जानु र त्यसलाइ लेख्नु नै मेराे दैनिक काम थियाे । फाेटाेग्राफीका लागि अरू नै व्यक्ति नियुक्त थियाे ।
एक दिन थाहा भयाे, विद्यार्थीहरूकाे एक समूहले विहानै परीक्षा नियन्त्रण कार्यालय, जमलमा प्रदर्शन गर्ने भएकाे छ । र, याे पनि थाहा भयाे, साे प्रदर्शनीमा प्रहरीसँग झडप हुने ठुलाे सम्भावना छ । विद्यालयमा प्लस टु शिक्षाकाे विराेधमा साे प्रदर्शन हुने हाे । समाचारका साथ फाेटाे पनि जानु अावश्यक थियाे तर फाेटाेग्राफी गर्ने व्यक्ति विहान अाउन असमर्थ रहेकाे थाहा पाइयाे । हिजाेअाजजस्ताे फाेटाे पत्रकारकै क्यामेरा हुँदैनथ्याे । एउटा हुन्थ्याे त्याे अफिसमा नै राखिएकाे हुन्थ्याे। अफिसकै कसैले क्यामेरा कसरी चलाउने भनेर सिकाइ दियाे त्यही सिकाइकाे भरमा विहानै क्यामेरा बाेकेर प्रदर्शनी स्थलमा पुगियाे । त्यति बेलासम्म मलाइ सानाे अटाे क्यामेरा चलाउने अनुभव पनि थिएन, एकैबाजी एसएलअार क्यामेरा चलाउन पुगेकाे हुँ । अहिले सम्झन्छु म, त्याे बेला ३०० एमएमकाे लेन्स लिएर म पुगेकाे रहेछु, । नजिकबाट खिच्न नभएर टाढाबाट खिच्नका लागि भनेर उक्त लेन्स फिट गरेर पठाइएकाे थियाे । मलाइ फाेकस इन र फाेकस अाउट गर्न पनि अाउँदैनथ्याे र त्यसका लागि सबै कुरा अटाे सेटिङमा राखेर पठाइएकाे थियाे । साधारण लेन्स नदिनुकाे अर्थ हाे, मलाइ लेन्स फेर्न नै अाउँदैनथ्याे ।
प्रदर्शनीस्थलमा म प्रायः नजिक नजिक नै हुन्थें । नजिकबाट नियाल्थें । तर त्याे दिन म एउटा निश्चित दूरी बनाएर बसिरहेकाे थिएँ । झडप भयाे पनि । केही स्न्याप खिचेें । फाेटाेसहित मेराे समाचार साेही दिन पत्रिकामा छापियाे । यही मेराे पहिलाे फाेटाेग्राफी थियाे भने त्यसकाे लामाे समयसम्म पनि अर्काे पटक क्यामेराे चलाइएन ।