लुम्बिनीका सम्बन्धमा कुनै पनि प्रशंंगमा मेरो मानसपटलमा स्मरण हुने व्यक्तित्व हुनुहुन्छ, भिक्षु सुदर्शन महास्थविर । उहाँको एउटा इच्छा थियो, पुरातत्त्वका सम्बन्धमा मबाट औपचारिक शिक्षा हासिल गरोस् र लुम्बिनीको पुरातत्त्वका सम्बन्धमा अझ गहिरिएर अध्ययन गरोस् । औपचारिक शिक्षाप्राप्ती, लुम्बिनीसम्बन्धी अध्ययन र पुस्तक लेखन कार्य सम्पन्न गरेर अहिले “लुम्बिनी : ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन” प्रकाशनमा पनि ल्याएको…
Category: About Book
‘लुम्बिनीः ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन’ पुस्तकमा समाविष्ट वरिष्ठ पुरातत्वविद् शुक्रसागर श्रेष्ठको भूमिका
नेपाली भाषामा लुम्बिनीसम्बन्धी यति गहिरिएर लेखिएको पुस्तक आजसम्म प्रकाशनमा आएको छैन । देशका कतिपय श्रद्धालु, विद्यार्थी जनसाधारण जो कसैले पनि यदि अङ्ग्रेजी जान्दैनन् भने लुम्बिनीका बारेमा गहन अध्ययनबाट बञ्चित हुनु परिरहेको थियो । यस कमीलाई लेखकले पूरा गरिदिएका छन् ।
बसन्त महर्जनको ‘बुद्ध विमर्श’ प्रकाशित
लेखक बसन्त महर्जनद्वारा लिखित पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ । लेखक महर्जन बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन–अनुसन्धान र लेखन कार्यमा सक्रिय छन् । महर्जनको यो एघारौं बौद्ध पुस्तक हो ।
बाैद्धमतलाइ चिनाउने पुस्तक
गाेरखापत्र दैनिक
एउटा नयाँ किताब खससाम्राज्यकाे विषयमा
खश साम्राज्यमा बाैद्ध धर्म
खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन
इशाको बाहै शताब्दीमा तिब्बतको खारी प्रदेशबाट आएका राजा नागराजले पश्चिम नेपालको कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालाई राजधानी बनाई स्थापना गरेको खश साम्राज्य धार्मिक रुपमा बौद्ध साम्राज्य थियो भन्ने कुरालाई लेखकले पुस्तकमा उतार्ने प्रयास गर्नु भएको छ । प्रस्तूत पुस्तकको शिर्षक खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतनले नै धेरै कुरा जनाउँछ । खश साम्राज्यमा बौद्ध धर्म…
‘गन्तव्य लुम्बिनी’ किन लेखियो ?
लुम्बिनी क्षेत्रको भ्रमण गरिनसकेका वा भ्रमणका लागि त्यहाँ पुगेकाहरूले सामना गर्ने एउटा समस्या हो, त्यस स्थल सम्बन्धी जानकारीमूलक पुस्तकको अभाव । कहाँ के हेर्ने र के कुरा कुन विषयवस्तुसँग सम्बन्धित छन् भनेर थाहा नपाउँदा पर्यटकहरू रनभुल्लमा पर्छन् ।
बुद्ध विमर्श
बुद्धसम्बन्धी विचार विमर्शको अभावमा समाजमा बुद्धप्रतिको बुझाई नै कतिपय सन्दर्भमा उल्टोपाल्टो हुने गरेको पाइन्छ । यस सन्दर्भमा बुद्धलाई बुझ्न ‘बुद्ध विमर्श’ पुस्तक सानो नै सही, तर खुराक हो ।
लुुम्बिनी: ऐतिहासिक तथा पुरातात्विक अध्ययन
अभिलेखमा यहाँ शाक्यमुनि बुद्ध जन्मेको भन्ने कुरा मात्रै छैन, यो ठाउँको नाउँ लुम्बिनी भनेर पनि उल्लेख भएको छ । यसदेखि बाहेक अन्य पुरातात्विक प्रमाणहरूले पनि गाैतम बुद्धकाे जन्मस्थल प्रमाणित हुन्छ ।






