इशाको बाहै शताब्दीमा तिब्बतको खारी प्रदेशबाट आएका राजा नागराजले पश्चिम नेपालको कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालाई राजधानी बनाई स्थापना गरेको खश साम्राज्य धार्मिक रुपमा बौद्ध साम्राज्य थियो भन्ने कुरालाई लेखकले पुस्तकमा उतार्ने प्रयास गर्नु भएको छ । प्रस्तूत पुस्तकको शिर्षक खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतनले नै धेरै कुरा जनाउँछ ।
खश साम्राज्यमा बौद्ध धर्म पनि थियो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । बौद्ध इतिहासमा पनि खश साम्राज्यलाई खासै महत्व दिएको पाइदँैन । पुस्तकले खश साम्राज्यका तत्कालिन राजाहरु र त्यो समयको शासन व्यवस्थामा बौद्ध धर्मले पारेको प्रभावलाई चित्रण गर्ने प्रयास गरेको छ ।
पुस्तकमा खस साम्राज्य स्थापना भैसकेपछि त्यहाँका राजाहरुले साम्राज्यको पतन हुनुपूर्वसम्म बौद्ध धर्मलाई राजकीय संरक्षण दिएको उल्लेख गरिएको छ । चौधौ शताब्दीको अन्त्यसम्म खस साम्राज्यको पतन शुरु भएसँगै त्यस क्षेत्रमा बौद्ध धर्मको पनि प्रभाव कम हुँदै गई अन्नत यो पतन भएको पुस्तकले दर्शाएको छ ।
त्यसोत खश साम्राज्य स्थापना हुनुपूर्व नै यस क्षेत्रमा पहिलेदेखिनै बौद्ध धर्मले उन्नति गरेको थियो । तर खश राजाहरु आएपछि बौद्ध धर्मको प्रभाव अझ बढन गई त्यसले समाजको विभिन्न क्षेत्रमा प्रभाव पारेको पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकमा खश साम्राज्यको सम्पूर्ण इतिहास र बौद्ध धर्मको स्थितिलाई दर्शाइएको छ । बाहिर नआएका कतिपय तथ्यलाई समेटनु लेखकको सकरात्मक पक्ष हो । खश साम्राज्यमा बौद्ध धर्मको विकास र पतन कसरी र किन भयो भन्ने तथ्य लेखकले पुस्तकमा जाहेर गर्ने प्रयास गर्नु भएको छ । खस साम्राज्यको पतन हुनुमा कुनै एक कारण मात्र नरही विविध कारण रहेको देखाइएको छ । खश राजाहरु बौद्ध धर्मतर्फ बढी आकर्षित भएकोले व्यतिmगत रुपमा उनीहरु कमजोर हुनपुगी खश राज्य नै पतन भएको भन्ने कतिपय इतिहासकरको तर्कलाई पुस्तकले मान्दैन । खस राज्य पतन हुनुमा तत्कालिन अवस्थामा बलियो राजाको अभाव हुनु,हिन्दु धर्मको प्रभाव बढनु, महाअमात्यको महत्वाकांक्षा रहनु जस्ता कारण रहेको लेखकले पुष्टि गर्न खोज्नु भएको छ । यती मात्र नभई तिव्बतको एकिकरण,डोटी र कुमाउँ गढवालको विद्रोह पनि खश राज्यको पतन हुनुको कारण रहेको पुस्तकमा उल्लेख गरिएको छ ।
खश साम्राज्यको पतनसँगै बौद्ध धर्मको पनि पतन शुरु भएको मानिएको छ । हुन पनि साम्राज्य पतन भएसँगै बाइसे र चौबिसे राज्याम विभक्त भएका त्यसपछिका राजाहरु बौद्ध धर्मप्रति आस्था नराख्नु र हिन्दु धर्मको बढ्दो प्रभावले बौद्ध धर्म कमजोर बन्नु अस्वभाविक थिएन । यसबाहेक खशहरुको बलियो मित्र नेपाल मण्डलसँग सम्बन्ध टुटनु र जनस्तरमा बौद्ध धर्मको प्रभाव क्षीण हुनाले खश साम्राज्यमा बौद्ध धर्म कमजोर बन्न पुगी पतन भएको पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकमा तत्कालिन खश साम्राज्य अन्र्तगतका जुम्ला,दैलेख लगायतका क्षेत्रमा बौद्ध कला तथा वास्तुकला रहेको उल्लेख गरिएको छ ।
खश राज्यमा बौद्ध धर्मको प्रभावका बारेमा चर्चा नहुनुमा हिन्दुबादी सोच भएको लेखकले आरोप लगाउनु भएको छ । खश साम्राज्यको इतिहास वा व्याख्या हिन्दु दृष्टिकोणबाट प्रेरित भएकाले तत्कालिन बौद्ध धर्मको यर्थाथ अवस्थालाई उजागर गर्न लेखकले खोजमूलक रुपमा पुस्तक तयार पार्नु भएको देखिन्छ । हालसम्म खश साम्राज्यका शासकहरुको इतिहास मात्र बाहिर आएपनि खश राज्य बौद्ध साम्राज्य थियो भन्ने कुरा बाहिर आउन नसकेको लेखकको कथन छ । लेखकले खश साम्राज्यका राजाहरुमा अन्य इतिहासकारले भनेजस्तो डकैति प्रवृति नरहेको प्रष्टयाउन खोज्नु भएको छ । खश साम्राज्यका विषयमा भएका अध्ययनमा राजनीतिक इतिहास र सांस्कृतिक पक्ष मात्र हावी भए पनि अन्य पक्षको खासै चर्चा नहुनु विडम्बना रहेको लेखकको भित्री आशय रहेको देखिन्छ । खश साम्राज्य र त्यहाँको शासन व्यवस्थाबाट निकै प्रभावित रहनुभएका लेखकले खश साम्राज्यको प्रशंसा गर्दै लेख्नु भएको छ, बौद्ध साम्राज्य भए पनि खश साम्राज्यले अन्य धर्मलाई दबाउने र बौद्ध धर्म लादने काम गरेको पाइदँैन ।
पुस्तकको अन्त्यमा इतिहासकालिन महत्वपूर्ण अभिलेखहरु पनि राखिएको छ,जुन पछि आउने अनुसन्धानकर्मीलाई महत्वपूर्ण सामग्री हुन सक्ने देखिन्छ । यसबाहेक लेखकले जुन रुपमा तस्बिरहरु पुस्तकमा राख्नु भएको छ त्यसले पाठकलाई पुस्तक पढन थप प्रेरित गर्छ । इतिहास,संस्कृति तथा पुरातत्वबाहेक बौद्ध इतिहास र दर्शनको अध्ययनमा विशेष रुचि राख्ने लेखक बसन्त मर्हजनको यो पुस्तक मुलत खोज अनुसन्धानमा आधारित रहेकोले इतिहास र बौद्ध अध्ययनमा रुचि राख्ने पाठकका लागि यो खुराकीलो हुन सक्छ ।
करुण