Category: Niyatra
साहित्यमा मेरो अर्को विधा नियात्रा हो । अंग्रेजीमा ट्राभलग भनिने यो यात्राको नितान्त वर्णन मात्र नभएर निजात्मक अनुभूतिलाई पनि समेटिएर लेखिएको विशिष्ट विधा हो । यात्रा गरिराख्न मन पराउने र त्यसलाई लेख्ने पनि हुँदा म नियात्रा विधामा पनि सक्रीय रहेको हुँ । नेपाःसः नामको एउटा साप्ताहिकमा नियात्राहरु मात्रै छाप्ने गरी नियमित स्तम्भ नै चलाएको र अस्सी भन्दा बढी संख्यामा छापिएको थियो । यही लेखनलाई मूल्यांकन गरी पछि ‘धर्मादित्य धर्माचार्य सिरपा’ पुरस्कार प्राप्त गरेको हुँ । त्यसबाहेक अन्य थुप्रै पत्रपत्रिकाहरुमा नियात्राहरु प्रकाशित छन् । नियात्रा विधामै फोकस भएको नियात्रा.कमको सम्पादक तथा संचालक पनि भएको छ । मेरा नियात्राहरु पढ्न चाहनेलाई नियात्रा.कम (www.niyatra.com) मा स्वागत गर्दछु ।
