साँची, अजन्ता र एलोरा बौद्ध सम्पदा स्थल हो । तीन वटै क्षेत्र विश्व सम्पदा सूचीमा रहेबाट बुझ्न सकिन्छ यसको महत्व र विश्वमा यसको स्थान ।
Category: Tour organizing
अनौपचारिक बौद्ध शिक्षा अभियानले बौद्ध धर्म–दर्शन, इतिहास, संस्कृति तथा अन्य विषयवस्तुका बारेमा अनौपचारिक रुपमा शिक्षा दिने काम गर्दै आएको छ । यस क्रममा स्थलगत भ्रमण गराएर पनि बौद्ध स्थलहरुका बारेमा जानकारी दिनुका साथै धर्म–दर्शनका सम्बन्धमा आवश्यक जानकारी दिँदै आइरहेको छ । यस क्रममा विभिन्न बौद्ध स्थलहरुको टूर प्याकेजमा सहभागी हुनेहरुलाई म मार्गदर्शन गर्दछु ।
सुर्खेतदेखि रारासम्म
एघारौं शताब्दीमा उदाएको खश साम्राज्यमा सुर्खेत, दैलेख, दुल्लू, कालिकोट, जुम्ला प्रमुख शक्ति केन्द्रहरु थियो । त्यति बेलाका अवशेष वा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक अवशेषहरु अझै पनि देख्न पाइन्छन् । त्यसरी नै मुगुको रारा ताल प्राकृतिक रुपमा अत्यन्तै मनमोहन सम्पदा हुन् । ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु समेटेर “सुर्खेतदेखि रारासम्म” प्याकेज बनाइएको छ ।
लुम्बिनी भ्रमणको प्याकेज
गौतम बुद्धको जन्मस्थल लुम्बिनी अन्तर्राष्ट्रि आकर्षणको केन्द्र हो । विश्व सम्पदा सूचीमा यो सूचीकृत छ । लुम्बिनी र त्यसको सेरोफेरोमा रहेका कपिलवस्तु तथा प्राचीन कोलिय राज्यका पुरातात्विक स्थलहरुलाई समेटेर लुम्बिनी भ्रमणको प्याकेज बनाइएको छ । यो प्याकेजमा लुम्बिनी क्षेत्रका बौद्ध स्थलहरूको जानकारीमूलक भ्रमण गराइने हुन्छ । यस स्थलगत भ्रमणका क्रममा यस क्षेत्रका बारेमा मात्रै नभएर…
उपल्लाे मुस्ताङ बाैद्ध तीर्थयात्रा
५ रात ६ दिन स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि नेपालकाे ‘उपल्लाे मुस्ताङ’ एक उत्कृष्ट गन्तव्य हाे । इस्वी सम्बत १४४० अघिसम्म याे तिब्बतकाे एक प्रान्त थियाे भने पछि मन्थाङलाई राजधानी बनाएर राजा अामेपालले छुट्टै स्वतन्त्र राज्य बनाएका थिए । नयाँ राज्यकाे नाम “लाे” भयाे । यही “लाे” र “मन्थाङ” मिलाएर उक्त प्राचीन राजधानीलाई हिजाेअाज “लाेमन्थाङ”…
अष्टमहास्थान तीर्थयात्रा
गौतम बुद्धसँग सम्बन्धित चार महत्वपूर्ण ठाउँहरू १. लुम्बिनी, २. बोधगया, ३. सारनाथ र ४. कुशीनगरलाई चारधाम भनिन्छ । यही चारधामसहित अन्य चार महत्वपूर्ण ठाउँ ५. वैशाली, ६. राजगीर, ७. श्रावस्ती र ८. संकाश्य मिलाएर त्यसलाई अष्टमहास्थान भन्ने चलन छ । अष्टमहास्थान तीर्थयात्राको आयोजना “अनौपचारिक बौद्ध शिक्षा अभियान” ले गर्दै आएको छ । यो जम्माजम्मी १५…




