Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

उपल्लाे मुस्ताङ बाैद्ध तीर्थयात्रा

Posted on 2025-01-262025-01-26 by admin

५ रात ६ दिन

स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि नेपालकाे ‘उपल्लाे मुस्ताङ’ एक उत्कृष्ट गन्तव्य हाे । इस्वी सम्बत १४४० अघिसम्म याे तिब्बतकाे एक प्रान्त थियाे भने पछि मन्थाङलाई राजधानी बनाएर राजा अामेपालले छुट्टै स्वतन्त्र राज्य बनाएका थिए । नयाँ राज्यकाे नाम “लाे” भयाे । यही “लाे” र “मन्थाङ” मिलाएर उक्त प्राचीन राजधानीलाई हिजाेअाज “लाेमन्थाङ” भनिएकाे छ । पूरै बस्ती वा राजधानी ठूलाे पर्खालले घेरिएकाे छ । त्याे पर्खाल ढुंगा वा इँटाले बनाइएकाे नभएर पूरै माटाेले मात्रै मठ्याएर बनाइएकाे हाे । पर्खालभित्रकाे पूरै बस्ती अर्थात घर र गुम्बाहरू पनि माटाे नै माटाेले बनाइएकाे छ । यही भएर लाेमन्थाङलाई “मड सिटी” भन्ने गरिएकाे हाे र अत्यन्तै अद्भूत, अाश्चर्यजनक र एेतिहासिक थलाे बनेकाे छ ।

“द लस्ट किङडम अफ तिब्बत” पनि भनिने लाेमन्थाङ पूरै मात्रामा बाैद्ध सम्पदाले भरिपूर्ण छ । सामाजिक तथा सांस्कृतिक जीवन पनि बाैद्ध नै । एेतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले याे जति महत्वपूर्ण छ, त्यति नै प्राकृतिक रूपमा विछट्टै राम्राे र अाकर्षक छन् । उहाँसम्म पुग्ने बाटाे वरिपरि पनि यस्तै अाकर्षण पाइन्छ ।

अनाैपचारिक बाैद्ध शिक्षा अभियानले लाेमन्थाङलगायत अपर मुस्ताङमा विभिन्न ठाउँहरूकाे स्थलगत अध्ययन भ्रमणकाेअायाेजना गरेकाे छ । यस क्रममा लाेमन्थाङ भन्दामाथि छाेसेरका गुफा र गुम्बाहरू तथा काेरला बाेर्डरसम्म पनि पुग्छाै । बाैद्धहरूद्वारा छुमिग्यात्छा भनिने मुक्तिनाथलगायतका तीर्थस्थल, कागवेणी, ताताेपानीलगायत ठाउँहरू घुमी पाेखरामा एक रात बास बस्छाैं । जाेमसाेमबाट अलि भित्र पस्नुपर्नै ढाेम्बाताल पनि हेर्छाै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb