५ रात ६ दिन
स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि नेपालकाे ‘उपल्लाे मुस्ताङ’ एक उत्कृष्ट गन्तव्य हाे । इस्वी सम्बत १४४० अघिसम्म याे तिब्बतकाे एक प्रान्त थियाे भने पछि मन्थाङलाई राजधानी बनाएर राजा अामेपालले छुट्टै स्वतन्त्र राज्य बनाएका थिए । नयाँ राज्यकाे नाम “लाे” भयाे । यही “लाे” र “मन्थाङ” मिलाएर उक्त प्राचीन राजधानीलाई हिजाेअाज “लाेमन्थाङ” भनिएकाे छ । पूरै बस्ती वा राजधानी ठूलाे पर्खालले घेरिएकाे छ । त्याे पर्खाल ढुंगा वा इँटाले बनाइएकाे नभएर पूरै माटाेले मात्रै मठ्याएर बनाइएकाे हाे । पर्खालभित्रकाे पूरै बस्ती अर्थात घर र गुम्बाहरू पनि माटाे नै माटाेले बनाइएकाे छ । यही भएर लाेमन्थाङलाई “मड सिटी” भन्ने गरिएकाे हाे र अत्यन्तै अद्भूत, अाश्चर्यजनक र एेतिहासिक थलाे बनेकाे छ ।
“द लस्ट किङडम अफ तिब्बत” पनि भनिने लाेमन्थाङ पूरै मात्रामा बाैद्ध सम्पदाले भरिपूर्ण छ । सामाजिक तथा सांस्कृतिक जीवन पनि बाैद्ध नै । एेतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले याे जति महत्वपूर्ण छ, त्यति नै प्राकृतिक रूपमा विछट्टै राम्राे र अाकर्षक छन् । उहाँसम्म पुग्ने बाटाे वरिपरि पनि यस्तै अाकर्षण पाइन्छ ।
अनाैपचारिक बाैद्ध शिक्षा अभियानले लाेमन्थाङलगायत अपर मुस्ताङमा विभिन्न ठाउँहरूकाे स्थलगत अध्ययन भ्रमणकाेअायाेजना गरेकाे छ । यस क्रममा लाेमन्थाङ भन्दामाथि छाेसेरका गुफा र गुम्बाहरू तथा काेरला बाेर्डरसम्म पनि पुग्छाै । बाैद्धहरूद्वारा छुमिग्यात्छा भनिने मुक्तिनाथलगायतका तीर्थस्थल, कागवेणी, ताताेपानीलगायत ठाउँहरू घुमी पाेखरामा एक रात बास बस्छाैं । जाेमसाेमबाट अलि भित्र पस्नुपर्नै ढाेम्बाताल पनि हेर्छाै ।