गौतम बुद्धसँग सम्बन्धित चार महत्वपूर्ण ठाउँहरू १. लुम्बिनी, २. बोधगया, ३. सारनाथ र ४. कुशीनगरलाई चारधाम भनिन्छ । यही चारधामसहित अन्य चार महत्वपूर्ण ठाउँ ५. वैशाली, ६. राजगीर, ७. श्रावस्ती र ८. संकाश्य मिलाएर त्यसलाई अष्टमहास्थान भन्ने चलन छ । अष्टमहास्थान तीर्थयात्राको आयोजना “अनौपचारिक बौद्ध शिक्षा अभियान” ले गर्दै आएको छ । यो जम्माजम्मी १५ दिनको तीर्थयात्रा हो ।
