एघारौं शताब्दीमा उदाएको खश साम्राज्यमा सुर्खेत, दैलेख, दुल्लू, कालिकोट, जुम्ला प्रमुख शक्ति केन्द्रहरु थियो । त्यति बेलाका अवशेष वा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक अवशेषहरु अझै पनि देख्न पाइन्छन् । त्यसरी नै मुगुको रारा ताल प्राकृतिक रुपमा अत्यन्तै मनमोहन सम्पदा हुन् । ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु समेटेर “सुर्खेतदेखि रारासम्म” प्याकेज बनाइएको छ ।
