
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल भूषण (ख)ग्रहण गर्दै । शिक्षा दिवसका अवसरमा प्रत्येक वर्ष राष्ट्रप्रमुखबाट नेपाल भूषण ( क) र नेपाल भूषण (ख) पदक प्रदान गरिन्छ । नेपाली विश्वविद्यालय वा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि तह सम्पन्न गरेका नेपाली नागरिकलाइ नेपाल भूषण (क) र नेपाली विश्वविद्यालयहरूबाट स्नातकोत्तर तहमा सबैभन्दा बढी नम्बर ल्याइ उत्तीर्ण हुने विद्यार्थीलाइ नेपाल भूषण (ख) पदक प्रदान गरिन्छ । बौद्ध अध्ययनमा सबैभन्दा बढी अंक प्राप्त गरी उत्तीर्ण हुन सकेकाले मलाइ नेपाल भूषण (ख) प्राप्त भएको हो । यही सफलतामा यसअघि गोल्ड मेडल वेदज्वाला बज्राचार्य स्वर्ण पदक प्राप्त गरेको हुँ ।
Receiving the Nepal Bhushan (B) medal from President Bidya Devi Bhandari. On the occasion of Education Day each year, the Head of State confers the Nepal Bhushan (A) and Nepal Bhushan (B) medals. Nepal Bhushan (A) is awarded to Nepali citizens who have completed a doctoral degree (Ph.D.) from a Nepali or foreign university. Nepal Bhushan (B) is awarded to students who graduate with the highest marks at the master’s level from Nepali universities.

I received the Nepal Bhushan (B) medal for securing the highest marks in Buddhist Studies. For this same academic achievement, I had previously been awarded the Gold Medal — the Vajra Bajracharya Gold Medal.
