Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

उपत्यकाका नेवार र पृथ्वीनारायण शाह

Posted on 2025-04-302025-04-30 by admin
बसन्त महर्जन

हरेक वर्ष २७ पुसअघिका केही दिन पृथ्वीनारायण शाहलाई सम्झ्ने र ‘दिव्योपदेश’ को चर्चा गर्ने एक प्रकारको कर्मकाण्ड चल्छ । आधुनिक नेपालको इतिहासमा राजा पृथ्वीनारायणको महत्वपूर्ण योगदान रहेकोमा दुईमत छैन ।

तर, यी राजाको प्रशंसा गर्ने र काम भने यिनकै मर्म विपरीत गर्ने प्रवृत्ति छ । पृथ्वीनारायणका कुरालाई रचनात्मक रूपमा चिन्तन गर्न सकियो भने अझै पनि कतिपय भूल सुधार्न सकिन्छ ।

पृथ्वीनारायण शाह भन्नासाथै गोरखाका राजा र तत्कालीन नेपालका तीन राज्य (कान्तिपुर, भक्तपुर र पाटन) को विजेताको रूपमा चित्रण गरिन्छ । इतिहाससिद्ध यो कुरालाई सीमित रूपमा हेर्दा तत्कालीन नेपाल र पृथ्वीनारायण दुवैलाई समग्र रूपमा बुझन सकिंदैन ।

तत्कालीन नेपाल भन्नाले कान्तिपुर, भक्तपुर र पाटन शासित काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीसहितको विस्तृत भूभाग हो ।

त्यसको केन्द्र काठमाडौं उपत्यका हो । संभवतः काठमाडौं उपत्यकाको नेवार समाजसँग सम्बन्धित कला, साहित्य, संस्कृति आदिलाई बुझने शाहवंशीय राजाहरूमध्ये पृथ्वीनारायण नै अग्रणी हुन् ।

इतिहासका स्रोतहरू हेर्दा गोरखा राज्यको छिमेक सम्बन्ध तत्कालीन नेपालका तीन राज्यसँग मित्रवत् रहेको थाहा हुन्छ । लमजुङ, पर्वतलगायतका अन्य राज्यसँग राम्रो सम्बन्ध नरहेको अवस्थामा आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा सम्पन्न काठमाडौं उपत्यकाका तीन राज्यसँग सम्बन्ध गाँसिनु गोरखाको लागि फाइदाजनक नै थियो ।

गोरखामा प्राप्त दुई अभिलेखले लिच्छविकालमा गोरखा केन्द्रीय शासनअन्तर्गत थियो भन्ने देखाउँछ । पछि स्वतन्त्र गोरखा राज्यको व्यापार–व्यवसायको विकासका लागि राजा राम शाहले पाटनका व्यापारीहरूलाई लगेका थिए ।

उनीपछिका चौथा राजा पृथ्वीपति शाहले त कान्तिपुरको भ्रमण नै गरेका थिए । अझ्, राजा नरभूपाल शाहले मितेरी सम्बन्धको रणनीतिअनुरूप युवराज पृथ्वीनारायणलाई भक्तपुरका राजकुमारसँग मीत लगाइदिएर शिक्षाका लागि त्यहीं बस्न पठाएका थिए ।

गोरखाका पुराना बस्तीहरू नेवार वास्तुकलाअनुरूप नै छन्, जुन अहिले पनि देख्न पाइन्छ । गोरखा दरबारका साथै राज्यले बनाएका अन्य वास्तु संरचना पनि नेवार वास्तुकलाअनुसारकै छन् ।

काठमाडौं उपत्यकाका राजाहरूले आफ्नो क्षेत्रमा ढलौटको सालिक बनाएर ढुंगाको स्तम्भमाथि राख्ने गरेको देखेर पृथ्वीपति शाहले पनि गोरखाको पोखरीथोकमा ढुंगाको स्तम्भ र त्यसमाथि आफ्नो ढलौटको मूर्ति बनाउन लगाएका थिए । बनावट र शैली हेर्दा उक्त काम नेवार कालिगडले गरेको प्रष्ट हुन्छ । नुवाकोट विजयपछि पृथ्वीनारायण शाहद्वारा निर्मित साततले दरबार पनि नेवार वास्तुकलाको राम्रो उदाहरण हो ।

पृथ्वीनारायण तत्कालीन नेपालका नेवार समुदायको कला, साहित्य, संगीत आदि सभ्यताका प्रशंसक रहेको कुरा दिव्योपदेशबाट थाहा हुन्छ ।

मनोरञ्जनका लागि यहींको नाचगान पर्याप्त रहेको उनको उपदेश मननयोग्य छ । उपत्यकाको सभ्यताको विकासमा यहाँको खेतीयोग्य भूमिको सम्बन्ध बुझेरै होला, उनले खेतीयोग्य भूमिमा बस्ती नबसाल्न भनेका छन् । तर, आजभोलि यो उपदेशको भावना विपरीत जथाभावी बस्ती बसालिंदैछ ।

काठमाडौं उपत्यका र यहाँको नेवार संस्कृतिलाई हेर्ने पृथ्वीनारायणको दृष्टिकोण दूरदर्शी थियो, तर त्यसलाई उनका प्रशंसकहरूले लत्याउन पुगे । यिनको भावनालाई अलिकति मात्रै बुझेको भए पनि बस्तीको विस्तार अन्तै गरेर यहाँको ऐतिहासिक स्वरुप बचाउन टेवा पुग्थ्यो । खोकनालगायत क्षेत्रका उर्वर भूमि नमासी बरु अन्यत्र घुमाएर तराई जोड्ने द्रुत मार्गको निर्माण गरिन्थ्यो ।

काठमाडौंको नेवार समाज पृथ्वीनारायणप्रति सकारात्मक नहुनुको खास कारण केही अपवाद छाडेर उनका प्रशंसकहरूको व्यवहार हो । उपत्यकाका तीन राज्यबीच बेलाबेला युद्ध भइरहन्थ्यो र सकेको भए एकले अर्कोलाई निल्थ्यो पनि ।

यस्तैमा गोरखाले यी तीनसहित अन्य राज्यहरू जितेर वर्तमान नेपालको निर्माण गरेको थियो । युद्धमा केही कमीकमजोरी हुनसक्छन् र पृथ्वीनारायणको मामिलामा पनि त्यस्तो भयो । तर, तिनै कुरामा सीमित गरेर उनलाई प्रतिशोधले उन्मत्त आक्रमणकारीका रूपमा बुझने गरिएको छ ।

इतिहासका अनेक प्रसंग उप्काएर पृथ्वीनारायणको हुर्मत लिइन्छ । यिनकै प्रशंसकहरूले निको हुनै लागेको घाउको खाटा उप्काउने गरी विभिन्न शब्दको प्रयोग गर्दा अन्यका लागि बिझइदिन्छ । यस अर्थमा इतिहासका पात्र पृथ्वीनारायण आफ्नै प्रशंसकबाट प्रताडित छन् ।

हिमाल खबरपत्रिकाको (२९ पुस – ५ माघ २०७५) अंकमा प्रकाशित टिप्पणी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

This image has an empty alt attribute; its file name is Linkedin-1024x317.png

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb