Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन

Posted on 2025-03-132025-03-13 by admin

विश्वमा नेपाल प्रमुख रूपमा दुईवटा नाताले चिनिन्छ– पहिलो सगरमाथाको देशका रूपमा र अर्को बुद्ध जन्मेको देशका रूपमा । सगरमाथाको नाता प्राकृतिक उपहार हो भने बुद्धको नाता मानवीय उपलब्धि । दुवैमा एउटा समानता के छ भने यिनीहरू दुवै नेपालका लागि स्रोतका रूपमा रहेका छन्– एउटा दामको स्रोतका रूपमा र अर्को नामको स्रोतका रुपमा, यिनीहरूका लागि नेपालको लगानी भने नगण्य मात्रामा मात्र रहेको छ ।

एसियाकै प्रकाशका रूपमा स्थापित बुद्ध र लुम्बिनीबीचको सम्बन्धबारे थप शब्दहरू खर्च गर्न आवश्यक छैन । नेपालको बौद्धिक क्षेत्रबाट लुम्बिनीले पाउनुपर्ने प्राथमिकता छाया“मा परिरहेको तथ्य भने कुनै पनि स्वाभिमानी नेपालीका लागि घाउ जत्तिकै बनेर रहेको छ । लुम्बिनी सम्बन्धमा हुनु पर्ने जति चर्चा परिचर्चा एवं अध्ययन अनुसन्धान नभएका कारण धमिलो पानीमा माछा मार्न चाहनेहरूका लािग सत्र परिरहेको छ । यही कमजोरीका फाइदा उठाएर बुद्धको जन्मथलो आफ्नो क्षेत्रमा पर्ने दावी छिमेकी मुलुक भारतबाट व्यापाक रूपमा हु“दै आएको छ ।

नजिकको मन्दिरलाई हेला गर्ने परिपाटीबाट अलग भएर युवा पत्रकार वसन्त महर्जनले लुम्बिनी सम्बन्धमा हालसम्म विविध कालखण्डमा भएका ऐतिहासिक तथा पुरातात्विक अध्ययनलाई समेटेर एउटा ग्रन्थको आकार दिनुभएको छ– ‘लुम्बिनी ः ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ का रूपमा । विश्व सम्पदाका रूपमा सूचीकृत लुम्बिनीबारे विभिन्न समयमा विभिन्न अन्वेषकहरूद्वारा अध्ययन तथा उत्खननहरू भएका छन् तर तिनीहरूको लिखित अभिलेखाङ्कन सर्वसाधारणका लागि सुलभ हुन सकेको थिएन । यस पुस्तकबाट सो अभाव धेरै हदसम्म पूर्ति हुने देखिन्छ ।

पुस्तकको विषयवस्तु ‘लुम्बिनी’ रहे पनि यसका सामग्रीहरू लुम्बिनी र बौद्ध धर्मबीचको सम्बन्धमै केन्द्रित रहेको छ । लुम्बिनी र बौद्ध धर्म एक अर्काका पर्यायवाची जत्तिकै भएको अवस्थामा यसो हुनुलाई स्वाभाविक नै मान्न सकिन्छ । पुस्तकमा समेटिएको ऐतिहासिक पृष्ठभूमिको सीमा गौतम बुद्धको जन्मकालसम्म फर्केको छ । लुम्बिनीको खोजीसम्बन्धी तिर्सना बुद्ध सम्बन्धी जिज्ञासाकै प्रतिफल भएकाले त्यसअघिको लुम्बिनी असान्दर्भिक भएको वा लुम्बिनी एक बौद्ध तीर्थस्थलका रूपमा कसरी विकसित भयो भन्नेबारे समयक्रमअनुसार वर्णन गरिएको छ भने त्यहा“ भएका पुरातात्विक अध्ययन तथा त्यसका उपलब्धिहरूबारे विविध कालखण्डका आधारमा सविस्तार चर्चा गरिएको छ ।

लुम्बिनी शब्दको व्युत्पत्ति सम्बन्धमा गरिएको विश्लेषण यस पुस्तकको एउटा रोचक पाटो हो भने त्यस क्षेत्रको अन्वेषणका क्रममा पाइएका विविध पुरातात्विक सामगीहरूका आधारमा ऐतिहासिक कालखण्डमा त्यहा“को अवस्थिति तथा जनजीवनका सम्बन्धमा गरिएको परिकल्पनाले पुस्तकलाई थप रोचक बनाएको छ । लुम्बिनी सम्वन्धमा करिब एक सय वर्षअघिदेखि हु“दै आएका अध्ययनबाट प्राप्त सार्वजनिक भइसकेका तथा नभएका अभिलेखहरूको प्रस्तुतिका कारण पुस्तक निकै जानकारीमूलक बन्न पुगेको छ । तथ्यहरूका अतिरिक्त दुर्लभ तस्वीरहरूसमेत प्रस्तुत गरिएबाट लुम्बिनीको पुरातात्विक पृष्ठभूमिको सजीव चित्रण भएको छ भने अन्वेषणका नाममा विगतमा भएका लापरवाहीहरू तथा कमीकमजोरीको चर्चाले गर्दा पुस्तक विचारोत्तेजक पनि बन्न पुगेको छ ।

पुस्तक मूलतः मौलिक अन्वेषणको उपलब्धि नभएर अन्य अध्येता तथा अनुसन्धानकर्ताहरूको खोजीका निष्कर्षहरूमा आधारित भए पनि ती निष्कर्षहरूको विश्लेषणमा मौलिक दृष्टिकोण प्रयोग गरी बेलाबेलामा पत्रकारिताका माध्यमबाट सामग्री पस्क“दै आउनु भएका महर्जनभित्रको एक खोज पत्रकारको मिहिनेत तथा ज्ञानको भोक यस पुस्तकमा छर्लङ्ग देख्न सकिन्छ ।

पुष्कर माथेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb