किरात प्रदेश एउटा निश्चित भूगाेल, सांस्कृतिक पहिचान र इतिहास बाेकेकाे क्षेत्र हाे । राजधानी काठमाडाैंबाट पूर्वतर्फ पर्ने याे भू क्षेत्रमा अाफूलाई किरात वंशकाे भनेर चिनाउने विभिन्न समुदायका साथै अन्य जातीय समुदायहरूकाे पनि बसाेबास पाइन्छ । विशेषतः किरात वंशका बान्तवा, कुलुङ, लाेरूहाङ, नाछिरिङ अादि समुदायका फरक फरक संस्कृति तथा अन्य कुरा अध्ययनका विषयवस्तु हुनसक्छन् । तर यस विषयवस्तुमा कमै मात्र अध्ययन- अनुसन्धान हुन पाएकाे छ ।
अध्ययनकै कामविशेषले केही अघि म भाेजपुर जिल्लाकाे दक्षिण दिशामा अवस्थित हतुवागढी क्षेत्रमा पुगेकाे थिएँ । त्यहाँ अध्ययनका अन्य थुप्रै विषयवस्तु देखें । कतिपय कुरा अरू नै क्षेत्रसँग सम्बन्धित पाएँ । अध्ययनका अनेकाैं अायामहरू देखेकाे छु ।
यस क्षेत्रकाे अध्ययनले कतिपय नयाँ कुरा प्रकाशमा अाउने हुन्छ भने साथसाथै अार्टिकल लेखन तथा प्रकाशनले प्रचारप्रसारमा पनि सघाउ पुग्ने हुन्छ । यहाँ विशेषतः राई समुदायका विभिन्न जातीय संस्कृति तथा इतिहासकाे अध्ययन अनुसन्धान तथा लेखन कार्य हुनेछ ।