Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • Home
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Comments
      • Poem
      • Story
      • Translation
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
    • Books
      • About Book
      • Book Shop
  • Awards
  • Photo Gallery
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Vivids
    • Activities
    • Blogs
    • Supports
Menu

अन्तर माध्यामिक विद्यालय नेपालभाषा साहित्य सम्मेलन

Posted on 2024-04-092024-05-22 by admin

साहित्य क्षेत्रमा मेराे प्रवेश कहिलेबाट भयाे ? साहित्यकाे  नाममा केही लेख्ने अभ्यास गरेदेखि मान्ने हाे भने अलि पहिल्यैदेखि मान्नुपर्ने हुन्छ । तर त्यही रचनालाई प्रतियाेगितामा पठाई प्रतिस्पर्धा गरी पुरस्कार जितेकाे २०४४ वि. सं मा  पराेपकार आदर्श माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्दै हाे ।

२९ अाैं अन्तर माध्यामिक विद्यालय साहित्य सम्मेलनमा सहभागी भएकाे थिएँ । साे सम्मेलनमा मैले लेखेकाे ‘भाग्य’ शीर्षककाे कथाले प्रथम पुरस्कार प्राप्त गरेकाे थियाे । त्यसकाे ठिक अघिल्लाे वर्ष अर्थात् २८ अाैं अन्तरमाध्यामिक विद्यालय साहित्यसम्मेलनमा कथा विधामा मेराे दाजुले पुरस्कार जित्नु भएकाे थियाे । त्याे बेला दाजु साहित्यकाे अध्ययन र रचना कसरी गर्नु हुन्थ्याे भन्ने कुरा नजिकबाट देख्न पाएकाे मात्रै हाेइन, कसरी पढ्ने र कसरी लेख्ने भनेर मलाई सिकाउनु हुन्थ्याे पनि । दाजु पुरस्कृत भएपछि म पनि निकै मात्रामा उत्प्रेरित भएकाे थिएँ । अर्काे वर्ष दाजुले विद्यालय अध्ययन सकाउनु भयाे र  प्रतियाेगितामा म सहभागी भएँ । कथालाई प्रतियाेगितामा पठाउनुअघि दाजुबाट मेराे रचनाले केही परिमार्जित हुने माैका पनि पाएकाे थियाे ।

म पुरस्कृत भएकाे र पुरस्कारमा साहित्यका विभिन्न पुस्तकहरू देखेर दाजु धेरै खुसी हुनु भयाे । त्यसपछि साहित्य रचनामा म अझ उत्प्रेरित मात्रै भइनँ, भविष्यकाे लागि गाेरेटाे मात्रै काेरिएन, राजमार्ग नै भेटाउन पुगें ।

जसरी बाैद्ध अध्ययनकाे क्षेत्रमा अन्तर माध्यामिक विद्यालय बाैद्ध हाजिरी जवाफ प्रतियाेगिता मेराे लागि प्रवेशद्वार भयाे त्यसरी नै लेखन क्षेत्रमा अन्तर माध्यामिक विद्यालय नेपालभाषा साहित्य सम्मेलन अर्काे प्रवेशद्वार साबित भयाे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb