हिलो बाटोमा एक ऋषि लम्पसार परेर बुद्धलाई हिँड्न सहज बनाइरहेको दृश्य समेटिएको चित्रकला बौद्ध समाजमा निकै प्रचलित छ। यो चित्र देखेर कसैकसैको मनमा यस्तो कुरा खेल्न सक्छ, बुद्ध पनि कस्ता रहेछन्, कोही भक्त लम्पसार परे भनेर तिनैमाथि टेकेर हिड्न हुन्छ ? कसैलाई यो पनि लाग्नसक्छ, उनी लुम्बिनीमा जन्मेका गौतम हुन्। उनका अगाडि लम्पसार पर्दै गरेका…
Category: Publications
किन हुन सकेन विज्ञानको कसीमा राखेर धामीझाँक्रीको अध्ययन?
धामी झाँक्रीहरू ढ्वाङ्ग्रो ठोक्दै, नबुझिने भाषामा बर्बराउँदै आफ्नै तालमा नाचिरहेको देख्नुभयो र अगाडि बिरामी पनि छ भने बुझ्नुहोस् तिनीहरूले बिरामीको उपचार गर्ने प्रयत्न गरिरहेका छन्। यदि बिरामी छैन तर त्यस्तै गरी ढ्याङ्ग्रो ठोकेर केही गरिरहेका छन् भने चिन्ता बसेको पनि हुन सक्छ। केही समयअघि मोरङको बेलबारी ६ बोराबाँधस्थित स्कूलमा केही समय अघि स्कूलमा भूतप्रेत र…
किन र कसरी विकास भयो बौद्ध धर्म–दर्शनका अनेकौं सम्प्रदायहरू ?
वर्तमान विश्वमा बौद्ध धर्म–दर्शन लोकप्रिय छ। आफ्नै प्रयासले सत्यको बोध गरी त्यही सत्यरूपी शिक्षालाई सर्वसुलभ गर्ने गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालभित्रै परेकाले नेपालीहरू उनीसँग भावनात्मक सम्बन्ध राख्न मन पराउँछन्। बुद्ध नेपालमा जन्मेको भनी गौरव गर्ने, मन परेको कुरा व्यक्त पनि गर्ने तर उनी र उनका शिक्षा वा धर्म–दर्शनबारे अनभिज्ञ हुनु एक खालको विरोधाभास हो। बौद्ध…
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने नेपाली बुझाइले फेल खाएको छ। यो विमानस्थलको प्रयोजन लुम्बिनी आउने धार्मिक पर्यटकसँग मात्र सीमित त होइन तर यसको प्रमुख लक्ष्य भने धार्मिक पर्यटक नै रहेको पाइन्छ। यस अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा भएका कागजात तथा विचारविमर्शहरूले यो कुराको पुष्टि गर्दछ। यसरी नै प्रचार गरिँदै…
मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
मानवअधिकार विश्वका समस्त मानव जातिसँग सम्बन्धित कुरा भएकाले यो स्वत: विश्वव्यापी सरोकारको विषय बनेको हो । सबैको चासो रहेको यो विषय संवेदनशील छ । मानवअधिकार मानव भएर जन्मेपछि स्वत: प्राप्त हुने जन्मसिद्ध अधिकारको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘एप्लाइड बुद्धिज्म’ अन्तर्गत ‘बुद्धिस्ट एप्रोच टु ह्युमन राइट’ विषयमा विगत केही वर्षदेखि प्राध्यापन गर्दै आइरहेको छु ।…
बाैद्धमतलाइ चिनाउने पुस्तक
गाेरखापत्र दैनिक
एउटा नयाँ किताब खससाम्राज्यकाे विषयमा
खश साम्राज्यमा बाैद्ध धर्म
खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन
इसाको बाहै शताब्दीमा तिब्बतको खारी प्रदेशबाट आएका राजा नागराजले पश्चिम नेपालको कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालाई राजधानी बनाई स्थापना गरेको खश साम्राज्य धार्मिक रुपमा बौद्ध साम्राज्य थियो भन्ने कुरालाई लेखकले पुस्तकमा उतार्ने प्रयास गर्नु भएको छ । प्रस्तूत पुस्तकको शिर्षक खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतनले नै धेरै कुरा जनाउँछ । खश साम्राज्यमा बौद्ध धर्म…
बुद्धको जन्मस्थल लुम्बिनीको ‘रिप्लिका’ बन्यो कोरियामा
भगवान बुद्धको जन्मस्थल नेपालमा होइन, भारतमा पर्दछ भनेर देखाउने मनसायले लुम्बिनीको दुरुस्त नक्कल भारतले बनाइरहेको भन्ने हल्ला कसले चलाएछ कुन्नी कागले कान लग्यो भनेपछि कागको पछि कुदेजस्तै एक थरी नेपालीहरु कुदिरहेका छन् । यही कुरालाई कुन चाहीं नेपाली मिडियाले प्रकाशन तथा प्रसारण गरिदिएछ कुन्नी, त्यसका अनेकौं संस्करणहरु आजभोलि झन् बढी मात्रामा प्रकाशन तथा प्रसारण हुँदै…
अलबिदा अशाेक दाइ
एउटा सुखद पारिवारिक भेलामा संलग्न भइरहेकै बेला दुखद् समाचार सुन्नुपर्यो– अशोक दाई बित्नु भयो । अशोक दाई, अर्थात पत्रकार अशोक श्रेष्ठ ।
धूस्वां सायमिकी दीपा
कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमनपछि गाउँमा निदाएका तरंगहरुसँगै दीपाको मनमस्तिष्कमा पनि हलचल र खलबल हुन्छ।सँगसँगै मनमा प्रश्न पनि एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को होला ? आफ्नै…
लुकाइने कुरा लेखिएपछि
एउटा आत्मकथात्मक पुस्तक हो – मेरा कथा । मेरो कथा अर्थात कमला दासको कथा । यो पढ्दै गर्दा अचम्मको महसूस पनि गर्दै गरें, विशेषतः त्यसमा अभिव्यक्त जीवनका भोगाई र सोचाइ मात्र नभएर प्रायशः सकभर लुकाइने यौन जीवनका विविध पक्षलाई खुलस्त पारिएको कारण ।
आफै नाङ्गिएको मान्छेलाइ नियाल्दा
फेरि अर्को रमाइलो शब्द हो ‘… अहिले त उहाँ नाङ्गिनु भयो ।’ यी लेखकले ‘धेरै’ लेखेको भनेपनि जहाँसम्म लाग्छ, तीमध्ये थोरै पनि पढेका छैनन् । पढेका हुँदो हो, उनको मनस्थिति यस्तो हुँदैनथ्यो ।
मतिना अमात्यहरूलाई मेरो जवाफ
मतिना अमात्य, कसैको नाम हुनसक्छ । तर यहाँ यसलाई छद्मनामको रूपमा लिएको छु । मलाई नजिकबाट चिनेको भनेपनि यो नामलाई मैले चिनेको त के, कहीँ कतै पढेको वा सुुनेकोसम्म पनि छैन । तसर्थ कहीँकतै कोही व्यक्तिविशेषसँग यो नाम जोडिन गएको भए संयोगको रूपमा लिन र यो लेखसँग बेसरोकार भनेर बुझ्न सर्वप्रथम अनुरोध गर्दछु । नेवार…
खुवालुङ फुटाल्ने ‘राजहठ’ विरुद्ध किराँती समुदाय
‘खुवालुङ’ नदीभित्रको ढुंगा मात्रै नभएर साँस्कृतिक सम्पदा पनि हो । यस ढुंगाको पछाडि ठृुलो जनसमुदायको आस्था र विश्वास अडेको पक्षलाई बिर्सन हुँदैन ।
संस्कृति र सम्पदाको मामिलामा राज्य अत्यन्तै संकुचित, अनुदार र पक्षपाती
कुनै व्यक्ति होस् वा समाज, राष्ट्र होस् वा क्षेत्र, त्यसको पहिचान त्यससँग सम्बन्धित साँस्कृतिक सम्पदाले गरिरहेको हुन्छ । सम्पदा मूर्त र अमूर्त गरी दुई थरीका हुन्छन् । एक जातीय समुदायबाट अर्को जातीय समुदायको अस्तित्व मास्नु पर्यो संस्कृति नै मास्ने हो ।
‘गन्तव्य लुम्बिनी’ किन लेखियो ?
लुम्बिनी क्षेत्रको भ्रमण गरिनसकेका वा भ्रमणका लागि त्यहाँ पुगेकाहरूले सामना गर्ने एउटा समस्या हो, त्यस स्थल सम्बन्धी जानकारीमूलक पुस्तकको अभाव । कहाँ के हेर्ने र के कुरा कुन विषयवस्तुसँग सम्बन्धित छन् भनेर थाहा नपाउँदा पर्यटकहरू रनभुल्लमा पर्छन् ।
बौद्ध धर्मका हाँगाबिँगा
गौतम बुद्धको समयमा महायान, बज्रयान, थेरवाद जस्ता सम्प्रदायहरू थिएनन्। अहिले कसरी भए? के यो बुद्धको उपदेशभन्दा बेग्लै हो?
कोरोनाको महामारीमा सांस्कृतिक चाडपर्व
कोरोना भाइरस, कोविड–१९ को महामारी नफैलिएको भए २०७६, चैत्र ११ गतेका दिन काठमाडौं उपत्यकामा घोडेजात्राको रौनक हुन्थ्यो । महामारीलाई फैलनबाट रोक्न यसै दिनदेखि लकडाउनको घोषणा गरिएको थियो ।















