

एउटा सुखद पारिवारिक भेलामा संलग्न भइरहेकै बेला दुखद् समाचार सुन्नुपर्यो– अशोक दाई बित्नु भयो ।
अशोक दाई, अर्थात पत्रकार अशोक श्रेष्ठ ।
स्तब्ध भएँ । दिक्क लाग्यो । दाहसंस्कारका लागि पशुपति आर्यघाटमा लगिएको थियो, अन्तिम श्रद्धान्जलीका लागि त्यत्तैतिर लागियो– अमिका र म । तर जाँदाजाँदै थाहा भयो, दाहसंस्कार सम्पन्न भएर पनि मलामी गएका साथीहरू फर्कन थालिसकेका छन् । तै पनि लागियो उतै । साँच्चै आर्यघाटमा परिचित कोही देखिनँ । शबहरू जलिरहेका थिए लहरै । त्यसमध्ये एउटा अशोक दाइको शव थियो, सकिन सकिनै लागेको ।
अशोक श्रेष्ठसँगको मेरो साइनो पत्रकारिताको हो । सुरुमा उहाँको नियमित पाठक थिएँ । उति बेला उहाँ नेपालभाषाको इनाप साप्ताहिकसँग सम्बद्ध हुनुहुन्थ्यो । त्यसपछि उहाँले पहिले ‘विश्वभूमि’ र पछि ‘न्हूगु विश्वभूमि’ दैनिक चलाउनु भयो, दुबैको म पाठक नै थिएँ, भविष्यमा पत्रकार नै बन्ने लक्ष्य राखेर अगाडि बढिराखेको । कालान्तरमा ‘विश्वभूमि’ दैनिकसँग सम्वद्ध भएँ । यद्यपि न्हूगु विश्वभूमिको कार्यालयमा आवतजावत हुन्थ्यो । न्हूगु विश्वभूमिको प्रकाशन बन्द भएको केही समयपछि उहाँ पुनः विश्वभूमिमा संलग्न हुन आउनु भयो र संगै काम गर्ने अवसर मिल्यो । समाचार संकलनसँगसँगै लेखरचनाको सम्पादनमा पनि हात हालिराखेको मलाई सम्पूर्ण पत्रिकाकै सम्पादनको जिम्मा दिने व्यवस्थापनको योजना थियो र त्यसैअनुसार अशोक दाईले मलाई ‘ट्रेन्ड’ गर्दै हुनुहुन्थ्यो, जुन कुराबाट म अनभिज्ञ थिएँ ।
समाचार सम्पादन र सम्पादकीय लेखनमा पनि हात हालियो । तर त्यसैबेला व्यवस्थापनसँग उहाँकाे मतभेद भयो र बाहिरिनु पर्यो । ‘न्हूगु विश्वभूमि’को प्रकाशन पुनः थालियो र बन्द पनि भयो । पछि विश्वभूमि पनि बन्द हुन पुग्यो । यति बेला उहाँ स्वतन्त्र लेखनमा क्रियाशील भइराख्नु भएको थियो भने म पर्यटनसम्वन्धी अन्तर्राष्ट्रिय प्रतियोगिता ‘ट्रान्स हिमालय २०००’ को मिडिया को–अर्डिनेटरको रूपमा क्रियाशील थिएँ । म आफ्नै काममा व्यस्त थिएँ तर संचारकर्मीहरूकै माझमा भएका कारण अशोक श्रेष्ठसँग पनि भेटघाट हुँदै थियो । सो कार्यक्रमपछि स्पेशटाइम दैनिकमा सम्वद्ध हुन गएँ, जहाँ अशोक श्रेष्ठ समाचार प्रमुख हुनुहुन्थ्यो । उहाँसँग काम गरेको यो दोश्रो पटक थियो र अन्तिम पनि । स्पेशटाइमपछि उहाँ अन्नपूर्ण दैनिकमा आवद्ध हुनुका साथै मलाई पनि त्यत्तै तान्ने सोचाई उहाँको थियो तर स्पेस टाइममा नै रहें ।
अशोक श्रेष्ठस“गको सानिध्यता मलाई असाध्यै मन पर्छ । तर परिस्थितिलाई त्यस्तो सानिध्यता मन पर्दैन क्या’रे । त्यस्तो परिस्थितिस“ग जुधेरै भएपनि सानिध्यता कायम गर्ने प्रयत्न भने सुरुदेखि भइ रह्यो । उहा“स“गको हरेक पल्टको बसाई मेरो लागि पाठशाला हुन्थ्यो । उहा“स“ग समाचार संकलन कसरी गर्ने र कस्तो समाचार कसरी लेख्ने जस्ता पत्रकारिताका आधारभूत कुराहरू त सिकिंन“ तर त्यसभन्दामाथिका केही पक्ष भने अवश्य सिकियो । उहा“ आफ्नो अनुभव बताउनु हुन्थ्यो, त्यो नै मेरो लागि सिकाइ हुन्थ्यो । दैनिक आइपर्ने समस्याहरूको समाधानका लागि प्रसंगवश कुराहरू निकाल्थ्यौं र छलफल गथ्र्यौं । मेरो आफ्नो एउटा विषय हो, ऐतिहासिक तथा पुरातात्विक विषयवस्तुको प्राज्ञिक अध्ययन । यसै विषयमा उहा“ पनि कलम चलाउनु हुन्थ्यो र घण्टौसम्म हामी तत् तत् विषयमा गफ वा छलफल गरेर बस्थ्यौं ।
अशोक दाइको एउटा बानी थियो, कसैले माया ग¥यो कि त्यसको दोब्बर माया फर्काउने र हरेक कुरामा सम्वेदनशील बन्ने । उहा“को यही भावनाबाट कत्तिले धेरै फाइदा मात्र उठाएन, विश्वासघात पनि गरे । कसैमाथि हुने विश्वासघात उहा“लाई पाच्य हु“दैनथ्यो, आफैमाथि नै विश्वासघात हु“दा त उहा“ आहत नै बन्नुहुन्थ्यो र सम्हाल्न मुस्किल पथ्र्यो ।
नेपाल पत्रकार महासंघको उहाँ एक कर्तव्यनिष्ठ सदस्य पनि हुनुुहुन्थ्यो । काठमाडौं शाखामा किशोर नेपाल अध्यक्ष हुनुहुँदा अशोक दाइ सचिव हुनुहुन्थ्यो । पछि अध्यक्ष हुनु भयो । उहाँको कार्यकालमै मैले पनि सदस्यताको फारम भरेको थिएँ । मसँगै अन्य केही सहकर्मीले सदस्यता फाराम पनि भरेका थिए जो पत्रिकासँग सम्वद्ध भएर पनि काम पत्रकारिता थिएन । तिनीहरूले सदस्यता पाएनन् पनि । यसरी गैर पत्रकारहरूले नेपालपत्रकार महासंघको सदस्यता पाएको सन्दर्भ उठ्यो कि मलाई सम्झना हुने नाउँ भएको छ– अशोक श्रेष्ठ । आफू पुनः सोही शाखाको कार्यकारी समितिमा चुनिएपछि गैर पत्रकारहरूलाई सदस्यता नदिन गरेको प्रयास र असफलताबाट थाहा पाएँ, सबै अशोक श्रेष्ठको पाइला पछ्याउन गाह्राे हुँदो रहेछ अर्थात पत्रकार महासंघमा अशोक श्रेष्ठहरूको अभाव खड्कियो ।
ó बसन्त महर्जन