Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

लुकाइने कुरा लेखिएपछि

Posted on 2024-04-112025-03-04 by बसन्त महर्जन
बसन्त महर्जन

‘‘मेरा कथा’’ अर्थात् कमला दासको कथा । कमला दास अर्थात तीसभन्दा बढी उपन्यास र तीन कविता संग्रहकी स्रष्टा । उपन्यास मलायम भाषा र कविता अंग्रेजी भाषामा लेख्छिन् तर प्रायः काम विभिन्न भाषामा अनुवाद छन् । एउटा आत्मकथात्मक पुस्तक हो – मेरा कथा । मेरो कथा अर्थात कमला दासको कथा । यो पढ्दै गर्दा अचम्मको महसूस पनि गर्दै गरें, विशेषतः त्यसमा अभिव्यक्त जीवनका भोगाई र सोचाइ मात्र नभएर प्रायशः सकभर लुकाइने यौन जीवनका विविध पक्षलाई खुलस्त पारिएको कारण ।

‘‘मेरी आमालाई बासित अलिकति पनि प्रेम थिएन’’– आमाबाबुको सम्बन्धका बारेमा उनी खोल्छिन्– ‘‘उनीहरूको त्यो सम्वन्ध बेमेल हो । तर मेरी आमाको कायरताका कारण सबै कुरा ठिकठाक भइराखेको भ्रम आफन्त र साथीभाइलाई भइरहेको रहेछ … ।’’

कमला दासकी आमा स्वयं कवयित्री थिइन्, आफ्नो जमानाकी । प्रसिद्ध परिवारकी छोरी कमला दासले आफ्नो कथा बताउने क्रममा यस्ता यस्ता कथाहरू पनि उल्लेख हुन गयो कि एक प्रकारले ‘हिप्पोक्रेट’हरूको अन्तपुरमा भूकम्प र्नै गयो । लेखिकाले आफ्नो आमाबाबुको सम्बन्धलाई लिएरमात्रै लेखेकी छैनन्, बरु आफ्ना त्यस्ता साथीभाईहरूका बारेमा पनि लेखिन् जो समलिंगी हुन्– लेखिकासँग सम्बन्ध राखेर जान्छन् । आफूले देखेको, स्कूलमा मास्टरको गुप्त सम्बन्ध, बोर्डिङ स्कूलमा एउटी छात्राले अर्की छात्रालाई गर्ने प्रेमका सम्वन्धमा मात्रै लेखिनन्, एनी नाउँकी पन्द्रह वर्षिया किशोरीका बारेमा पनि लेखिन् जसले आफने नाममा आफैंले प्रेमपत्र लेखी कमला दासलाई देखाउँथिन् । एक दिन त आघिल्लो रात एउटा केटा ओछ्यानमा सुत्न आयो, टोकेर घाउ नै बनाईदियो भनी कमला दासलाई देखाउन आई, झूठो कथा बनाएर । यी त अर्काको कुरा भए, स्वयं कमला दासकै परिवारका एक कामकु पुरुषले आफ्नो शरीरको सम्बेदनशील अंगमा चिमोटेको कुरा पनि उनले लेखेकी छन् ।
कमला दासको जीवनमा थुप्रै पुरुषहरूले प्रवेश गरे तर जीवनका लागि काम लाग्दा एउटा पनि भेटिएन । लोग्नेका रुपमा त एउटै मात्र पुरुष थिए तर लोग्नेकै बारेमा लेख्छिन्– ‘‘मेरो मनमा एउटै मात्र कुरा खेलिरहन्छ, कसैलाई प्रेम गरुँ । काश ! कोही भइदिए … ।’’

कमलादासको विवाह एक समलैंगिक सम्वन्ध पनि राख्ने पुरुषसँग भएको थियो । वास्तवमा कमलादास एउटी ‘कूल वूमन’ हुन्, उनी लेख्छिन् – क्ष् मष्म लयत पलयध धजबत कभहगब िमभकष्चझभलत, लयत जबखष्लन भहउभचष्भलअभम ष्त भखभल यलअभ। यस्ता महिलासँग एउटा कामकु पुरुषले कसरी दाम्पत्य जीवन बिताए होला् ? उनकै अुनसार लोग्नेले आफूलाई नभई खानदान हेरेर विवाह गरेका हुन् । आत्मकथाको अन्त्यतिर लेख्छिन्– ‘‘महसूस गर्नु त अर्कै कुरा, मैले त सेक्सको अभिनयसम्म पनि गर्न सकिनँ । आफ्नो शरीरलाई लोग्नेको पौरुषत्वका लागि अलिकति मात्रै सन्तुष्ट पार्न पनि मलाई विभिन्न प्रकारको औषधि खानु पर्छ ।’’
विवाहपछि, अझ तीन सन्तानको आमा भइसक्दा पनि कमलादास एक हितैषी पुरुषकै खोजीमा थिइन्, जोसँग भित्री मनका कुरा भन्न पाइयोस् । यस क्रममा जति पनि पुरुषहरू आए तिनीहरू सबैका सम्वन्धमा वर्णन गरिएका छन् । यस्तै गरी एक ठाउँमा लेख्छिन्– ‘‘ हाम्रा एक जना छिमेकी थिए । अधबैंसे तर बलिष्ठ । म प्रायः श्रीमानसँग उनको घरमा जान्थें । उनी हामीलाई उममा ख्वाउँथे । सर्वत पनि पिलाउँथे । हामी उनलाई अंकल भन्थ्यौं । कहिलेकाहीं मलाई संस्कृत पनि पढाउँथे । तर उनको उच्चारणले खुबै हँसाउँथ्यो । एक पल्ट विरामी भएँ । वायु रोग लाग्यो । उनी हाम्रोमा आए । मेरो जुन गोडामा पीडा भइरहेको थियो, त्यसलाई मालिस गरिदिए । मालिस गर्दागर्दै उनले आफ्ना अफिसका साथीहरूको उटपट्याङ कुरा सुनाएर हँसाए । उनले कहिल्यै मलाई मेरो नाम लिएर बोलाएनन् । थाहा छैन, किन हो कुन्नि उनी मलाई सावित्री भनेर बोलाउँथे । उनलाई धर्मशास्त्रमा रुचि थियो । जब मेरा श्रीमानका आफन्तले उनको र मेरो सम्बन्धलाई लिएर विभिन्न कुरा गर्न थाले, मेरो मनमा एकाएक ती अधबैंसे मानिसप्रति वितृष्णा भयो । हुनुपर्ने त ती घटिया कुराहरूप्रति थियो ।’’
त्यस्तै अर्को एक ठाउँमा लेख्छन्– कलकत्ता आएपछि पहिलो गर्मीमा बम्बईबाट एक जना परिचित आए । ऊ जुन होटलमा बसेको थियो, नास्ताका लािग त्यहाँको कोठामा निमन्त्रण दियो । ऊ पढेलेखेकोले समझदार मानिस थियो । मेरो कमजोरी थियो, साहित्यबाहेकका अरु विषयमा कुरा गर्न नरमाइलो मान्थें । अतः ऊसित साहित्यका कुरा गर्न रमाइलो थियो । तर अचानक के भयो भन्दाखेरी उसले आफ्नो हात मेरो तिघ्रामाथि राख्यो । मलाई लाग्यो, थाहा नपाई यस्तो भएको होला । तर उसले त सुम्सुम्याउन थाल्यो र हात अझ तल तल लग्नथाल्यो । म झस्कें । के हुन लागेको हो यो ? यो सही हो कि, मलाई धेरै पुरुषले प्रेम गरेका छन् तर कसैले पनि आफ्नो यौन चाहना यसरी प्रकट गरेका थिएनन् । मलाई सँधैं यस्तो प्रेम प्राप्त भएको थियो – जस्तो मानिस आफ्नी बहिनीलाई दिन्छन् । तर त्यो मानिसको व्यवहारले अचम्ममा पा¥यो । पछि त उसको बानी नै बनेको थियो– कुराकानीका क्रममा आफ्नो हत्केला मेरा तिघ्रामा खेलाउने । मेरो कालो लामो केश सुम्सुम्याइरहने । मैले विस्तारै उनलाई प्रेम गर्न थालेकी थिएँ । एक दिन उनले मलाई अँगालो मारेर चुम्बन गर्न खोजे । मैले कुनै प्रतिकार गरिनँ । जब उनले मलाई छाडे, मैले सोधें– ‘के तिमी मलाई प्रेम गर्छौ ? ’’

मैले श्रीमानलाई यो कुरा सुनाएँ, उनले यस्ता पुरुषहरूसित जोगिएर हिड्न चेतावनी दिए ।’’

आत्मकथा विरामी अवस्थामा अस्पतालको शै®यामै लेखेकी हुन् । पहिले त एक पत्रिकाका लािग साप्ताहिक रुपमा छापिने गरी धारावाहिक लेखेकी थिइन्, पछि तिनै कुरा पुस्तकका रुपमा छापिएको हो । यो कथा पछि मात्रै पुस्तकको रुपमा प्रकाशित भएको थियो । यसै त आफन्तहरूबाट एक्लिंदै गइरहेकी, अर्थात् थोरै मात्र आफन्त भएकी, उसमाथि यो आत्मकथात्मक कुराहरू पत्रिकामा धारावाहिक रुपमा छापिँदै जाँदा क्रमश घटेर कथाको अन्तिम भाग छापिंदासम्ममा त एक जना पनि आफन्त बाँकी रहेन ।
‘मेरो कथा’का सम्वन्धमा लेख्दा लेखिकाको यौन जीवनका कुराहरू नै बढी लेखियो । यसको अर्थ यो होइन कि उक्त आत्मकथामा यौनकै कुराहरू मात्र छन् । आफ्नो जीवनकथा लेखनका क्रममा प्रसंगवस आएका यौनसम्बन्धी कुराहरू मात्रै यहाँ पनि उप्काइएको हो । प्रायः आत्मकथाहरूमा लुकाइने यो पाटोलाई लेखिकाले देखाएकी छन् । यो नै पुस्तकको मुख्य विशेषता हो र यसैका कारण पनि पुस्तक चर्चित बनेको हो । पुस्तकबाट यौन र यौनिक कुराहरू हटाइदिँदा पनि आत्मकथा राम्रै खालको बन्छ तर आम पुस्तकहरूजस्तै हुन्थ्यो होला । पुस्तकमा उनी जन्मेको समाज, तत्कालीन आर्थिक, सामाजिक, शैक्षिक तथा जीवनशैलीका बारेमा पनि थुप्रै कुराहरू उल्लेख छन् ।

‘‘मेरो कथा’’ कुनै कुराको प्राप्तीका लेखिएको थिएन तर पुस्तकले आफूसँग भएको कुरा धेरै नै छिनेको कुरा उल्लेख गरेका छन् । यसै सन्दर्भमा उनी पुस्तकको भूमिकामा लेख्छिन्– यो पुस्तकले मेरा धेरै कुराहरू खोसेको छ । यस्ता कुराहरू जो मेरा प्रिय छन् । तैपनि यो पुस्तक लेखेकोमा मलाई कुनै पनि प्रकारले पश्चाताप छैन । मैले थुप्रै पुस्तकहरू लेखें तर कसैले पनि ‘मेरो कथा’ले जत्तिको सन्तुष्ट पारेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb