कीर्तिपुर-बस्तीमा राजाहरूले पाइला टेकेका छैनन् । प्रधानमन्त्रीहरू पनि विरलै पुग्छन् । विकासमा पछि परेको कीर्तिपुर प्रस्तावित नयाँ चक्रपथको नक्सामा पनि बाहिरै परेको छ । राजधानीको टुँडिखेल वरपर द्वन्द्व चर्किरहदा कर्फ्र्यु चाहिँ शान्त कीर्तिपुरमा लाग्छ । आखिर किन ? ► राजधानीको चक्रपथभित्रको क्षेत्रलाई ‘दङ्गाग्रस्त क्षेत्र’ घोषणा गरेकै दिन (२६ चैत्र, २०६०) कीर्तिपुरमा कर्फ्र्यु लगाइयो, राति ११…
Category: नेपाली भाषा
नेवार महिला कहिल्यै विधवा हुन्नन्
समाजमा श्रीमानको मुत्युपछि महिला विधवा हुन्छे र बाँकी जीवन आफ्नै सामाजिक मान्यताअनुसार बेग्लै प्रकारले बिताउनु पर्छ । विधवाको अवधारणाले हिन्दू महिलाहरु बढी प्रताडीत भएको मानिन्छ तर हिन्दू नै भए पनि नेवार महिला कहिल्यै पनि विधवा हुँदैनन्, जीवन पर्यन्त सौभाग्यवती नै हुन्छन् भन्ने मान्यता पनि रहेको पाइन्छ, त्यो पनि हिन्दू मूल्य र मान्यताकै धरातलमा । आफ्नो…
इतिहास कसले लेख्ने ?
वर्तमान हेरेर इतिहास निर्धारण गर्ने लालसाले त इतिहास अध्ययनलाई राजनीति मात्र बनाउँछ। आफ्नो इतिहासको अध्ययन–लेखन आफैं गर्दा सही तथ्य आउँछ भन्ने आग्रहले आफू वरिपरिको स्रोतमा मात्र सीमित पार्ने खतरा हुन्छ। त्यस्तो अध्ययन–लेखनमा परिपक्वता नआउने पुष्टि मार्टिन चौतारीले आयोजना गरेको मध्यकालीन मीमांसाबाट भयो। मध्यकालीन नेपालको इतिहासमाथि केही अघि गरिएको मीमांसामा मैथिल, तामाङ, लिम्बू, खस साम्राज्य, काठमाडौं…
नासल चोकमा कविताको वर्षा
सर्वाधिक अभिसप्त राजा पृथ्वीनारायण शाह
नेपालको इतिहासमा सर्वाधिक अभिसप्त राजा, पृथ्वीनारायण शाह । प्रशंसकबाट दैवीकरण र प्रत्युत्तरमा दानवीकरण हुनुले पृथ्वीनारायण शाहको सही मूल्याङ्कन हुँदैन । इतिहासको एक चरित्रलाई इतिहासको एक अध्यायको रूपमा बुझ्न नसक्नु दृष्टिदोष हो भने यही दोषले उनी अभिसप्त हुन पुगे । पृथ्वीनारायण शाह नहुँदो हो, नेपाल र नेपाली नै नहुने अभिव्यक्ति इतिहाससम्मत होइन । उनीभन्दा दुई हजार…
प्राचीन शाक्य गणराज्यको उत्खनन
लेखक भिक्टर प्रधानले विडुडव र कपिलवस्तुको पतनलाई ऐतिहासिक उपन्यास भनेका छन्। यसलाई औपन्यासिकताको कसीमा राखेर पनि विमर्श गर्न सकिन्छ, त्यो बेग्लै विषय हो। भिक्टर प्रधान लिखित विडुडव र कपिलवस्तुको पतन पढ्दै गर्दा मायादेवी, प्रजापति गौतमी र यशोधरालाई सम्झँदै थिएँ। यी तीन पात्रको पुस्तकसँग खासै सम्बन्ध नभए पनि उनीहरूलाई महिला आयोगले २०६९ सालमा प्रकाशन गरेको प्रथम तथा…
बुद्धहरू र बौद्ध धर्म–दर्शन
केहीअघि लुम्बिनी र कपिलवस्तुमा पुगेको थिएँ, एउटा टेलिभिजन कार्यक्रमका लागि स्थलगत अन्तर्वार्ता दिन। सामान्यतः यी ठाउँ गौतम बुद्ध (इ.पू. ५६३–४८३) सँग सम्बन्धित मानिन्छन्। यी बुद्धबाहेक अन्य दुई क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्धसँग पनि सम्बन्धित छन्। तीन बुद्धको जन्म तथा विचरण स्थल भनेर चिनाउनु पनि टेलिभिजन कार्यक्रमको उद्देश्य थियो। त्यस कार्यक्रम प्रसारणपछि ‘कपिलवस्तु अन्य दुई बुद्धसँग…
‘स्वर्णयुग’को चिरफार
इतिहासको मूल्यांकन वस्तुगत ढंगले हुनुपर्छ । इतिहासलाई इतिहासको रूपमा नलिएर भावुकता, आत्मगौरव वा आस्थाका आधारमा लिइँदा त्यसमा धेरै कुरा थप्ने तथा लुकाउने काम हुन पुग्छ र परिणामतः इतिहास भने पनि फगतः स्वैरकल्पनाको लोकप्रिय एउटा कथा बन्न पुग्छ । यस्तो अवस्थामा इतिहास अध्ययनका महत्वपूर्ण पाटाहरू छु्ट्ने र गलत व्याख्या हुन पुग्ने खतरा अत्यधिक हुन्छ । यस सन्दर्भमा अनेकौँ लेखरचना…
फूलको आँखामा काँडाको संसार
गीतको गाम्भीर्यतामा डुबुल्कि मार्दै यसलाई बौद्ध दर्शनसँग जोड्नेहरू पनि पाइन्छ । तर गीतलाई बौद्ध दर्शनसँग जोड्ने हो भने गीतको यो पङतीले पल्टा खान्छ । बौैद्ध सन्दर्भमा फूलको आँखामा फूल नभएर काँडा देख्छ ।
नेपालका लागि इस्वीसंवत्
नेपालमा दैनिक प्रयोजनका लागि कुन संवत् उपयुक्त होला ? यस प्रश्नको उत्तरमा नेपालसंवत् र विक्रमसंवत्का पक्षधरबीच लामो समयदेखि विवाद चल्दै आएको छ । कुनै पनि संवत्को प्रयोगका लागि भनेर यति लामो विवाद चलेको सम्भवतः संसारमा कहीँ पनि पाइँदैन । यस विवादका सम्बन्धमा हजारौँ लेखरचना र दर्जनौँ पुस्तक प्रकाशित छन् । नेपालसंवत्को पुनस्र्थापनाका लागि आन्दोलन नै…
सत्यसम्म पुग्ने बाटो छैन
‘ट्रूथ इज अ पथलेस ल्याण्ड’ (Truth Is Pathless Land) अर्थात् सत्यसम्म पुग्ने बाटो छैन । सत्यसम्म पुग्ने भनिएका विभिन्न नाउँका बाटोहरूलाई एउटा नकारात्मक जवाफ हो, यो स्टेटमेन्ट । यही स्टेटमेन्टका कारण आध्यात्मिक बजारका खुँखार व्यापारीहरुले भन्न थाले- जे. कृष्णमूर्ति भन्ने त एउटा खतरनाक मान्छे हो । जे. कृष्णमूर्ति ! उनी एउटा हलचल हुन्, खलबल हुन्…
नयाँ नेपालको नयाँ राजधानी
नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणासँगै ‘नयाँ नेपाल’ निर्माणको प्रसंग उठेको छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि वषौर्ंैअघिदेखि संघर्ष गरिरहेका जनताको चाहना स्वयंमा नयाँ नेपालको स्थापना हो । सैद्धान्तिक रूपमा नयाँ नेपालको स्थापना भए पनि व्यावहारिक रूपमा यसले मूर्तरूप लिन सकिरहेको छैन । अतः त्यस्ता थुप्रै मुद्दामाथि छलफल गर्नुपर्छ, जसले नयाँ नेपाललाई मूर्तरूप…
सिंहदरबार र झिल्के सालिक
प्रमुख प्रशासनिक केन्द्रसिंहदरबारअगाडि पृथ्वीनारायणशाहको सालिक अझै पनि ठडिएको छ ।पहिले खाकी रंगमा रहेको सोसालिकलाई हालै रंगाएर झिल्केबनाइएको छ । सो सालिकलाई केगर्ने भन्ने विषयमा विवाद नैरहेको छ । यस्ता विवादकै बीचसम्बन्धित निकायले मध्यमार्गअपनाउन खोजेको देखिन्छइनामेलबाट झिल्के बनाएर, ताकिसालिक आक्रमणको तारो नबनोस् ।सालिकहरूले इतिहास बोल्छन् ।मल्ल राजाहरूका सालिकसुरक्षित छन् । राणाशासककासालिक पनि सुरक्षित नै छन् ।शाहवंशीय…
बौद्ध होइन खास्तिचैत्य
‘बौद्ध’ शब्द नामवाचक नभएर विशेषण हो। यसले ‘बुद्धसम्बन्धी’ भन्ने अर्थ दिन्छ। तर किन हो, काठमाडौंस्थित इतिहासप्रसिद्ध चैत्यको नाम ‘बौद्धस्तूप’ भनेर चलाइएको छ। स्थानीय नेपाल भाषाको खास्तिचैत्यलाई ओझ्ेलमा पारेर आजभोलि ‘बौद्धस्तूप’ र सो अवस्थित क्षेत्रलाई पनि बौद्ध भन्ने गरिएको छ। ‘स्तूप’ भन्नु नै ‘बौद्ध वास्तुकला’ हो र तिनका छुट्टाछुट्टै नाम हुन्छन् भनेर बुझने हो भने ‘बौद्धस्तूप’…
एक गिलास दूध
मेराे बाल्यकालकाे एउटा संस्मरण मधुपर्क मासिकमा प्रकाशित छ । गाेरखापत्र संस्थानबाट प्रकाशन हुने याे मासिक नेपालकाे एक प्रतिष्ठिक साहित्यिक पत्रिका हाे ।
हिडेको बाटो बिर्सेपछि
अलिकति तल गएर हेर्छु । बाटो धेरै अप्ठेरो रहेछ । बल्लबल्ल अलि तल पुग्छु । यो बाटो नै होइनजस्तो पनि लाग्यो, अर्को बाटो पनि देख्दिनँ । यस्तैमा कोही एक जना तलबाट माथि उक्लिरहेको भेटाउँछु । बाटो यही रहेछ । जामाचो जानकै लागि, मेलाकै लागि भनेर माथि उक्लिरहेको । सोध्छु, ‘‘बाटो यस्तै अप्ठेरो हो ?’’
एकाराम सिंसँगको घनिष्ठता
दिउँसोतिर मेरो मोबाइलमा एकाराम सिं को नम्बरबाट फोन आयो । यो भनेको वि.सं. २०७८ जेठ २४ सोमबारको दिन दिउँसो ४ः३० बजे हो । कोविद भएर लामो समयदेखि उपचारका लागि अस्पताल भर्ना भइरहेका व्यक्तिको फोन आउनुले स्वास्थ्य स्थितिमा सुधार आएको बुझाइ हुनु स्वाभाविक हो । मेरो बुझाइ पनि यही भयो । केही समयअघि म आफै पनि…
फूटपाथमा व्यापार व्यवसाय र गिजोलिएको समस्या
काठमाडौं महानगरपालिकाले फूटपाथमा पसल थापेर व्यवसाय गर्न नदिने भन्दै पसलहरू हटाउन थालेपछि मेयर बालेन्द्र शाहको खुबै आलोचना हुन थालेको छ। स्थानीय निकायको निर्वाचनअघि उनको देवत्वकरण गर्न हौसिनेहरू अहिले दानवीकरण गर्न तम्सिएका छन्। निर्वाचनका बेला कतिपयको नजरमा उनी कार्यकारी अधिकारप्राप्त राष्ट्रपति पदका उम्मेदवारजस्तै आश गरिएका व्यक्तित्व थिए। देश विकास हुन नसक्नाको सम्पूर्ण दोष राजनीतिक दल र…
सम्पदास्थल पार्कर खेल्ने ठाउँ होइन
विश्व सम्पदा सूचीमा रहेको काठमाडौं उपत्यकाका सातै सम्पदा स्थल अलि खुला केन्द्रको रूपमा रहेका छन्। सातमध्ये तीन मध्यकालीन ऐतिहासिक दरबार क्षेत्र भए पनि ती मन्दिर तथा कलाकृतिले भरिपूर्ण छन्। मानव बस्ती भित्रै रहेका यी सम्पदा स्थलमा एका बिहानैदेखि स्थानीय जनजीवनको चहलपहल सुरु हुन्छ र यो क्रम राति अबेरसम्म कायम रहन्छ। स्वदेशी तथा विदेशीहरूको घुमफिर तथा…
मिक्लाजुङमा बेढङ्गको मूर्ति: छैनन् बुद्ध बुद्धजस्ता
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एउटा विशाल मूर्ति बनेको छ, गौतम बुद्धको हाउभाउ वा आकृति दर्शाउने गरी। बनाइएको मूर्ति गौतम बुद्धकै हो तर बेढङ्गको। आजभोलि नेपालमा बुद्धको बेढङ्गका मूर्तिहरूको निर्माण गर्ने प्रवृत्ति देखिएको छ। एक समय सुन्दर र कलात्मक मूर्ति निर्माणमा कहलिएको नेपाली कला अहिले ह्रासोन्मुख छ। केही अघिबाट अर्को प्रवृत्ति पनि देखिएको छ– बुद्धले मूर्तिपूजाको विरोध…











