Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

पृथ्वीनारायण शाह

Posted on 2025-03-262025-03-26 by admin

नेपालको इतिहासमा सर्वाधिक अभिसप्त राजा, पृथ्वीनारायण शाह । प्रशंसकबाट दैवीकरण र प्रत्युत्तरमा दानवीकरण हुनुले पृथ्वीनारायण शाहको सही मूल्याङ्कन हुँदैन । इतिहासको एक चरित्रलाई इतिहासको एक अध्यायको रूपमा बुझ्न नसक्नु दृष्टिदोष हो भने यही दोषले उनी अभिसप्त हुन पुगे ।

पृथ्वीनारायण शाह नहुँदो हो, नेपाल र नेपाली नै नहुने अभिव्यक्ति इतिहाससम्मत होइन । उनीभन्दा दुई हजार वर्षअघि नै नेपाल र नेपाली थियो र ऐतिहासिक प्रवाह प्रवाहित थियो । बरु यो पक्का हो, उनले गोरखालगायत ठुलो भूभाग तत्कालिन नेपालमा गाभ्न ल्याएर आफू र अरुलाई पनि नेपाली बनाए । तबैदेखिको समयलाई आधुनिक नेपाल भन्ने गरिएको छ । यो उनको योगदान हो ।

तत्कालिन गोरखा राज्य सानो र हरेक दृष्टिले कमजोर थियो । लमजुङलगायतका छिमेकी राज्यबाट हेपिएको र अलग्याइएको थियो । स्वतन्त्र गोरखाको अस्तित्व लमजुङलाई मान्य थिएन । यस अवस्थामा नेपालमण्डलअन्तर्गतका तीन राज्य कान्तिपुर, ललितपुर र भक्तपुरसँग सम्पर्क बढाउनु अनिवार्यजस्तै हुनपुग्यो । बढाए पनि । यस क्रममा यी तीन राज्यको कमजोरीमा डुबुल्की मारेर तीमाथि आधिपत्य पनि जमाए । उनी महत्वाकांक्षी थिए र विजयअभियानलाई निरन्तरता दिँदै अझ पूर्वतिर हान्निए । पश्चिमतिर आफ्ना शत्रु राज्यहरूसँग ईख मार्ने अभिलाशा उत्तराधिकारीहरूबाट पूर्ण भयो । गोरखा राज्यको यो विस्तारको औचित्य स्थापना गर्न धेरैपछि प्रशंसकहरूले यसैलाई एकीकरण नाम दिएका हुन् ।

आफ्नो राज्य सबैलाई प्यारो हुन्छ । अन्य राज्यको अतिक्रमण स्वीकार्य हुँदैन । विदेशी आक्रमणका विरुद्ध प्रतिकार गर्छन् । युद्धमा ज्यादती पनि हुन्छ । युद्धकालिन त्यो ज्यादती बिर्सन सकिन्न । पछिका शासकले त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु पर्दथ्यो तर शाहवंशीय राज्यसत्ता युद्धउन्मादमै रत्तिए । शाहवंशीय राजतन्त्र नै अन्त्य भएर गणतन्त्रको स्थापना भइसक्दा पनि त्यो युद्धउन्माद रहिरहनुको दृष्टान्त हो, उनको गल्ती र कमजोरी तथा ज्यादतीलाई ढाकछोप तथा पीडितमाथि हेपाहा दृष्टिकोण राखिराख्नु । उनको दैवीकरण र ज्यादतीलार्इृ उचित ठह¥याउँदै खाटा बसिसक्नु पर्ने घाउलाई कोतरेरै भएपनि नूनचुक हाल्दै गर्नुगरेपछि अर्को पक्षबाट दानवीकरण हुनु स्वाभाविक हो ।

र, पृथ्वीनारायण शाह प्रशंसकबाटै अभिसप्त हुनपुगे । यस अवस्थामा दुई अतिवादी धारबाट अलग्गिएर तथ्यमा आधारित भई अध्ययन गर्नुपर्दछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb