
प्रमुख प्रशासनिक केन्द्रसिंहदरबारअगाडि पृथ्वीनारायणशाहको सालिक अझै पनि ठडिएको छ ।पहिले खाकी रंगमा रहेको सोसालिकलाई हालै रंगाएर झिल्केबनाइएको छ । सो सालिकलाई केगर्ने भन्ने विषयमा विवाद नैरहेको छ । यस्ता विवादकै बीचसम्बन्धित निकायले मध्यमार्गअपनाउन खोजेको देखिन्छइनामेलबाट झिल्के बनाएर, ताकिसालिक आक्रमणको तारो नबनोस् ।सालिकहरूले इतिहास बोल्छन् ।मल्ल राजाहरूका सालिकसुरक्षित छन् । राणाशासककासालिक पनि सुरक्षित नै छन् ।शाहवंशीय राजाहरूको सालिकआक्रमणको तारो बनिराख्दा पनिराणाहरूका सालिक सुरक्षित नैरहे । यसको अर्थ हो, जनतालेराणाहरूका सालिकलाई इतिहासकोवस्तु ठानिसकेका थिए ।
जतिवेलाकालीमाटीस्थित महेन्द्रकोसालिक आक्रमणको तारो बनिरहेकोथियो, त्यतिवेला गद्दीमा उनकामाइला छोरा ज्ञानेन्द्रलेतानाशाही लाद्न खोज्दै थिए ।ज्ञानेन्द्रको मनोबल गिराउनेएउटा मनोवैज्ञानिक उपायउनीसँग सम्बन्धित कुरामाथिधावा बोल्नु पनि हुन्थ्यो । उनीत्यही बाटोमा हिँडेका थिए जुनबाटो भएर महेन्द्र हिँडेका थिए। उनमा आफ्नो बाबुबाजेकोधङ्धङी थियो । यस अवस्थामामहेन्द्रदेखिपृथ्वीनारायणसम्मलाई अतीतकारूपमा नभई वर्तमानकै रूपमालिइयो र आक्रमणको तारो बनाइयो ।अन्ततः राजतन्त्रकोसमाप्तिपछि पूरै शाहवंशकाकुरा इतिहासका अंश बने ।त्यसैले त हो नारायणहिटी दरबारम्युजियममा फेरिएको । इतिहासले कोल्टे फेरिसकेकालेपृथ्वीनारायणको सालिक पनिइतिहासको वस्तु बनेको छ । अतःअब प्रश्न उठ्छ,सिंहदरबारअगाडिको सालिकलाईतलमाथि गर्नु हुन्छ त ? यसविषयमा छलफल चलाउनुपर्छ ।सिंहदरबारलाई नारायणहिटीदरबारलाई जस्तै म्युजियम बनाइएको भए सो सालिक त्यसठाउँमा ठिकै हुन्थ्यो, अझै पनि त्यहाँ प्रशासनिक निकाय नैरहेका कारण सो सालिक त्यहाँ सुहाउँदो भएन । हिजोसम्मसिंहदरबारलाई पृथ्वीनारायणकोसालिकले कुनै अर्थ दिन्थ्योहोला, तर अहिले त्यही सालिकलेअनर्थ पैदा गरिराखेको छ । अझैपनि सो सालिक त्यहीँ राखिनुपर्छ भन्ने अडान लिने होभने ठीक छ, राख्न सकिन्छ तरसिंहदरबारभित्रको प्रशासनिक केन्द्रलाई अन्यत्रसार्नुपर्छ ।
पृथ्वीनारायण शाह राष्ट्रियएकताका प्रतीक हुन सक्दैनन् ।राष्ट्र भनेको भूगोल पनि हो, तरभूगोललाई मात्र ध्यान दिइँदात्यो राष्ट्र वा राष्ट्रियताखोक्रो हुन्छ । जनताले त्यसअवधिमा राष्ट्रिय एकताकोअभ्यास कहिल्यै गर्न पाएनन् ।शासकीय शक्तिका आडमा जनतालाईदबाउन सक्नु नै राष्ट्रिय एकताकायम गर्नु होइन ।पृथ्वीनारायणले मात्र नभईउनका उत्तराधिकारीले समेतराष्ट्रिय एकतामा पटक्कैध्यान दिएनन् । तिनलेवैवाहिकलगायत कुनै पनि पक्षमानेपाली जनतासँग सम्बन्ध नैराख्न चाहेनन्, बरु विभिन्नभाषा, धर्म, संस्कृतिलाई एकनिश्चित समुदायभित्र विलयनगर्ने खोजे । नेपाली-नेपालीमाझनै ‘फुटाऊ र शासन गर’को नीति लिएरचलाइएको शाहवंशीय शासनबाटराष्ट्रिय एकताको भावना जागृतहुन सक्दैन पनि ।सिंहदरबारअगाडिकोपृथ्वीनारायण शाहको सालिकऐतिहासिक पनि होइन । ऐतिहासिक हुनलाई त्यसमा इतिहासको झलकहुुनुपर्छ । सो सालिक उनीजिउँदो छँदै वा उनलाई देखेका कलाकारबाट बनाइएको होइन । धेरै समयपछि बनाउने हो भने पनि रेखाचित्र वा तस्बिरलाई आधारलिनुपर्छ, तर त्यस्तो केही आधारलिइएको छैन । उनको रेखाचित्रकोअनुहारसँग सालिकको अनुहारपटक्कै मिल्दैन । वास्तविकताके हो भने सालिक निर्माणको आधारत्यसका कलाकार अमर चित्रकारस्वयंको जीउडाल हो भनेअनुहारचाहिँ काल्पनिक ! हेक्कारहोस्, सो मूर्ति निर्माणअघिकलाकार स्वयंले मोडलिङ गरेरतस्बिर खिचाएका थिए र सोहीतस्बिरका आधारमा सालिक तयारगरेका थिए । यस अर्थमा सोसालिकले कुनै पनि ऐतिहासिकमहत्त्व राख्दैन । तसर्थ इतिहाससँग नभई कलासँगसम्बन्धित म्युजियममा मात्रयो शोभा बन्न सक्छ ।बुझ्नुपर्ने अर्को कुरा के होभने कुनै पनि दिवंगतव्यक्तित्वको सालिकलाई रंगाइँदैन पनि ।
वर्तमान नेपालको प्रमुख प्रशासनिक केन्द्रसिंहदरबारसँग पृथ्वीनारायणशाहको कुनै सम्बन्ध नभएकोअवस्थामा उनको सालिक त्यहाँठड्याइराख्नुको कुनैतात्त्विक अर्थ रहँदैन, त्यतिमात्रै होइन, त्यसरीठड्याइराख्नु आपत्तिजनक पनिहुन्छ । बरु त्यस ठाउँमा समग्रनेपाललाई प्रतिनिधित्व हुनेकुनै एउटा प्रतीक राखिनुपर्छ,नेपालको राष्ट्रिय झन्डामात्र ठड्याउनु नै पनिपर्याप्त हुन्छ ।