सत्यमोहन जोशीसँग अन्तर्वार्ता लिइरहेको थिएँ– उहाँकै घरको अध्ययन कक्षमा। यसैबीच हाम्रो सामु तात्तातो ‘योमरी’ आइपुग्यो– त्यो धान्यपूर्णिमाको दिन थियो। यो पूर्णिमालाई नेवार समाजमा योमरीसँग जोडेर हेरिन्छ। यही भएर पूर्णिमाको नाम नै ‘योमरी पुन्हि’ रहेको हुनुपर्छ। वर्षको पहिलो धान बाली भिœयाई त्यही चामल पिँधेर तयार गरिने पिठोबाट विशेष प्रकारको योमरी बनाइ भकारीमा राखेर त्यसको पूजा गरिन्छ।…
Category: Articles
विभिन्न पत्रपत्रिका, म्यागेजिन तथा अनलाइनहरुमा हालसम्ममा दुई हजारभन्दा बढी लेखहरु प्रकाशित भइसकेका छन् । यी लेखहरु विभिन्न विषय क्षेत्रसँग सम्बन्धित छन् । हिजोआज इतिहास, संस्कृति, पुरातत्व, बौद्ध अध्ययन तथा पर्यटन क्षेत्रमा बढी प्रकाशित हुने गर्दछ । यहाँ नमूनाका रुपमा केही लेखहरुको पुनः प्रकाशन गरिएको छ ।
नेवार समाजमा छोरी
नेवार समाजमा क्वस: (छोरीको पेवा) लाई छोरी आफैंले पनि हत्तपत्त प्रयोग गर्दैनन् तर आफैं घरमूली भएको अवस्थामा भने विस्तारै प्रयोग गर्ने गर्छन्। संयुक्त परिवार भएको घरमा भने अत्यावश्यक भएका बेला केही सामान स्वेच्छाले प्रयोग गर्ने गरेको पाइन्छ।
सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा: बौद्ध दर्शनको आधारभूत ज्ञान
हिलो बाटोमा एक ऋषि लम्पसार परेर बुद्धलाई हिँड्न सहज बनाइरहेको दृश्य समेटिएको चित्रकला बौद्ध समाजमा निकै प्रचलित छ। यो चित्र देखेर कसैकसैको मनमा यस्तो कुरा खेल्न सक्छ, बुद्ध पनि कस्ता रहेछन्, कोही भक्त लम्पसार परे भनेर तिनैमाथि टेकेर हिड्न हुन्छ ? कसैलाई यो पनि लाग्नसक्छ, उनी लुम्बिनीमा जन्मेका गौतम हुन्। उनका अगाडि लम्पसार पर्दै गरेका…
किन हुन सकेन विज्ञानको कसीमा राखेर धामीझाँक्रीको अध्ययन?
धामी झाँक्रीहरू ढ्वाङ्ग्रो ठोक्दै, नबुझिने भाषामा बर्बराउँदै आफ्नै तालमा नाचिरहेको देख्नुभयो र अगाडि बिरामी पनि छ भने बुझ्नुहोस् तिनीहरूले बिरामीको उपचार गर्ने प्रयत्न गरिरहेका छन्। यदि बिरामी छैन तर त्यस्तै गरी ढ्याङ्ग्रो ठोकेर केही गरिरहेका छन् भने चिन्ता बसेको पनि हुन सक्छ। केही समयअघि मोरङको बेलबारी ६ बोराबाँधस्थित स्कूलमा केही समय अघि स्कूलमा भूतप्रेत र…
किन र कसरी विकास भयो बौद्ध धर्म–दर्शनका अनेकौं सम्प्रदायहरू ?
वर्तमान विश्वमा बौद्ध धर्म–दर्शन लोकप्रिय छ। आफ्नै प्रयासले सत्यको बोध गरी त्यही सत्यरूपी शिक्षालाई सर्वसुलभ गर्ने गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालभित्रै परेकाले नेपालीहरू उनीसँग भावनात्मक सम्बन्ध राख्न मन पराउँछन्। बुद्ध नेपालमा जन्मेको भनी गौरव गर्ने, मन परेको कुरा व्यक्त पनि गर्ने तर उनी र उनका शिक्षा वा धर्म–दर्शनबारे अनभिज्ञ हुनु एक खालको विरोधाभास हो। बौद्ध…
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने नेपाली बुझाइले फेल खाएको छ। यो विमानस्थलको प्रयोजन लुम्बिनी आउने धार्मिक पर्यटकसँग मात्र सीमित त होइन तर यसको प्रमुख लक्ष्य भने धार्मिक पर्यटक नै रहेको पाइन्छ। यस अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा भएका कागजात तथा विचारविमर्शहरूले यो कुराको पुष्टि गर्दछ। यसरी नै प्रचार गरिँदै…
मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
मानवअधिकार विश्वका समस्त मानव जातिसँग सम्बन्धित कुरा भएकाले यो स्वत: विश्वव्यापी सरोकारको विषय बनेको हो । सबैको चासो रहेको यो विषय संवेदनशील छ । मानवअधिकार मानव भएर जन्मेपछि स्वत: प्राप्त हुने जन्मसिद्ध अधिकारको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘एप्लाइड बुद्धिज्म’ अन्तर्गत ‘बुद्धिस्ट एप्रोच टु ह्युमन राइट’ विषयमा विगत केही वर्षदेखि प्राध्यापन गर्दै आइरहेको छु ।…
बुद्धको जन्मस्थल लुम्बिनीको ‘रिप्लिका’ बन्यो कोरियामा
भगवान बुद्धको जन्मस्थल नेपालमा होइन, भारतमा पर्दछ भनेर देखाउने मनसायले लुम्बिनीको दुरुस्त नक्कल भारतले बनाइरहेको भन्ने हल्ला कसले चलाएछ कुन्नी कागले कान लग्यो भनेपछि कागको पछि कुदेजस्तै एक थरी नेपालीहरु कुदिरहेका छन् । यही कुरालाई कुन चाहीं नेपाली मिडियाले प्रकाशन तथा प्रसारण गरिदिएछ कुन्नी, त्यसका अनेकौं संस्करणहरु आजभोलि झन् बढी मात्रामा प्रकाशन तथा प्रसारण हुँदै…
अलबिदा अशाेक दाइ
एउटा सुखद पारिवारिक भेलामा संलग्न भइरहेकै बेला दुखद् समाचार सुन्नुपर्यो– अशोक दाई बित्नु भयो । अशोक दाई, अर्थात पत्रकार अशोक श्रेष्ठ ।
धूस्वां सायमिकी दीपा
कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमनपछि गाउँमा निदाएका तरंगहरुसँगै दीपाको मनमस्तिष्कमा पनि हलचल र खलबल हुन्छ।सँगसँगै मनमा प्रश्न पनि एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को होला ? आफ्नै…






