स्पेसटाइम दैनिक नेपाली पत्रकारिता क्षेत्रमा एउटा जब्बरजस्त हलचल थियाे । नीजि संचार क्षेत्रमा कान्तिपुर एउटा घुम्ती थियाे भने त्याे घुम्तीलाइ विकास गर्ने र एउटा राजमार्ग तयार पार्ने काम यही स्पेसटाइम दैनिकले गरेकाे मान्नु पर्दछ । यस स्पेसटाइमका अनेकाैं सेनामेनाहरूमा एक म पनि हुँ । स्थापनाकाे सुरूवाती दिनहरूदेखि नै त्यसमा संलग्न भइ मैले अाफ्नाे पत्रकारिता जीवनलाइ निरन्तरता दिएकाे हुँ । विश्वभूमिबाट प्राप्त अनुभवलाइ यहाँ भरपूर पात्रामा प्रयाेग गरेकाे थिएँ र स्पेसटाइमकाे अनुभवलाइ पनि पछि अन्यमा प्रयाेग गरियाे ।