

काठमाडाैंकाे उत्तर पश्चिमस्थित जामाचाे नामकाे डाँडामा प्रत्येक वर्ष चैत्र पूर्णिमाका दिन ठुलाे मेला लाग्दछ । काठमाडाैंका नेवारहरू परम्परागत रूपमा चैत्र पूर्णिमाका दिन बडाे महत्वका साथ मेला भर्न जाने परम्परा रही अाएकाे छ । जामाचाे डाँडा स्थानिय र प्राचिन नाम हाे भने हाल यसकाे नयाँ नाम नागार्जुन डाँडा राखिएकाे छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्र रहेकाे छ । यहाँ अन्य दिनहरूमा पनि हाइकिङ गर्ने तथा गाडीबाट मान्छेहरू पुग्ने गर्दछन् ।