कति डराएका हुन्
यी मान्छेहरु
बुद्धदेखि ।
पिपल काट्दै हिडेका छन्
पालुवा मात्रै पलाएपनि
उखेल्न हतार गर्छन् ।
पिपलमुनि बुद्धत्व लाभ गरेको थाहा पाए ।
कोही डराउँदैमा
पिपल काट्दैमा
बुद्ध बन्न सकले रोक्न सक्छ र ?
बुद्धलाई बुझेका भए
पिपल मात्रै बोधिवृक्ष हुँदैन भनेर थाहा पाउँथे
ऊ आफै बुद्ध बन्नसक्थे
पिपल नकाटी आफैभित्रको शत्रु नास्दै हिड्थे
बुद्धदेखि किन डराउँथे ?