Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • Home
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Comments
      • Poem
      • Story
      • Translation
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
    • Books
      • About Book
      • Book Shop
  • Awards
  • Photo Gallery
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Vivids
    • Activities
    • Blogs
    • Supports
Menu
Posted on 2024-04-072024-04-11 by admin

बसन्त महर्जन (जन्म इ. सं. १९७२, कीर्तिपुर, काठमाडाैं) मूलतः अन्वेषक तथा लेखक हुन् । इतिहास, संस्कृति तथा पुरातत्त्व क्षेत्रकाे अध्ययन अनुसन्धान र लेखनमा सक्रीय उनी बाैद्ध इतिहास र दर्शनमा विशेष रूची राख्छन् ।

साना ठुला गरी उनका २००० भन्दा बढी लेख र पुस्तकहरू प्रकाशित छन् । बाैद्ध अध्ययन बाहेक  साहित्य,  संस्कृति, इतिहास,  पुरातत्त्व, पर्यटनलगायत विषय क्षेत्रकाे अध्ययन अनुसन्धानमा पनि उत्तिकै सक्रीय उनका लेखहरू विभिन्न प्रतिष्ठित पत्रपत्रिका, म्यागेजिन, जर्नल तथा अनलाइन प्रकाशनहरूमा नियमित प्रकाशित हुँदै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट बाैद्ध अध्ययन (स्नातकाेत्तर) मा ‘गाेल्ड मेडलिष्ट’ उनी नेपाली इतिहास, संस्कृति तथा पुरातत्व मा पनि स्नातकाेत्तर हुन् । विश्वविद्यालयकै नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) मा पनि केही समय आवद्ध रहिसकेका छन् ।

लुम्बिनी बाैद्ध विश्वविद्यालयकाे सम्बन्धन प्राप्त लाेटस एकेडेमिक कलेजमा उनी वि.सं. २०७२ देखि प्राध्यापन गर्दै अाइरहेका छन् । यसका साथै, विभिन्न प्राज्ञिक क्षेत्रमा प्रवचन, कार्यपत्र प्रस्तुति र विषयगत क्षेत्रमा परामर्श सेवा पनि दिने गरेका छन् । प्रतिष्ठित पत्रपत्रिका, रेडियाे, टेलिभिजनहरूमा उनका अन्तर्वार्ताहरू प्रकाशन तथा प्रसारण हु्ँदै आएका छन् ।

आफ्नाे विषयवस्तुकाे अध्ययनअनुसन्धान तथा सामग्री संकलनका लागि उनी प्रायः यात्रा गरिरहेका हुन्छन् । यस क्रममा उनले काठमाडाै उपत्यकाभित्र र बाहिरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्वका स्थलहरूकाे यात्रा गरिसकेका छन् । यसअनुसार उनी एक अन्वेषक यात्री र पर्यटन लेखक पनि हुन् । अन्वेषण र लेखनकाे याे क्रम यथावत् छ । नियात्रा.कम (www.niyatra.com)  काे संचालक पनि हुन् । बहुआयामिक दृष्टिकाेणसहितकाे यात्रा र लेखनकाे संयाेजनका कारण यी कृयाकलापहरूलाई व्यक्तिगत स्तरमा हेर्नु मनासिव हुँदैन ।

अर्काे पक्ष हाे, फाेटाेग्राफी । साहित्य र पत्रकारिता पृष्ठभूमि रहेका उनका फाेटाेग्राफीहरू ऐतिहासिक तथा साँस्कृतिक स्थल, जनजीवनमा ‘फाेकस’ हुन्छन् । आफ्नाे विषय क्षेत्रमा केन्द्रित उनी समग्रमा भन्नुपर्दा अभिलेखीकरण, अन्वेषण र लेखनमा सक्रीय छन् । संस्कृति क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उनी प्रादेशिक प्रतिभा पुरस्कारबाट २०७६ सालमा पुरस्कृत हुन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb