Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

पुस्तक वार्ता

Posted on 2026-02-062026-04-13 by admin

(द्वैभाषिक पाक्षिक पत्रिका ‘लायकू’ (२०६५ श्रावण १–१५) मा प्रकाशित पुस्तक वार्ता)

तपाईलाई बढी कुन ठाउँमा बसेर पढ्न मन लाग्छ ?
जता बसी पढे पनि हुँन्छ । मन पर्ने–नपर्ने भन्ने छैन । जहाँ बसेर पढे पनि केही फरक पर्दैन ।

तपाईलाई सबैभन्दा बढी मनपर्ने नेवार लेखक को हो ?
कुनै विधाविशेष मात्र पढ्ने म होइन । विभिन्न विधाका विभिन्न लेखकहरु पन पर्छ । जस्तो कवितामा सिद्धिचरण श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, बुद्ध सायमि हुन भने उपन्यासमा धूस्वां सायमि । यसै गरी समालोचनामा माणिकलाल श्रेष्ठ, कमलप्रकाश मल्ल, इन्द्रमाली मलाई मनपर्ने लेखकहरु हुन् ।

तपाईलाई मनपर्ने बालसाहित्यको कुन पुस्तक हो ?
कवि दुर्गालाल श्रेष्ठले अनुवाद गर्नु भएको महाकवि पुश्किनको ‘माझी व लँुयाम्ह न्याँ, ‘एलिस इन वण्डरल्याण्ड’ बाल उपन्यास, म्याक्सिम गोर्की र लेभ टाल्सटायको बालकथाहरु मलाई मनपर्छ । कुनै कुनै त म आफैले पनि नोपलभाषामा अनुवाद समेत गरेको छु ।

तपाईलाई सबैभन्दा बढी मनपर्ने पुस्तक कुन हो ?
जे. कृष्णमूर्तिको ‘फ्रीडम फ्रम नोन’ ।

तपाईलाई अति नै प्रभावित पारेको लेख रचना ?
जे. कृष्णमूर्तिको ‘फ्रीडम फ्रम नोन’ ।

कसैलाई पढ्नुपर्ने भनी कुन पुस्तकको नाम लिनु हुन्छ ?
पुस्तक सिफरिस गर्नुअघि कसलाई र कुन सन्दर्भ विशेष भन्ने कुरा महत्वपूर्ण हो । त्यसैले समय, व्यक्ति र सन्दर्भ हेरेर मात्र पढ्नुपर्ने पुस्तकको नाम लिनु राम्रो हुन्छ ।

कुन पुस्तकले तपाईको बिचार परिवर्तन गरिदिएको छ ?
जे.कृष्णमूर्तिको दार्शनिक पुस्तक ‘फ्रीडम फ्रम नोन’ नै त्यो पुस्तक हो जसबाट मेरो बिचार मात्र होइन जीवन नै परिवर्तन भयो । सोही पुस्ुतकको प्रभाव हो आजभोलिको यो जीवन ।

फेरि एकपल्ट पढ्न मन लागेको पुस्तक ?
म्याक्सीम गोर्कीको आमा उपन्यास हात परेको महिना दिनभित्र तीन पटकसम्म पढें । पुनः पढ्ने इच्छा छ । तर आजभोलि सो पुस्तक मसँग छैन र समयले पनि नभ्याउने भइरहेको छ ।

आजभोलि कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
छोटो समयमा नै धेरै पढ्ने उद्देश्यअनुरुप योजनावद्ध रुपमा नेवार सम्बन्धका विभिन्न भाषाका पुस्तक एवं नेपालभाषका पनि विभिन्न विधाका पुस्तकहरु रि–रिडिङ गरिरहेको छु । ससाना पुस्तक भए दिनकै दुई तीनवटासम्म पढ्न सकाउने र कुनै कुनै सम्बििन्धत विषयको मात्र पढिने हुँदा पनि पुस्तकको नाम लिन सकिंदैन ।

तपाईलाई मनपर्ने साहित्यिक विधा कुन हो ?
मलाई मनपर्ने साहित्यिक विधा कथा, उपन्यास तथा कविता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb