Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

बुद्धको जन्मस्थल लुम्बिनीको ‘रिप्लिका’ बन्यो कोरियामा

Posted on 2024-04-112025-07-22 by बसन्त महर्जन

भगवान बुद्धको जन्मस्थल नेपालमा होइन, भारतमा पर्दछ भनेर देखाउने मनसायले लुम्बिनीको दुरुस्त नक्कल भारतले बनाइरहेको भन्ने हल्ला कसले चलाएछ कुन्नी कागले कान लग्यो भनेपछि कागको पछि कुदेजस्तै एक थरी नेपालीहरु कुदिरहेका छन् । यही कुरालाई कुन चाहीं नेपाली मिडियाले प्रकाशन तथा प्रसारण गरिदिएछ कुन्नी, त्यसका अनेकौं संस्करणहरु आजभोलि झन् बढी मात्रामा प्रकाशन तथा प्रसारण हुँदै आइरहेको छ ।

भारतीय भूमिस्थित बौद्ध पुरातात्विक स्थलको गतिविधिको फोटो वा भिडियो फुटेजको प्रयोग गरेर नक्कली लुम्बिनी वा नक्कली कपिलवस्तुको निर्माण भन्दै त्यसको विरोध गरिरहेका छन् । आफू यसै विषयसँग सम्वन्धित भएका कारण सम्झाउन खोज्छु, त झन् उल्टो बुझ्छन् र उपदेश दिन थाल्छन् । यस्तोमा भारत अथवा कसैले बुद्ध जन्मस्थल लुम्बिनीको दुरुष्ट नक्कल (रिप्लिका) बनाइ दिए हुन्थ्यो भन्ने लागिरहेको थियो । नभन्दै कोरियाको सिउल नजिकै निर्माण भएको रिप्लिका तस्वीर भिक्षु मैत्री महास्थविरको सौजन्यले हेर्न पाइयो । राम्रो लाग्यो । 

बुद्ध जन्मनुअघि लुम्बिनी एउटा सानो बगैंचाको रुपमा परिचित थियो । यति बेला यो प्रसिद्ध रहेको कुरा बुद्धको हजुर आमाको नाम पनि लुम्बिनी नै भएबाट बुझिन्छ । पछि बुद्ध जन्मस्थलको रुपमा चिनियो र एक प्रकारले ब्रान्डेन नै भयो । केही दशकअघि नेपालले बुद्ध जन्म स्थललाई समेटेर पूरै अंचलको नामाकरण पनि ग¥यो । नेपालमा लुम्बिनी अञ्चलको नामाकरण हुनुअघि नै लुम्बिनी नाउँ प्रयोग गरेर थाइल्यान्डको राजधानी बैंककमा ठूलो पार्क बन्यो । लुंफिनी भनिने त्यो पार्क बुद्ध र नेपालस्थित लुम्बिनीप्रति समर्पित भएर बनाइएको बुझिन्छ । भारतमा नै पनि कतिपय राज्यहरुमा लुम्बिनी नाउँका पार्कहरुको निर्माण गरिएका छन् । लुम्बिनीको एउटा सानो रिप्लिका कीर्तिपुरस्थित नगरमण्डप श्रीकीर्ति विहारमा पनि देख्न पाइन्छ । यहाँ लुम्बिनी मात्रै नभएर बोधगया, सारनाथ र कुशीनगरको रिप्लिकाहरु पनि बनाएर एकै ठाउँमा लहरै मिलाएर राखिएको छ । यस रिप्लिकाका कल्पनाकार श्रद्धेय भिक्षु सुदर्शन महास्थविरसँगको संगत र प्रभावका कारण पनि होला, यस्ता रिप्लिकाहरु संसारभर धमाधम फैलियोस् भन्ने चाहना भएको । तर नक्कली लुम्बिनी बनाएको भनी आक्षेप लगाइने देश भारतले भने अहिलेसम्म नक्कली लुम्बिनी (रिप्लिका) बनाएको छैन । कोरियाले बनाएपछि अब भारतले पनि बनाउँछ कि ? यस्ता रिप्लिकाहरु बन्नुको अर्थ मौलिक सम्पदास्थलको महत्व अझ धेरै बढ्नु हो ।

कोरियाको सिउल नजिक एक स्थलमा बुद्धको जन्मस्थल लुम्बिनीको रिप्लिका बनाइएको छ । २६ सेप्टेम्बरबाट सुरु भएको कोरिया त्रिपिटक फेष्टिभलकै अवसारमा यो रिप्लिकाको उद्घाटन गरिएको छ । समारोहका लागि त्यहाँ पुग्नु भएका भिक्षु मैत्री महास्थविर भन्नुहुन्छ– ‘‘यस्सो हेर्दा नेपालकै दुरुस्त लुम्बिनी जस्तो देखिन्छ ।’’

फेष्टिभल नोभेम्वर १० तारिखसम्म संचालन हुने छ तर यो रिप्लिका त्यसपछि के गरिन्छ भन्ने विषयमा टुङ््गो लागिसकेको छैन । कोरियन डिजाइनरहरुले नै बनाएको यो रिप्लिकाको लागत मूल्य जतिसुकै भएपनि बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धनकै लागि बनाइएको हो ।

एउटा महत्वपूर्ण बौद्ध सम्पदास्थल लुम्बिनीको प्रवद्र्धनका लागि कोरियाले गरेको यो कार्यप्रति नेपाल र नेपाली बौद्धहरुमात्रै नभएर समस्त विश्व र बौद्धहरु कृतज्ञ हुनु पर्दछ । फोटोहरुमा नै देखिएअनुसार पनि मायादेवी मन्दिर, मन्दिरभित्र बोधिसत्व जन्मचित्रित ठूलो पाषाणमूर्ति, जन्मस्थल संकेत गर्ने मार्कर स्टोन, विभिन्न समयमा निर्मित पुरातात्विक संरचना पनि दुरुस्त नै छन् । त्यस्तै बाहिर अशोक स्तम्भ, पुष्करिणी, अन्य संरचनाका सार्थै लुम्बनी विश्व सम्पदा सूचिमा सूचीकृत रहेको सूचनापाटी पनि राखिएको छ । भिक्षु मैत्री महास्थविरका अनुसार हाल दैनिक दुईदेखि तीन हजार दर्शकले मिनी लुम्बिनीको दर्शन

गरिरहेका छन् । जबकि नेपालको लुम्बिनीमा स्वदेशी तथा विदेशी गरेर दैनिक पन्द्रह सयदेखि दुइृ हजारले मात्रै दर्शन गर्न आउँछन् । देैनिक रुपमा त्यहाँ ध्यान तथा पूजा पनि हुने गर्दछ । तर यस्ता गतिविधिहरु नेपालमा देख्न मुस्किल नै हुन्छ । नेपालको लुम्बिनीमा विहानैदेखि भिजिटरहरु देख्न त पाइन्छन् तर त्यहाँ बौद्ध धार्मिक गतिविधिको नितान्त अभाव छ । केही वर्षअघिदेखि त्यहाँ एका विहानै जापानी भिक्षुहरु आफ्नो विहारदेखि ‘‘नामो म्योहो रंगेक्यो’’ मन्त्र जप्दै र दुन्दुभी बजाउँदै मायादेवी मन्दिरसम्म पुग्छन्  र त्यहाँ सूत्रपाठ गरेर फर्कन्छन् । केही समयअघि तिनै भिक्षुहरुसँगको बसाइका क्रममा म पनि त्यसरी मन्त्र जप्दै र दुन्दुभी बजाउँदै मायादेवी मन्दिर पुगेको थिएँ तर मान्छेहरु हामीलाई मरुभूमिमा फुलेको फूल झैं अचम्म मानेर हेरिरहेको जस्तो अनुभूति भयो । 

बसन्त महर्जन
September 29, 2013, Sunday

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb