Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

मतिना अमात्यहरूलाई मेरो जवाफ

Posted on 2024-04-112026-02-06 by बसन्त महर्जन
बसन्त महर्जन

मतिना अमात्य, कसैको नाम हुनसक्छ । तर यहाँ यसलाई छद्मनामको रूपमा लिएको छु । मलाई नजिकबाट चिनेको भनेपनि यो नामलाई मैले चिनेको त के, कहीँ कतै पढेको वा सुुनेकोसम्म पनि छैन । तसर्थ कहीँकतै कोही व्यक्तिविशेषसँग यो नाम जोडिन गएको भए संयोगको रूपमा लिन र यो लेखसँग बेसरोकार भनेर बुझ्न सर्वप्रथम अनुरोध गर्दछु ।

नेवार समाजमा छोरी मान्छेका लागि सम्पन्न गरिने बार्हाः संस्कारका बारेमा लेखिएको मेरो एउटा लेख हिमालखबर डटकममा प्रकाशित भएको थियो । लेखका प्रतिकृया सोही डटकममा मतिना अमात्यको नामबाट प्रकाशित भयो । प्रतिक्रियाहरू सकारात्मक वा नकारात्मक, जस्तोसुकै रूपमा आए पनि म स्वीकार्छु तर यहाँ अलि बेग्लै कुरा प–यो । प्रतिकृया पढ्दै गर्दा छद्मनाम भएपनि कोही एक परिचित मेरो मानसपटलमा राम्रैसँग झुल्किन आए । यसमा प्रतिक्रिया कम, द्वेष, ईष्र्या र कलुषित भावना बढी थियो । निजात्मक कुरा पनि भएका कारण प्रतिकृयामा व्यक्त कतिपय कुराको चर्चा र रेस्पोन्स गर्नुपर्ने आवश्यक देखेर यहाँ लेखिरहेको छु ।

प्रतिकृयाको पहिलो वाक्य हो, ‘‘शव्दगत रूपमा मलाई दुःख लागि रहेको छ । हिमालजस्तो प्रतिष्ठित पत्रिकाले नेवार समाजमा प्रचलित बार्हाः बारे छेउ न टुप्पोको लेख प्रकाशित गरेकोमा ।’’ मन नपरेपछि दुःख लाग्नु स्वाभाविक हो र यो व्यक्तिगत कुरा भयो । ‘छेउ न टुप्पोको लेख’ भन्न सक्नुको अर्थ हो, लेख कस्तो हुनुपर्छ भन्ने सवालमा मतिना अमात्य पूर्ण रूपमा जानकार छन् । अनि यो पनि स्पष्ट भयो कि, बार्हाः संस्कारबारे अनभिज्ञ होइनन् । एक संस्कृति लेखकका नाताले पूर्ण विश्वासका साथ भन्नै पर्ने हुन्छ, यो छेउ न टुप्पोको लेख होइन, अनि बार्हाः संस्कारका सम्बन्धमा परम्परागत नभएर नयाँ दृष्टिकोणबाट हेरिएको हो ।

‘‘लेखकलाई म निकै नजिकबाट चिन्दछु ।’’ भन्छन् तर यो नामको कोही व्यक्ति अहिलेसम्म मेरो जानकारीमा छैन । यो छद्मनाम धारक जो छ, त्यसलाई म पनि नजिकबाटै चिन्दछु । उनी पनि संस्कृतिसम्बन्धी कलम चलाउने लेखक नै हुन् । परिचित भएपछि व्यक्तिगत रूपमा नै प्रतिकृया दिन सकिन्छ । अथवा, लेखेरै पनि भन्न सकिन्छ । यसका लागि छद्मनामको जरुरत छैन । उनी अगाडि लेख्छन्, ‘‘वहाँ बुद्धधर्म सम्वन्धी राम्रो लेख्नुहुन्छ । चिन्दछु को अर्थ वहाँले जे लेखेपनि राम्रो छ भनी प्रशंसा गर्न सकिन्न । व्यक्तिगत रूपमा वहाँलाइ प्रतिक्रिया दिन सक्छु । तर वहाँको क्रुद्ध हुने बानीले मैले प्रतिक्रिया दिन छोडीसकें ।’’

मेरो लेखनको पठन उनी कति गर्छन्, त्यो मलाई थाहा भएन । प्रतिकृया हेर्दा यति स्पष्ट भयो, मेरो लेखनको प्रवृत्तिबारे भने उनी अनभिज्ञ नै रहेछन् । ‘‘क्रुद्ध हुने बानीले मैले प्रतिक्रिया दिन छोडीसकें’’ भन्नुको अर्थ हो, यसअघि प्रतिकृया दिँदा रहेछन् । तर वास्तवमा मैले त्यस्तो खास प्रतिकृया पाएको छैन । उनकै अन्य साथीहरूले भने प्रतिकृया दिने गरेका छन् । जसरी प्रतिकृया आयो त्यही रूपमा जवाफ फर्काउँदा कतिपयलाई आघात भएको पनि खबर पाएको छु । आक्रामक रूपमा आक्षेप लगाएपछि सोही भाषा शैलीमा जवाफ फर्काउनुलाई अन्यथा लिनु हुँदैन । जुन कुराको दावी गरियो त्यो कुराको तथ्यसहित खण्डन गर्दैमा तिलमिलाउने, आघात परेको महसूस गर्नु त अपरिपक्वता हो । विपक्षीलाई जवाफ दिन म सकभर पछि पर्दिनँ । मेरो यही स्वभावलाई क्रूद्ध भनेको हो भने त्यो आआफ्नो ग्रहण गर्ने क्षमताको कुरा हो ।

यसै सम्बन्धमा थप एउटा कुरा उल्लेख गर्नै पर्ने हुन्छ । एक ताका उनी एउटा अनलाइन समाचार पोर्टल चलाउँथे । त्यसमा लेख्न मलाई बारम्बार अनुरोध गरिरहन्थे । लेख्ने मूडमा पनि थिएँ । तर त्यसमा प्रकाशित एक लेखमा मेरो ध्यानाकर्षण भएको थियो । तथ्यगत कुरा मिल्दैन भनें, उनको प्रतिकृया थियो, ‘लेखकहरूको आआफ्नो विचार हो ।’ यसबाट स्पष्ट बुझियो, मतिना अमात्य तथ्य र भाष्यको भिन्नता छुट्याउन पूर्णतः असमर्थ रहेछन् । सोही लेखका लेखकले अन्यत्र लेखेका थिए, ऋग्वेदको रचना नेपालमा गरेका हुन् । यस स्तरको लेखनमा अभ्यस्त भएका लेखकहरू प्रतिष्ठित हुने ठाउँमा म प्रतिस्पर्धा गर्दिनँ । काठमाडौंको प्रसिद्ध काष्ठमण्डपको महिमा गाउने क्रममा गौतम बुद्धका शिष्य भिक्षु आनन्द यहाँ आएको बेला प्रवचन दिएको ठाउँ भनेर एउटा साप्ताहिक पत्रिकामा प्रकाशित भएकै कारण सो पत्रिकामा राम्रो पारिश्रमिकसहित सुरु हुन लागेको मेरो स्तम्भलेखनलाई हठात् स्थगन गरेको थिएँ । जस्तो पायो त्यस्तो ठाउँमा लेख्नु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो । लेख्छु भनेर पनि नलेखेकै कारण ‘क्रूद्ध’ भनेको हो भने, त्यसमा मेरो भन्नु केही छैन ।

‘‘यस लेख बार्हाः बारे वहाँले नेवार समाज नबुझ्नेहरूलाई दशैंमा बच्चाहरूले समाएको धागोको गुजुल्टो जस्तो गरी लेख्नु भयो । यस लेखमा न यसमा शास्त्रीय मान्यता छ । न सामाजिक पक्ष । मात्र सस्तो लोकप्रियताका लागि यौन शिक्षामात्र जोड्ने काम भइरहेको छ ।’’ भन्ने प्रतिक्रिया मेरो लेखनसँग सम्बन्धित छ । यस लेखमा शास्त्रीय मान्यता र सामाजिक पक्ष नभएको कुरा औंल्याइएको छ । एउटै लेखमा सबै कुरा अटाउन सकिन्न । लेखको उद्देश्य नै फरक छ । बार्हाः के हो भन्ने जानकारी दिने वा परिचयात्मक लेख नै होइन । बार्हाः को शास्त्रीय मान्यताहरू के कस्ता छन् भनेर लेखिएका सयौं लेखहरू छ्यापछ्याप्ती पाइन्छन् । प्रायः उल्लेख गरिने शास्त्रहरूको रचनाभन्दा अघि नै बार्हाः संस्कारको विकास भइसकेको मान्यता राखेर हिड्ने मलाई ती शास्त्रहरू मेरालागि कुनै महत्व छन् भने खण्डन गर्नका लागि मात्रै हुन् । यस अवस्थामा मतिना अमात्यहरूलाई सन्तुष्ट पार्नकै लागि शास्त्रीय मान्यताहरू उल्लेख गरिरहनु पर्छ भन्ने छैन । बार्हाः नाम नै हुँदैन, पद्दति पनि फरक हुन्छ तर विभिन्न समाजमा बार्हाः सँग मिल्दोजुल्दो संस्कारहरू अन्य समाजमा पनि पाइन्छ । ती समाजहरूमा पनि यो संस्कार यौनशिक्षासँग नै जोडिन गएको पाइन्छ । यौन शिक्षा चाहिन्छ र बार्हाः मा आएको विकृतिका कारण यौन शिक्षा ओझेलमा परेको भन्ने कुरा नै त्यो लेखको मुख्य आसय हो । सस्तो लोकप्रियताका लागि यौन शिक्षाको चर्चा गरिएको होइन ।

काठमाडौंको नेवार समाजमा अहिले बार्हाः नराखी त्यसको विकल्पमा ‘ऋषिप्रवज्या’ गर्ने चलन रहेको कुरा पनि लेखमा परेको छ । ‘थेरवादी बौद्ध सम्प्रदायसम्बद्ध केही विहारमा यो कार्यक्रमको आयोजना गरिन्छ । बार्हाः को विकल्प ऋषिप्रवज्या हुनसक्दैन र दुई भिन्नाभिन्नै कुरा हुन् भन्ने मेरो आसय हो । यसै सम्बन्धमा अलि अस्पष्ट प्रतिक्रिया रहेछ, ‘‘अर्कोतर्फ थेरवादी बौद्ध समाज जुन पूजापाठमा आधारित धर्म संस्कृति र सांसारिकताको त्याग गर्नेले अहिले रजश्वलामा आधारित बार्हाः गर्न थालेको छ भनी थेरवादीहरूको विरोध गरेको छ । जबकि समाजलाई रजश्वला अपराध होइन भनी सिकाउनु गलत हो ? वहाँले नै लेख्नुभएको गुड टच र ब्याड टच बारे जानकारी दिनु गलत हो ?’’ थेरवादीहरूको विरोध नभएर थेरवादीहरूले बार्हाः को विकल्पमा भनेर ऋषिप्रवज्या गराउन थालेको कामको विरोध भनेर बुझ्नु जरुरी छ । ‘ऋषिप्रवज्या’मा के हुन्छ भनेर थाहै नपाई प्रतिकृया आएको भनेर बुझ्न कठिन भएन । ‘समाजलाई रजश्वला अपराध होइन भनी सिकाउनु गलत हो ?’ भनेर यस लेखकसँग सोध्नु अघि ऋषिप्रवज्याका अवसरमा रजश्वला अपराध हो–होइन भनेर सिकाइँदैन भनेर थाहा पाएको भए यस्तो प्रश्न गर्नु आवश्यक हुँदैनथ्यो । ऋषिप्रवज्याको उद्देश्य ‘गुड टच’ र ‘ब्याड टच’ बारे जानकारी दिनु होइन पनि ।

मतिना अमात्य एक उत्साही लेखक हुन्, संभावना पनि देख्छु । तर अध्ययनको कमी उनकै प्रतिकृयामा छताछुल्ल भएको छ । नेवार संस्कृतिसम्बन्धी मेरो लेखनलाई उनले आफ्नो क्षेत्रमा हस्तक्षेप भएको अर्थमा बुझेको पनि हुनसक्छ । वास्तविकता त के हो भने, यो क्षेत्रमा उनी मात्रै छैनन्, अरु पनि धेरै छन् । उनी लेखन क्षेत्रमा प्रवेश गर्नुअघिदेखि नै म उनलाई राम्ररी चिन्दछु र त्यही बेलामा म संस्कृतिसम्बन्ध अध्ययन अनुसन्धान तथा लेखनमा लागेर म एक लेखक भइसकेको थिएँ । छद्मनाम हो, कसैले चिन्दैन भनेर मप्रतिको द्वेष वा ईष्र्या त पोखे पोखे, साथसाथै सम्पादकलाई पनि अर्ती उपदेश दिन हिच्किचाएन । ‘‘त्यसैले लेख्दैमा लेख हुन्छ भन्ने भावनाप्रति सम्पादक महोदयपनि संवेदनशील भइदिनुहुन अनुरोध गर्दछु ।’’ भनेर सम्पादकलाई दिएको अर्तीउपदेशमा आफ्नै हैसियतभन्दा निकै माथि उफ्रेको त देखिन्छ नै, साथसाथै सिकारु लेखकलाई भनेर गरिने प्रशंसामा नै मात्तिन थालेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb