Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • On going works
    • Tour organizing
Menu

नयाँ पत्रिकाको ३ प्रश्न इतिहास

Posted on 2025-04-152025-09-30 by admin

# नेपाली समाज विशेषतः काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा जात्राको रौनक देख्न सकिन्छ । जात्रा संस्कृतिको महत्त्वबारे केही बताइदिनुस् न ।

– नेपाली समाज, विशेषतः काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा जात्राको विशेष महत्त्व छ। ‘जात्रा’ केवल धार्मिक होइन, सामाजिक उत्सव पनि हो, जसले लोकजीवन, परम्परा र आस्थालाई समेट्छ। हिन्दु र बौद्ध धर्मको प्रभाव रहेको नेपालमण्डल क्षेत्रमा जात्राको सुरुवात यी धर्म फैलिनुअघि नै भएको पाइन्छ। जात्रा जनजीवन, प्रकृति र परम्परागत विश्वाससँग गहिरो रूपमा जोडिएको सांस्कृतिक अभ्यास हो, जसले सामाजिक एकता र सामूहिक जीवन्तता झल्काउँछ।

# काठमाडौं उपत्यका र समग्र नेपालमण्डलमा नयाँ वर्षको समयमा बिस्कादेखि गहना खोज्नेलगायत विभिन्न जात्रा मनाइएको देख्न सकिन्छ। नयाँ वर्ष र यी जात्रामा कुनै सम्बन्ध छ ?

– बिस्का जात्रा, गहना खोज्नेलगायत जात्रा काठमाडौँ उपत्यका र नेपालमण्डल क्षेत्रमा नयाँ वर्षको आसपास पर्न सक्छन्। तर, तिनको उत्पत्ति नयाँ वर्षसँग नभई मौसमी चक्रसँग सम्बन्धित छ। नेपालमा विक्रम संवत् प्रचलनमा आउनुअघि नै यी जात्रा मनाइन्थे । उदाहरणका लागि बिस्का जात्रा पहिले अन्य मितिमा पनि सुरु हुने गर्थ्यो। वैशाख महिनालाई भारत, श्रीलंका, बंगलादेशमा समेत संवत् सुरु हुने समय मानिन्छ, सम्भवतः मौसम परिवर्तनको कारण। त्यसैले यी जात्रालाई नयाँ वर्षभन्दा मौसमसँग जोडेर बुझ्नु उपयुक्त हुन्छ ।

# नयाँ पुस्ता, विशेषतः जैन जी पुस्ताले जात्रामा कति रुचि देखाउँछन् र जात्रा कसरी मनाइरहेका छन् ?

– समाज सधै परिवर्तनशील हुन्छ, हरेक पुस्ताले आफ्ना नयाँ मूल्य र शैली अपनाउँछ । हजुरबुबा पुस्तादेखि अहिलेका छोराछोरीसम्म जात्रा मनाउने तरिका फरक भए पनि उत्सवको मर्म भने जीवित छ। आजका युवाले नेपालभाषाको सट्टा अंग्रेजी गीतमा नाच्न सक्छन् वा घरेलु मदिराको सट्टा ब्रान्डेड मदिरा प्रयोग गर्न सक्छन्, तर जात्राप्रतिको उत्साह यथावत् छ।

(नयाँ पत्रिका दैनिक, २ वैशाख २०८२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
(आउट अफ स्टक)
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
(आउट अफ स्टक)

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487

email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb