Skip to content

Basanta Maharjan

इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Translation
      • Story
      • Comments
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Blogs
    • Supports
    • Tour organizing
Menu

सत्यसम्म पुग्ने बाटो छैन

Posted on 2025-03-042025-03-04 by admin
बसन्त महर्जन

‘ट्रूथ इज अ पथलेस ल्याण्ड’ (Truth Is Pathless Land) अर्थात् सत्यसम्म पुग्ने बाटो छैन । सत्यसम्म पुग्ने भनिएका विभिन्न नाउँका बाटोहरूलाई एउटा नकारात्मक जवाफ हो, यो स्टेटमेन्ट । यही स्टेटमेन्टका कारण आध्यात्मिक बजारका खुँखार व्यापारीहरुले भन्न थाले- जे.कृष्णमर्ूर्ति भन्ने त एउटा खतरनाक मान्छे हो ।

जे. कृष्णमर्ूर्ति !

उनी एउटा हलचल हुन्, खलबल हुन् । उनका शिक्षा र सम्वन्धमा विश्वका विभिन्न प्रतिष्ठित र विशिष्टतम पत्रपत्रिकाहरुमा बेलाबेखत प्रकाशित भइराख्छन् । विशिष्ट साहित्यकार, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर वैज्ञानिक, राजनीतिज्ञहरुदेखि साधारणभन्दा साधारण व्यक्तिहरुले पनि उनलाई पढिराखेका छन् । आफ्ना पुस्तक पढेर पाठकले बुझेपछि त्यो पुस्तक च्यातेर फालिदिए पनि हुन्छ भनेकोबाट प्रष्ट हुन्छ, पुस्तकमा भएको कुरा महत्व छ, पुस्तककै होइन । साँच्चै, उनका पुस्तकहरू पढ्दै गर्दा ऐना हेरिराखकेो जस्तो हुन्छ, आफूलाई देखिसकेपछि ऐनाको के काम ?

”क्षमा गर्नु होला सज्जनवृन्द, मेरो पासपोर्ट भारतीय भए पनि म भारतीय होइन”, उनले एकपल्ट भनेका थिए । प्रचलित भाषामा जे. कृष्णमर्ूर्ति भारतमा जन्मिएका एक नागरिक हुन् । भारतको मद्रास शहरमा एउटा ब्राम्हणको घरमा उनको जन्म भएको थियो । तर उनी कुनै राष्ट्रको नागरिकको रुपमा बाँचेनन् । उनका अनुसार राष्ट्र-राष्ट्रियता भन्ने कुरा मान्छेको स्वतन्त्रतामा तगारो हो ।

हामी एउटा नीति, आचार, सिद्धान्त र निर्देशनमा अभ्यस्त छौं । कुनै एउटा आस्थालाई आफ्नो आधार बनाएर अर्को आस्थाप्रति अनास्थामा बृद्धि गर्नुलाई नै बुद्धिमान ठान्छौं । राम जन्मभूमि, बावरी मस्जिद भड्काउने अथावा पुनः निर्माण गर्नुमा नै गौरव मानिराखेका हामीले बुझ्नै सकिराखेका छैंनौं- यी सबै कुरा के कारणले भइराखेका हुन् ? बाबरी मस्जीद भत्काउनै पर्ने अथवा यथास्थितिमै राख्नु पर्ने किन ? यी सबै  आस्थाको उपज हो । आस्थाको उपज भन्ने कुरा नै अर्थहीन छ । यो अर्थहीन कुरा हामी देख्दैनौं । जाति, भाषा, धर्म, राष्ट्र, राष्ट्रियता, इष्र्या, द्वेष मोह सबै अर्थहीन कुरा हो । यी कुराहरु विचार नगरी पर्ूवाग्रही नभई हर्ेदा अर्थहीन देखिनु र एकै पल्ट हामी परिवर्तन हुने कुरा नै उनका पुस्तकहरुको निचोड अथवा सारसंक्षेप पो हो कि भन्ने लाग्छ ।

एउटा पापी मान्छे सन्त हुन गए ऊ एउटा भ्रमबाट अर्को भ्रममा स्थानान्तरण मात्र भएको हो भन्ने जे. कृष्णमर्ूर्तिको आँखामा चर्च, विहार, मन्दिर, मस्जिदजस्ता संगठनहरू मनोरञ्जन र सुरक्षाका अखडा मात्र हुन् । उनका अनुसार सबर्ैर् इश्वर, सबै विचारधारा आन्तरिक सुरक्षाका खोजका उपजहरु हुन् । सुरक्षाको कारण भय हो भनेर हामी सबै बुझ्छौं । त्यसैले जे कृष्णमर्ूर्ति भन्छन्- भय एउटा आदत हो, यसबाट मुक्त हुनर्ुपर्छ ।

प्रेमको परिभाषा धेरै भइसक्यो । सबैभन्दा बढी परिभाषित शब्द संभवतः प्रेम नै होला । यो स्वाभाविक पनि छ किनभने जानीनजानी मान्छेहरु प्रेमका निम्ति बाँचिरहेका छन् । कसैलाई प्रेमको अनुभव भएको भए उसको जीवन स्वणिर्म हुन्छ होइन भने व्याकुलता र रुघ्णतामात्रै । प्रेमका निम्ति हामी बाँचिरहेका हौं । हिजो यो प्राप्त भएन, त्यसैले आज बाँचिरह्यौं, एउटा आशा लिई । आज पनि प्राप्त भएन, तर प्राप्त हुने आशा छ, एउटा झलकको उपस्थिति छ । आज प्राप्त नभए भोलि होला कि भन्ने आशाले पनि हामीलाई जीवित राखेको हो । होइन भने कुनै जमानामा नै हामीले सामूहिक आत्महत्या गरिसक्थ्यौं होला । प्रेमका निम्ति हामीले श्रीमान श्रीमतीको साइनो बनाएका छौं । यस्तै साइनोहरुको सम्वन्ध स्थापित गरेर हामी सम्वन्धका कैदी भइराखेका छांै । तर जे कृष्णमर्ूर्ति भने विना स्वतन्त्रता प्रेम गर्न नसकिने कुरा गर्छन् । उनी भन्छन्- कसैले कसैलाई प्रेम दिन सक्दैन । स्वतन्त्रता एउटा त्यस्तो कुरा हो जुन त्यति बेला मात्रै उपलब्ध हुन्छ जुन बेला तपाई त्यसलाई खोजिराखेको हुन्न । त्यो त्यति बेला प्रकट हुन्छ जति बेला थाहा पाउँछ कि आफू एक बन्दी हुँ ।

उनले चाहेको भए वर्तमान विश्वको बुद्धका रुपमा प्रतिष्ठापन हुन सक्थे । तत्कालिन समाजमा निकै प्रभाव रहेको थियोसोफिकल सोसाइटीले एउटा विश्व शिक्षक आउँदै गरेको भन्ने घोषणा गरेको थियो भने पछि जे. कृष्णमर्ूर्तिलाई भारतमा भेटाएर लगी सोही अनुसार शिक्षादीक्षा दिएर हर्ुकाइएको थियो । उनको अध्यक्षतामा र्’अर्डर अफ द स्टार’ पनि गठन गरिएको थियो । तर बुझ्ने भएपछि यी संगठनहरुबाट आफूलाई छुटाएर घोषणा गरिदिए, सत्यसम्म पुग्ने बाटो छैन । हजारौं सदस्य रहेको त्यो संगठन भङ्ग गरेको घोषणा गरेर स्वतन्त्र रूपमा जीवनका कुराहरू गर्दै विभिन्न ठाउँ घुम्दै रहे ।

बाँच्नलाई नबोली बोल्नलाई बाँच्ने जे. कृष्णमर्ूर्तिको मृत्यु सन् १९८६ मा भएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू.१५०/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2025 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb