पर्यटकीय आकर्षणका लागि के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्ने सोच आफैंमा प्रशंसनीय छ तर धार्मिकीकरणबाहेक अन्य उपाय नदेख्नुलाई भने दृष्टिदोष नै मान्नुपर्दछ।
Category: नेपाली भाषा
काँक्रेविहारबाट सिक्नुपर्ने पाठ: यस्तो गल्ती अन्यत्र नगरौं
राष्ट्रपति विद्यादेवी भण्डारी जेठ १७ गते बाजुराको बडिमालिका जाने क्रममा सुर्खेत उपत्यका पुगी वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित काँक्रेविहारको अवलोकन गर्नपुग्नुभयो। आजभोलि यो एक पर्यटकीय स्थलको रूपमा विकसित र चर्चित भएको छ। पूर्व–पश्चिम लाम्चो परेको डाँडाको पश्चिमी थुम्कोमा छरपस्टिएका पुरातात्विक अवशेषहरू जम्मा गरेर मन्दिरको पुनर्निर्माण गरिएको छ। सर्वसाधारणदेखि बौद्धिक वर्ग पनि यो निर्माणकार्य भएबाट खुसी देखिन्छन् तर…
काठमाडौं बौद्ध संस्कृतिको पर्यायः ‘गुंला पर्व’
काठमाडौं उपत्यका र यससँग सम्बन्धित नेवार बौद्ध समाजमा साउन महिनातिर एउटा विशेष रौनक देखिन्छ। एक महिना लामो यो रौनक धार्मिक तथा सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ। यो समाजमा यसलाई ‘गुंला पर्व’ वा ‘गुंला धर्म’ भनिन्छ। श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्मको एक महिना नेपाल संवत्अनुसार दशौं महिना हो र यसलाई ‘गुंला’ भनिन्छ। ‘गुण’ वा ‘गुन’…
पञ्चायतमा चोरिएका मूर्ति र नासिएको गुठी
राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भइसकेपछि पनि पुन: राजतन्त्र नै फर्काउन भइरहेको कसरतलाई नजरअन्दाज गर्न मिल्दैन। राजतन्त्रवादीहरूको एउटा जिकिर छ, धर्म, संस्कृति र परम्परा बचाउने हो भने राजतन्त्र नै चाहिन्छ। यसरी नै एक तप्काका हिन्दू धर्मावलम्बीहरू हिन्दू धर्मको संरक्षक राजा हुन्छन्, राजा विष्णुको अवतार हुन् र राजतन्त्र मासिएपछि हिन्दू धर्ममा खतरा आइपर्छ भन्ने मान्यता राख्छन्।…
साधन छ, ढङ्ग छैन- भन्छन् गरिब छौं
राजा वीरेन्द्र शाहले आफ्नो सम्बोधनमा ‘पछौटेपन’ शब्दलाई विशेष रूपमा प्रयोग गर्थे। धन नभएर हामी गरीब भएका होइनौं, हाम्रो प्रमुख समस्या ‘पछौटेपन’ हो भन्ने सन्दर्भमा यो शब्दको प्रयोग भएको पाइन्छ। यसको शब्दकोशीय अर्थ त उहिल्यै बुझिएको हो तर सिन्धुपाल्चोकको एउटा गाउँमा पुगेपछि अझ गहिरोसँग बोध भयो। एउटा अनुसन्धानका लागि केही वर्षअघि सिन्धुपाल्चोक पुगेको समूहमा म पनि…
सांस्कृतिक अनभिज्ञताको प्रतीक यँया: (इन्द्रजात्रा)
कुमारी घरबाट कुमारीलाई निकालेर रथ चढाइ लगेको एउटा दृष्य मात्रै देखाएर इन्द्रजात्रा भन्न थालिएको छ
गणतन्त्रमा कैलासकूट राज–भवनको खोजी
संवत् ३२ (ई.सं. ६०८) को साँगाको अभिलेखमा यस भवनको तारिफ गर्ने क्रममा यसलाई ‘पृथ्वी तलको टीका जस्तो भएको, कुरिकुरि लागेका दुनियाँहरूले आँखा झिम्म नगरी हेरिएको’ भन्नुको अर्थ नयाँ र भव्य भवनलाई रुचिपूर्वक हेर्ने गरेको भनेर बुझ्नु पर्दछ।
तीर्थ हो टुकुचा, कहाँ हराएको थियो र भेटिनलाई?
काठमाडौंमा ‘हराएको टुकुचा भेटिएको’ भन्ने उदेक लाग्दो समाचारले ३० भदौ (२०७९) देखि झ्याली पिट्यो। हराएको कुरा खोजेर भेटिएको अर्थात् ‘डिस्कभरी’ नै भएजस्तो गरी प्रचारप्रसार गर्ने पारा र सर्वसाधारणमा देखिएको उत्साहलाई झट्ट हेर्दा हाम्रा सञ्चारमाध्यम मात्रै नभएर सबै क्षेत्र सम्पदाका मामिलामा निकै सचेत र अत्यन्तै जागरुक देखिए तर वास्तविकता यस्तो छैन। बरु यसले हामी प्राकृतिक तथा…
दसैंमा पशुुबलि
नेपाली जनजीवनको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रचलित अनेकौं चाडपर्वमध्ये सर्वाधिक चर्चित र विवादास्पद पर्व दसैं हो भन्दा कतिपयलाई चित्त नबुुझ्न सक्छ। सामाजिक सद्भाव तथा पारिवारिक मिलनको रूपमा यसलाई लिन मनपराउनेहरूलाई विवादको कुरा चित्त नबुुझ्नु स्वाभाविक पनि हो तर नेपाली समाजलाई सरसरती मात्र हेर्दा पनि दसैंको बेला अनेकौं विरोधाभासहरू छचल्किने गरेको पाइन्छ। नेपाली समाज बुुझ्न यसतर्फ…
सत्यमोहन जोशीसँगका सम्झना
सत्यमोहन जोशीसँग अन्तर्वार्ता लिइरहेको थिएँ– उहाँकै घरको अध्ययन कक्षमा। यसैबीच हाम्रो सामु तात्तातो ‘योमरी’ आइपुग्यो– त्यो धान्यपूर्णिमाको दिन थियो। यो पूर्णिमालाई नेवार समाजमा योमरीसँग जोडेर हेरिन्छ। यही भएर पूर्णिमाको नाम नै ‘योमरी पुन्हि’ रहेको हुनुपर्छ। वर्षको पहिलो धान बाली भिœयाई त्यही चामल पिँधेर तयार गरिने पिठोबाट विशेष प्रकारको योमरी बनाइ भकारीमा राखेर त्यसको पूजा गरिन्छ।…



