यस वर्षको धर्मादित्य पत्रकारिता पुरस्कार मलाई प्रदान गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू ९ललितपुर शाखा० ले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दछ । बौद्ध विद्वान, अग्रज बौद्ध अभियन्ता एवं प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यले कलकत्ताबाट “बौद्ध धर्म व नेपालभाषा” म्यागेजिन प्रकाशित गर्नुभएको एक शताब्दी भयो । यस बीचमा नेपालमा बौद्ध धर्म र नेपालभाषाले धेरै कोल्टे फेरिसकेको छ र प्रत्येक कोल्टे फेराई प्रगतिउन्मुख नै साबित भयो । जुन व्यक्तित्वको पदचाप पछ्याउँदै हिडिरहेको छु उनकै नाममा स्थापित पुरस्कार ग्रहण गर्न पाउनु विशेष कुरा हो । नेपालभाषामा मेरो पत्रकारिता २०५२ सालमा विश्वभूमि दैनिकबाट भएको हो ।
