Skip to content

Basanta Maharjan

अध्येता एवं लेखक: इतिहास, संस्कृति, पुरातत्त्व, पर्यटन तथा बौद्ध अध्ययन

Menu
  • HOME
  • About Me
    • Archaeology
    • Buddhist Studies
    • Culture
    • History
    • Journalism
    • Literature
      • Poem
      • Story
      • Niyatra (Travelogue)
      • Translation
      • Comments
    • Newar Studies
    • Philoshophy
    • Photography
    • Tourism
  • Publications
    • Articles
      • नेपाली भाषा
      • नेपालभाषा
      • English
    • Books
      • News & Review
      • About Book
      • Shop
  • Awards
  • Media Coverage
    • Audio
    • Online
    • Print
    • Visual
  • Photo Gallery
  • Vivids
    • Activities
    • Supports
    • Tour organizing
Menu

आफसो

Posted on 2025-07-12 by admin

लेखकः पूर्णदास श्रेष्ठ
अनु. बसन्त महर्जन

देख्न त थुप्रै जातका कुकुरहरू देखसिकें । डेक्सहण्ड, कुली, कक्कर स्पेनियल, स्नोउजर, विगल, टेरियल बुलडग, ग्रेहाउण्ड, इत्यादी जातका कुकुरहरू देख्ने मौका बम्बईमा अमेरिकन, अस्ट्रेलियन, जर्मन, स्वीस र पारसीहरू सितको सम्पर्कबाट मिलेको थियो । फेरि त्यति बेला कालिम्पोङमा पंबुलाकोमा एउटा चिनिया कुकुर पनि देखेको छु– कालो–सेतो छिर्के भएको, अलि सानो खालको । कुकुर यति सानो छ कि, चिनिया“हरू भात खाने अलि ठूलो थालैले छोप्न सकिने खालको । तर अचम्म लाग्दो कुरा त के भने मलाई कुकुर पाल्ने विचार त कहिल्यै पनि आएन । प्राणीहरूसितको प्रेमले प्रभावित भएरभन्दा कुकुर पाल्ने महानुभावहरूमा पाइने आडम्बर अहंकार, घमण्डको भाव देखेर हुन सक्छ ममा कुकुर पाल्ने विचार नआएको । कुरा जस्तो सुकै होस्, तर ६० वर्ष पुगिसकें, कुकुर पालेको छैन । सा“च्चै बुलडग देखेर अलिकति घृणा पनि हुन्छ । अनि कान ठाडो, पुच्छर सोझो र शरीर लामो भएर अग्लाई नभएका कुकुरहरू पनि मलाई मन पर्दैन ।

भूमिका धेरै लामो नबा“डी अब म वस्तुस्थिति तिर लाग्छु । साथीभाइ मिली कोदारी जाने मौका गत वर्ष मिल्यो । हामी छ जना साथीहरू एउटा मर्सिडिज कारमा बसेर यात्रा शुरु ग¥यौं । बा¥हबिसे पुग्दा मर्सिडिजजस्तो असल खालको कारले पनि धोका दियो । खोइ कुन्नी, एउटा मेशिन बिग्रियो रे । बा¥हबिसे पुगेपछि मात्रै कारले धोका दियो, यही राम्रो भयो । हामी सबै कारबाट ओर्लियौं, ओर्लिनै प¥यो । मोटर बनाउन लागेको एउटा ड्राइभरलाई छाडी हामी बा¥हबिसे बजार घुम्न हिड्यौं अर्थात् मौकाको फाइदा त उठाइहाल्यौं भन्नु पर्छ । भोटेकोशीको किनारमा लहरै बजार बसिसकेको रहेछ । ढुंगा ओछ्याइएको बाटो, सा“गुरो चौडाई भएपनि पसलहरू दुवैतिर भएकोले एक समयमा त्यो बजार झलमल हुने कुरा प्रष्ट थियो । कोरा फरिया सजाइएका कपडा पसलहरू, दुई चार वटा बच्चाहरूका फ्रक झुण्ड्याइराखेका पसलहरू पनि देखिन्थ्यो । फलामका भाडाकु“डा पसल पनि देखिन्थ्यो । कहिंकहिं पसलहरूमा रेडियो र ट्रान्जिष्टर बजाइराखेकोले आधुनकि सभ्याताको चिन्ह त्यतातिर पनि पुगेको देखिन्थ्यो ।

१० मिनेटमा बजार हेर्ने काम सकाएर एउटा चिया पसलमा छि¥यौं । पा“च छ जनामात्र बस्न हुने खालको बेंच अटाएको उक्त पसलभित्र बस्नुभन्दा बाहिरै बस्न रुचायौं । दुई तीन जना साथीहरू त उभिन नै चाहे । चिया पाकिसकेको थिएन, पकाउ“दै थिई साहुनी । मेरो आ“खा टेरियर जातको कुकुरमाथि प¥यो । त्यो लाछि कुकुर थिएन । त्यो आफसो जातको भोटे कुकुर रहेछ । मेरो साथी ज्ञानरत्न बोल्यो– “यो भन्दा असल जातको कुकुर तिब्बत क्षेत्रमा एउटै मात्र छ– घोखि (गिद्ध कुकुर), पहाडमाथि गु“ड बनाएर बस्ने ठूलाठूला गिद्धहरूले फुल कोरलेर होइन कि त्यत्तिकै बच्चा जन्माउने ।” त्यस्तो आफसो कुकुर मेरो अगाडि नै उभिराख्यो । त्यो कुकुर मलाई नै हेरिराखे जस्तो लाग्यो, सा“च्चै हो रहेछ । लामो लामो रौं भएको त्यो कुकुरमा करुणाको भाव प्रवाहित भइराखेको अनुभव मेरो हृदयले ग¥यो । त्यसले केही कुरा त अवश्य नै भनिराखेको हुनु पर्छ– आ“खाको भाषाले । खानेकुरा मागिराखेको मात्र अवश्य पनि थिएन । त्यो रहेछ भने त मेरो हृदयलाई त्यति सा¥हो प्रभावित गर्ने थिएन । त्यसो भए के भनिराखेको थियो त ? आ“खाबाट आ“सु झरेको पनि देखें । करुणाले भरिको अभिव्यक्ति किन पोख्यो होला ? अवश्य पनि यो आत्मा–आत्मा बीचको सम्पर्क हुनु पर्छ । आफसो जस्तो असल जातको कुकुरको यो दुर्दशा ? ननुहाइदिएको पनि वर्षौ भयो होला । खुट्टाले आफ्नो जीउमा कन्याइरहेकोबाट जीउमा जुम्रा हुन सक्ने कुरा बताउ“छ । आ“खाबाट चिप्रा चिप्रा निस्केर झिंगाहरू भन्किरहेकोले अझ अलि कष्ट भएको देखिन्छ । मनमा कुरा खेल्यो– लाछी कुकुरजस्तो गल्ली गल्ली भौतारेर खाना खोज्नु पर्ने यो कुकुर होइन होला । एउटा कारण यसको मालिकको आर्थिक अवस्था जर्जर भएकोले यो अवस्था आइपरेको हुन सक्छ । यो आफसोको बारेमा विचार गर्दागदै ल्हासा साहूहरूलाई सम्झन पुगें । छुसिंस्या, घोस्या, तरुंस्या झ्वाला, कुंपाला र बज्रसत्वका गुरुजुहरू र साहूहरू सबै अनि तिनका व्यापारीहरू पनि सम्झनाको लहरमा लहरिन आइपुग्यो । यिनैमध्ये कोही आफसोको मालिक हुनु पर्छ । विचार आयो– चीनले पूरा तिब्बत कब्जा गरिसकेपछि ल्हासा साहूहरूले स“गै लिएर आएको कुकुर हुनु पर्छ यो ।

कल्पनाको बुना चुड्ने गरी एउटी हिस्सी परेकी चिया पसल्नी युवतीेले मधूरो स्वरमा चिया लिनु साहुजी भनी तर मलाई त त्यसति बेला रीस पो उठ्यो, साहुनीको स्वर कर्कश लाग्यो ।

साथीहरूले पापड पनि किने । मलाई पनि दिए । एक घुड्को चिया तानी पापड पनि खाए“ । आफसो अलि नजिक आयो । मैले खाइरहेको पापड झम्टेर लेला जस्तो गरेर । साहुनीले आफसोलाई गाली गरी । उसको गालीले उल्टो मलाई पो रीर उठायो । पूरै पापड आफसोलाई दिएर साहनीलाई हकारें– “तिम्रो के बिगा¥यो र यो कुकुरले ?”

साहुनी जिल्ल परी । साहुनीले बिचार गरी होली – कस्तो खालको मान्छे होला यो पनि । आफ्नो व्यवहारको स्पष्टिकरण दिंदै उ बोली – “हेर्नुस् न, अलि असल खालको ग्राहक आउनु नै हु“दैन, देख्यो कि लोभी भएर टुलुटुलु हेरिराख्छ ।” अलि रोकेर पुनः बोली– “सा¥है नहुने कुकुर हो यो, मार्नै मन लाग्छ यसलाई त ।” स्वार्थले प्रेरित विचार हो भनेर बुझें । उसको विचार नै सीमित, खाने र लिने विचार भन्दा बाहिर निस्कनै सक्दैन ।

सबै देख्छन् यो कुकुरलाई । उप्रति माया सवैको हुन्छ र ? मान्छेको मनको कुरा कसरी बुझ्ने ? आफसोलाई कसैले राम्रोसित हेर्दा पनि त हेरेन । मस“ग पनि साथीहरू छन् । बाटोमा हिड्नेहरू पनि छन् । कोही पनि उप्रति आकर्षित भएको देखिन“ । मसित मात्रै यति धेरै आत्मियता किन भएको होला ? चौरासी जुनी लिएर मात्रै मनुष्य जन्म लिनु कुराको मान्यता हाम्रो छ । मैले पनि कुकुरको जन्म लिइसकें होला र ? म त्यो जन्मको आत्मियताले प्रभावित भइरहेको पो कि † मनमा कुरा खेलाउ“दै थिए“ । मेरो एकाग्रतालाई भंग गर्ने स्वर सुनियो– साहुजी, एक गिलास चिया खुवाउनुस् न ।

मलाई सा¥है रीस उठ्यो । आफसोलाई हेरिराखेको आ“खा उठाउ“दा नउठाउ“दै मेरा मुखबाट निस्क्यो– जा जा । जा जा भन्ने नेपाली शब्द किन निस्क्यो होला ? किन भने उसले नेपालभाषामै मागेको थियो । अनि मेरो आ“खा त्यो माग्नेतिर गयो । स्याप्प स्याप्प परेको अनुहार, सानो सानो आ“खा । नाक त अलि उठेको रहेछ । अनुहारमा मयल भएपनि गहु“गोरी वर्ण प्रष्टै देखिन्थ्यो । यो बुढी तिब्बेती नै हो, किंचित पनि शंका भएन ।

उसले नेपालभाषा बोलेकीले सोचें– कुनै बेला यो कुनै नेवार साहूको यौन आकर्षण भएकी प्रेमिका हुनु पर्छ । उमेर र दुःखको भारले गर्दा अनुहारको पोसिलो मासु अलि सुकेर गइसकेको भए पनि उसको सौन्दर्यमा भने कुनै कमी आइसकेको थिएन । मागेर खानु पर्ने अवस्था आइपरे पनि उसमा आत्माभिमान जिउ“दै रहेको कुरा उसको माग्ने ढंगडबाटै बुझिन्थ्यो । एक गिलास थिया खुवाउनु्स् उसले भनेकी हो । एक गिलास चिया माग्छु भनेकी थिइनन् ।

मेरो “जाजा” शब्द सुनेर उसलाई अवश्य पनि रिस उठ्यो होला । मेरो नजिकै बसिरहेको आफसोलाई त्यो बुढीले लाताले हानी । आफसो क्वाइ“ क्वाइ“ कराई अलि पर गएर बस्न गयो । यो बुढी पनि मलाई पुलुक्क हेरी अगाडि बढी । उ अलि टाडा पुगिसकेपछि आफसो मेरा नजिक आएर बस्यो, सहयोग माग्न आएजस्तै गरी । मायाले मायालाई चिन्दोरहेछ, बुझें ।
मेरो मन आन्दोलित भइराखेको कुरा अलिकति पनि नबुझेका साथी ज्ञानरत्न बोल्यो– “तिमीलाई थाहा छ, यो कुटीको बाटो खुल्दा यो बा¥हबिसे बजारमा कस्तो रौनक थियो होला ? पच्चीस तीस वर्ष अघिको कुरा न हो, सौखिन ल्हासा व्यापारीहरू ल्हासा उक्ल“दा एक दिन लम्व्याएर भए पनि बा¥हबिसे भएरै जान्थे ।”

आफसो मेरो मनबाट ओझेल पर्दै परेन । मनमा त कुरा खेलिराखेकै थियो । ज्ञानरत्नलाई जवाफ दिनै परेर, मात्र बोलें– “अब त कस्तो अवस्था हगि, यो बा¥हबिसेको ? विस्मृतिमा नपार्नकै लागि मात्र यो बा¥हबिसे बा“चिरहेजस्तो ।”

मनमनै भनें– आफसो, तिब्बेती बुढी, बा¥हबिसे बजार, एउटै दिनहीन अवस्थामा छ, एउटै गतिमा ।

पुरुष र महिलाहरूको एक हुल भा“डाकु“डा, लुगाफाटा आदिको पोको बोकेर बाटोमा उभिरहेका साथीहरूलाई घचेड्ने गरी हामीतिरबाट भएर गयो । पसलमा बजाइराखेको रेडियोेको गीत पनि सुनियो । आफसोप्रतिको सहानभूति मायामा परिवर्तन हु“दै गयो । मैले खाइरहेको सेलको एक टुक्रा उसको अघिल्तिर राखिदिए“ । र त त्यहा“ उही बूढी आइपुगिसकेको कुरातिर मेरो ध्यान गएन । आफ्नो हातमा भएको लठ्ठीले आफसोलाई कुटिन् र आफसो क्वाई क्वाई कराउ“दै भुईमा लड्यो । छट्पटियो । उठ्न खोज्यो तर उठ्न सकेन । आफसोको मुखबाट खसेको सेलको टुक्रा टिपेर त्यो बुढीले आफ्नो मुखमा हालिन् ।

आफसो म¥यो कि † म झसंग भए“ । तर मरेको रहेनछ । उसको खुट्टा का“पिरहेको थियो । आफसोप्रति दया, भोटेनीप्रति घृणा र क्रोध उत्पन्न भयो । भोटेनी बुढीप्रति पनि दयाभाव नजागेको भने होइन । यस प्रकार मेरो मनोदशा आश्चर्यप्रद् भइराख्यो । भोगविलास यौनतृप्टिको साधनमात्र गरेर मिल्काइएकी यी भोटेनी । कति धेरै निर्दयी हुन सक्छन् मान्छेहरू पनि । होइन भने यी भोटेनीको अवस्था यस्तो किन हुन्थ्यो ? यी सबै विचार आउनु अघि नै अनायास मेरो मुखबाट निस्क्यो– “पगली जस्ती यी बुढी को हुन् ?” चिया पसल्नी साहुनीतिर फर्कें । नाक अलि खुम्च्याउ“दै जवाफ दिइन्– “पगली त हुन नि, अरु को हुनु ?” त्यत्तिकै बेला कोही क्वा“ क्वा“ रोएको आवाज सुनियो । त्यही बुढी पो रोएकी रहिछे । बुढीतिर हेरेको देखेर साहुनीले भनी – “यसरी आधा जीउ मर्ने गरी कुकुरलाई पिट्ने पनि सक्छे र उत्तिकै माया पनि गर्छे, पगली न हुन् ।” भोटेनी बुढी पगली नै हुन् भन्ने बुझ्ने गरी उसले मुख बङ्ग्याएर बोली ।

“अनि कुकुर उसैको हो त ?” – मैंले सोधें ।

“उसैको त हो नि ।” – केही तिरस्कार तर मायालु पाराले साहुनी बोली ।

मेरो हेराई देखेर साहुनी बोली– “छ सात वर्षअघि ल्हासाबाट झर्दा यो कुकुर पनि साथै ल्याएकी थिई । एउटा ठूलो साहूको स्वास्नी हुन् रे, यो भोटेनी ।”

सुन्दैनस् कि कसो, दुईटा सेल रे त्यो केटोलाई’’ अलि रिसाएको स्वरले साहुजी करायो – ‘‘चाहि“दो नचाहि“दो, अर्काको के कुरा गरिराखेको ?’’

धृष्टता देखाएर साहुनीसित सोध्नु अघि नै उही बोली– “त्यत्रो ठूलो साहूको स्वास्नी भइराखेकी यो बुढी पनि कस्ती, साहूलाई त्यत्ति धेरै माया लागेको कुकुरलाई के दशा गरेको यो †’’
‘‘जे भनेपनि आफ्नो लोग्नेको सम्झनाको चिनो यही एउटा कुकुर न हो ।’’– केटालाई सेल दिइसकेपछि साहुनी बोली ।
मोटर स्टार्ट गरेको आवाज सुनियो । यताउति घुमिराखेका साथीहरू आएर मलाई बोलाउन आए ।
तर कुकरको मायाले भने मलाई छाडिसकेको थिएन । बाटोमा पछाडिएर क्वाइक्वाइ“ कराइराखेको कुकुरको नजिक गएर जीउमा सुम्सुम्याए“ । उसलाई उठाउन खोजें, उठन् सकेन । उसित विदा लिने मनसायले पुनः एकपल्ट आफसोको टाउकोमा सुम्सुम्याए“ ।

अलि टाढा बसेर हेरिरहेकी ती बुढी दौडेर आई एक्कासी कुकुरको तिघ्रामा दा“तले टोकीे । छोडेकै होइन । चल्नै नसक्ने आफसो क्वाइ“ क्वाई“ कराउ“दै म¥यो ।

निःशब्द म उभि नै रहेको थिए“, चारैतिर मान्छेहरू झुम्मिन आए ।
‘कस्ती पापी बुढी रहिछे †’’ एउटाले टिप्पणी ग¥यो ।

‘‘त्यसैले त यस्तो गति भएको’’ अर्कोले थप्यो ।

तिब्बेती बुढडीलाई अलि नजिकबाट चिन्ने भएरै होला, एउटी आइमाई बोली, – “लोग्ने मरेको वर्षदिन नबित्दै नाठो खेलाउने आइमाई यस्तै बहुलाइ त हुन्छन् नि ।’’– पुनः उसैले भनी – ‘‘च्च , …. कति माया गरी साथमा लिएर हिड्ने आफ्नै कुकुरलाई मारेको हेर हेर ।’’

आफसोप्रति माया देखाएर हो अथवा तिब्बेती बुढीप्रति सहानुभूति देखाएर कुन्नी, एउटी कुप्रिएकी बुढी बोली– ‘‘यो बहुला पनि अब धेरै बा“च्दैन ।’’

मलामी गएकाहरू फर्के झैं म पनि टाउको निहुराएर त्यस हुलबाट निस्केर कारतिर लागें । ó

(मौलिक नेपालभाषाको कथा अनुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू.३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. २००/-
बुद्ध र महिला
मूल्य रू.२००/-
गन्तव्य लुम्बिनी
मूल्य रू. १००/-
बुद्धकाे अात्मकथा
मूल्य रू.६०/-
गाैतम बुद्ध (जीवनी) मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

किताब बिक्री स्थलहरू

Basanta Maharjan
Mobile No. : 9841453487
email : maharjan_basanta@yahoo.com

©2026 Basanta Maharjan | Built using WordPress and Responsive Blogily theme by Superb