— बसन्त महर्जन
शनिवार । विहान । एघार बजेछ ।
नाडीमा बा“डिएको घडी हेरें, सा“च्चै एघार बजेको रहेछ । विहानको एघार बजेको सूचना दिएर मलाई झस्काइदिने रेडियो आफ्नै सूरमा छ, बोलि नै राखेको छ । घडीको सुइ पनि आफ्नै गतिमा । मलाई भने अत्यास लाग्यो । विहान त बित्ला, अब कसरी बिताउने यो पूरा दिन ? यो शनिवार भन्ने कुरा कहिल्यै नआइदिए कति जाती हुन्थ्यो ? मलाई शनिवार पटक्कै मन पर्दैन । मान्छेहरू शनिवारलाई फूर्सतको बार मान्छन् । हप्तामा एक दिन आरामको दिन रे । तर मलाई भने शनिवार पनि बेफूर्सदी बन्न मन लाग्छ । मलाई डर लाग्छ शनिवार देखि । त्यसैले शनिवारदेखि भाग्न खोज्छु, भाग्दै हिड्छु । कामै नभए पनि बेफूर्सदी हुन्छु । बेफूर्सदीपना देखाउ“छु । यसका लागि अरु बारहरूले मलाई साथ दिन्छ तर शनिवार त मेरो शत्रु नै भइदिन्छ । काम चोरहरू बेला बेलामा हुने हडताल जुलुस तथा बन्दका कार्यक्रमहरूदेखि औधी खुशी हुन्छन् तर म भने बौलाउन थाल्छु ।
स“धैं व्यस्त हुन चाहन्छु । तर जीउ अलिअलि दुखे जस्तो, कस्तो कस्तो भएर आयो । आ“खा ऐनामा पर्छ, ऐनाले भन्छ, ‘‘शिलु, तिमी त बूढी भइसक्यौ अनि थाक्दैनौ त ?
म झस्कें । विशेष प्रयत्नले फेरि ऐना हेर्छु । ऐना पुनः बोल्छ– समय स“धै उस्तो कहा“ हुन्छ र ? बालक युवा बन्छ, युवा …..।’
अहो, यो समयको हिसाव किताव मलाई मन पर्दैन ।
मुख चाउरिने क्रम शुरु भइसकेछ । बीस बाइस तिरको मेरो चमक अब छैन । वसन्तले विदावारी दिएर गएको बगैंचा जस्तो, … होइन होइन, वसन्त त अर्कौ वर्ष पुनः आउ“छ तर मेरो वसन्त कहिल्यै फर्कदैन । गएको ग¥यै हुन्छ । दुःख लाग्यो । भक्कानो छाडेर रोउ“ रोउ“ भयोे । रुदा मन हलुको हुन्छ भन्छन् । तर अहिलेसम्म त्यसरी रुएकी छैन । रुइ“न । ऐनादेखि झनक्क रीस उठ्यो । चराङ्ग फुटालिदिउ“ जस्तो पनि लाग्यो तर फुटालिन“ । बरु ऐनालाई नै हिस्स पार्न दराज खोलें र क्रिमपाउडर झिक्न थालें । त्यत्ति विधि कस्मेटिक प्रयोग गर्दिन । जाबो यति पनि छैन भन्ला भनेर केही वर्षअघि किनेको यो क्रिम पाउडर हो । मुखमा धमाधम दल्न थालें । हात अनियन्त्रित र मन असामान्य हु“दै गइराखेको रहेछ । भतिजी कोठामा पसेको पनि चालै पाइ“न । उसले भने मेरो असामान्यताको चाल पाइसकेको रहेछ । टोलाइ रही । चार आ“खा जुध्यो । उसको चार आ“खा र एउटा मुखले सोध्यो– टाढै पो हो कि फुपू ?
जवाफ दिएछु– ‘होइन, कहिं पनि होइन, यत्तिकै ।’
आफूले दिएको जवाफ आफैलाई पासो बन्यो । उसो भए यो मेकअप किन त ? सामान्यतः भतिजीको प्रश्न हुनु पर्ने हो यो तर टोलाएर मात्र बस्यो । बिना प्रश्नको जवाफ दिए“– ‘यत्तिकै ।’
बिहान ल्याएको अखवार लिएर ऊ बाहिर निस्की ।
आफूखुशी श्रृंगारपतार गरेको घरका सदस्यहरूलाई कमै मात्र थाहा होला । हो, म अक्सर श्रृंगार गर्दिन । श्रृंगारको उपयोगिता देख्दिन । श्रृंगारमा म निस्सारता देख्छु । मलाई लाग्छ, श्रृंगारपतार भनेको आफूभित्रको खोक्रोपनालाई ढाक्ने आवरण मात्र हो । म हिसाब किताब गर्न थाल्छु, विश्वका प्रतिभाशाली महिलाहरू श्रुंगारपतारमा कमै मात्र ध्यान दिन्छन् । इन्दिरा गान्धीलाई मेकअपले होइन उनको आफ्नै व्यक्तित्वले हो विश्वसामु चिनाइदिएको । मेकअप गरेर राष्ट्रपति बनेका होइनन् प्रतिभा पाटिल । आइन्स्टाइनलगायत थुप्रे प्रतिभाहरू मेरो मानसपटलमा घुम्न आयो जो श्रृंगार पटारको अर्थ गर्दैनन् । क्रिम पाउडरबाट आइरहेको सुगन्ध मलाई दुर्गन्ध बन्न थाल्यो । म पटक्कै सहन सक्दिन । छिटो छिटो पखालें । मुख धु“दा कहिल्यै साबुन प्रयोग नगर्ने म, आज भने तीन पल्ट सम्म साबुनले अनुहारमा दलें ।
बिदाको दिन । कहिं कतै पुग्नु छैन । अरु दिन नौ बजे नै भात खाएर कलेज हिडिसक्ने म, विद्यार्थी, सहकर्मी र लाइब्रेरीमै व्यस्त हुन्थें । व्यस्तता मेरो आनन्दको क्षण हो । व्यस्तताको अभावमा म छटपटाउन थाल्छु । म असामान्य नै हु“ । कति कुरा म भुल्न चाहन्छु र व्यस्तताले मलाई ती कुराहरू भुल्न सघाउ“छ । त्यसैले पनि होला, मलाई फूर्सद मन पर्दैन । व्यस्ततामा रमाउछु ।
मनोविज्ञानको एउटा सामान्य सिद्धान्त हो– जसलाई जति दबाउन खोज्यो त्यो त्यत्ति नै प्रवल भएर आउ“छ । हो, त्यो सिद्धान्त ममा पनि लागू भइरहको छ । मैले विगतलाई बिर्सन खोजें, विगतदेखि भाग्न खोजें र व्यस्तताको बाटो रोजें तर न बिर्सन सकें न भाग्न नै । यही हप्ता हो, बाटोमा उसलाई देखें, चार आ“खा जुढ्नुअघि नै सुइ“कुच्चा ठोकिहालें । उसले देखेको भए पनि चिन्दैनन् होला अब त । तर म कसरी बिर्सन सक्छु उसलाई, जसलाई बिर्सने प्रयासमै मैले मेरो पूरा जवानी बिताए“ । ऊ ? को हो ऊ ? जो स“ग मेरो कुनै साइनो नै लाग्दैन उसैस“ग मलाई भागी भागी हिड्नु पर्ने ? दुनिया“ग डराउनु नपर्ने म, ऊस“ग डराउनु पर्ने ? भाग्नु पर्ने , … हो मैले उसलाई मन पराए“ कुनै जमानामा । एउटा हाइस्कूलको शिक्षिका थिए“, ऊ पनि शिक्षक । मात्र मन पराए“ । केही गरिन“ । उसले पनि मलाई मन पराउनु नै पर्छ भन्ने के छ र ? मलाई उ मन परेको कुरा उसलाई कहिल्यै भन्न पाइ“न । हिम्मतै भएन, आवश्यकताबोध पनि भएन । सामान्य परिचय मात्र थियो । अझ भनौं, बाहिरबाट देखिने हुलिया र नाम बाहेक कुनै जानकारी थिएन । ऊ कम बोल्थ्यो । म ऊ स“ग बोल्न हिच्किचाउने किनभने मैले उसलाई नजानिंदा पाराले मन पराउन थालिसकेकी थिए“ । उ मलाई किन मन परेको हो मलाई नै पनि थाहा थिएन । मन प¥यो, बस मन प¥यो । यसैलाई भन्छ क्यारे प्रेम । हो उस“ग मेरो प्रेम भएछ तर एक तर्फी प्रेमको के अर्थ ? पछि थाहा भयो, उसको अरु नै कसैस“ग विहे भएछ । थाहा हु“दा बच्चाको बाबु पनि भइसकेको थियो ।
उमेरमा बिहे नगरी बस्ने अनि पछुताउनेहरू होलान् तर मलाई भने अलिकति पनि पछुतो छैन । किन किन विवाह बन्धन मलाई निस्सार लाग्छ । कुनै अर्थ लाग्दैन । क्लासमा पारिजातको ‘मैले नजन्माएको छोरो’ पढाउ“दै गर्दा केटाकेटीहरू कानेखुशी गर्न थाल्छन्, मलाई नै हेरेर । एउटा व्याचमा मात्र हुने घटना होइन यो, प्रत्येक व्याचमा यस्तै हुन्छ । उनीहरू मेरै कुरा काटेको मलाई थाहा छ । त्यो कथामा लेखिकाले त्यस महिलाको नाम राखिएको भए ती केटाकेटीहरूले त्यही नाम राखिदिन्थ्यो होला । सा“च्चै त्यो पात्रमा म आफूलाई समाहित गर्न मन पराउ“छु । मेरो दृष्टिपात सडकमा हिडिरहेकी एउटी महिला पर्यटकमाथि पर्छ । मेरो कोठाको झ्याल सडकमै पर्छ, त्यस कथाको पात्रको जस्तै । ऊतिर मेरो ध्यान आकृष्ट हुनुको एउटै मात्र कारण थियो– उसको साथमा एउटा बच्चा पनि हुनु । उसैको बच्चा हुनु पर्छ । बच्चा ? मेरो पनि एउटा बच्चा भइदिए … । उहहह … यो बच्चा शब्दले कम्ती पिरोल्दैन मलाई । भतिजा र भतिजीलाई हुर्काएको त मैले नै हो । उनीहरूलाई काखमा राखेर खेलाउ“दै गर्दा कतिले जिस्क्याउ“थ्यो, तिम्रो आफ्नै कहिले हुने हो भनेर । त्यति बेला मलाई सा¥है लाज हुन्थ्यो । मेरो पनि कुनै बेला हुन्छ नि भनेर मनमनै भन्थें र आफै पुलकित हुन्थें । तर अहिले त्यो स्थिति छैन । सोध्छ त यही ऐनाले मात्र । मेरो मानसपटलले भन्न थालेको छ– शिलु, तिमी त बूढी भइसक्यौं । पचास काटिसकेको आइमाई बूढी नभए अरु को हुन्छ त ? त के भो ? यो त आफूलाई आफैलाई फकाउने काइदा मात्र न हो । यो जीवनमा थुप्रै तर्क गर्ने क्षमता राख्न सक्ने भएकी छु । तर्क जतिसुकै गरु“ आफैलाई फकाउन वा आफ्नो सोचाइलाई सही सावित गर्न तर आफैलाई त ती तर्कहरूले चुप राख्न सक्दैन । वास्तवमा तर्क रूपी लुगाहरू खुकुलिंदै जान्छन् आफ्नै आ“खामा । मलाई दुःख लाग्छ । भक्कानो फुटाएर रुन मन लाग्छ । जीवनमा सबैथोक भएरपनि मन राख्ने एउटा कुरा नभइदिएपछिको खोक्रोपनाले सा¥है नै विरोल्छ ।
सडकमा टोलाएर हेर्छु, युवा युवती र किशोर किशोरीहरू यताउति लागिरहेका छन् । प्रदर्शन गर्न आएजस्तो । युवायुवती त होइनन् तर किशोरकिशोरीहरू कति छिल्लिएर हिडिराखेको यो । हात समाएर हिड्नुलाई त भैगो भनु“, का“धमा हात राखेर हिडे जस्तो गर्ने अनि बेला मौकामा आफ्नो ओंठ उसको गालामा पु¥याउने … त्यस्तो पनि गर्नु हुन्छ र ? उनीहरू स्कूलकै पोशाकमा छन् । हाम्रो बेलामा … । हाम्रो बेलामा स“गै हिड्ने त के चार आ“खा पनि जुढाउ“दैनौ । किशोर किशोरीका यी क्रियाकलापहरू युवायुवतीहरू देख्छन्, सायद सोच्थे होला– काश, हामी पनि अलि ढिलो भइदिएको भए… ।
मेरो मानसपटलमा फेरि बच्चा नै खेल्न थाल्छ । आमा हुन नपाउनुको पीडा बल्झिन्छ । नौ महिना गर्भवती हुनुको आनन्द संसारमा सबैभन्दा ठूलो आनन्द हो भनेर एक महिलाले लेखको कुरा पढेको छु । रजनीशले पनि यस्तै कुरा बोलेका छन् । कुनै पुरुष विना संभव छ र ? आजको विज्ञानले संभव पारिदिएको छ, टेष्टट्यूव बेबी’ बाट तर यसका लागि पनि त कुनै पुरुषको वीर्य त चाहियो । उहहह … कहाली लागेर आउ“छ । बिना लोग्ने मान्छे आमा बन्न पाए कति जाति हुन्थ्यो । मेरीले जीसस पाउ“दा त्यो लोग्नेको वीर्यबाट थिएन रे … । फेरि यस्तै यस्तै कुरा खेल्न थाल्छ । मलाई आमा बन्न मन लाग्छ, कुमारी आमा । तर लोग्नेमान्छेबाट होइन ।
मलाई अहिलेसम्म कसैले अंगोलो मारेको छैन । कसैले कस्सेर अंगालो मार्दा कस्तो हुन्छ होला ? म आ“खा चिम्म गर्छु । कसैले मलाई बेस्सरी अंगालो मारेको कल्पना गर्छु । कसैले मलाई अंगालो मारेको होइन कि अरु नै कसैले कसैलाई अंगालो मारेको दृष्य मेरो अगाडि आउ“छ । मलाई रिस उठ्छ । रिसको पोको आफैस“ग । जीवनमा कसैले पनि कहिल्यै अंगालो मारेको छैन त म कल्पना पनि कसरी गर्न सक्छ र ? यसैका लागि कुनै लोग्ने मान्छेलाई म पट्याउन हिडु“ ? लोग्ने मान्छे भन्यो कि जीउ नै छिरिङ भएर आउ“छ । यो उमेरमा कसले पनि अंगालो मार्छ र फेरि ? मलाई रिंगटा लाग्छ । ओछ्यानमा ढल्छु । पूरा जीउ खोक्रो भएजस्तो कस्तो कस्तो हुन्छ । भक्कानौ नै फुट्ला जस्तो फेरि हुन्छ । पसिना पसिना पनि हुन्छु । म आमा बन्न सक्दिन ।
…. बा¥ह बज्छ । बा¥ह बज्नु र एघार बज्नुमा कुनै फरक छैन । आज शनिवार हो ।
(हसना म्यागेजिनमा पहिलो पल्ट यो कथा प्रकाशित हुँदा हारु नामबाट प्रकाशित,२०६५, साउन )